हामी नेपाली पैसाले गरिव छौँ अन्तराष्ट्रिय ब्यापार एवं आर्थिक कृयाकलाप को अध्ययन गर्दा गरिवीले चेपिएको देखिएता पनि अन्य विविध क्षेत्रमा भएको विविधताले गर्दा सम्पन्न छ । कला, संस्कृति एवं साहित्यको उच्चत्तम विकासले गर्दा सम्पन्नताको आभाष गराँउछ । सम्पती भन्नु केवल पैसा होईन यो त केवल केहि क्षणको सञ्तोष हो । विष्वको अदितिय कला नेपालमै, प्राकृतिक सौन्दर्यता नेपालमै, अदितिय संस्कृती नेपालकै ! हो वास्तवमा हाम्रा अमुल्य सम्पती यिनै हुन् । आजका वैज्ञानिक उपलब्धी ले समेत पत्तो पाउन नसक्ने समयमा बनेका कला ज्युँ का त्युँ पाईन्छ, विचित्र छ अनी नेपाल र नेपाली कै पहिचान दिने छ ।
कला र संस्कृती ले धनि देश नेपाल जहाँ वैज्ञानिक उपलब्धी कती हुनुपथ्र्यो त्यो हामी अनुमान गर्न सक्छौँ । अरनिको जसको कला लाई विष्वमा अदितिय रुपमा मानिन्छ, त्यतीवेलाको परिस्थिती जतिवेला संसारको कति स्थानमा विज्ञान के हो पत्तो थिएन तर त्यतीवेलाको परिस्थिती मा पनि नेपालले धेरै वैज्ञानिक उपलब्धी प्राप्त गरिसकेको थियो थहा हुन्छ त्यती वेला नेपालले आफ्ना कला लाई संसारका कति स्थानमा निर्यात गरेको थियो हो तर आज त्यही नेपाल संसारमा पिछडिएर हिँड्न विवश छ । हजारौँ वर्ष अगाडी वेद पुराणको रचना गर्ने आर्यहरुको चर्तिकला आज ओझेल मा पर्न खोज्दैछ । आफैमा विचित्र साहित्य वेद पुराण आज संसारमा अस्तित्व मात्र लिएर वाँचेका छन् । मानव जिवन र जगत् सम्वन्धी वृहत ज्ञान दिने यि वेद र पुराण हरु लगभग आजका वैज्ञानिक उपलब्धी का श्रोत नै हून् तर पनि पछि परेको साहित्यको चर्चा गर्नू अति आवश्यक छ संरक्षण गर्नू अति आवश्यक छ । आफ्नो कला, संस्कृती, साहित्यलाई उचित स्थान दिन सकेको भए आज नेपालले अशान्ति, हिँसा एवं पिछडिएर बस्नू पर्ने थिएन तर यहाँ साहित्यको सम्मान गरिएन उचित रुपले हेरिएन बरु दवाउने काम गरियो । त्यसैले गर्दा यहाँ केवल जनता मात्र कुण्ठित भएनन् यहाँका साहित्य,कला र संस्कृती पनी कुण्ठित भए पछि परे ।
कुनै पनि देशको विकाशका लागि त्यस देशमा रहेका कलाकार एवं साहित्यकार, वैज्ञानिक एवं विद्धानको सम्मान हुनुपर्छ । साहित्य समाजको ऐना हो जसले समाजलाई सहि वाटो हिँडाउछ समाजका कुरिती, कुसंस्कार एवं नराम्रा गतिविधी लाई अन्त गर्न मद्धत गर्छ । साहित्यले मन लार्इृ आनन्द दिन्छ र ब्यक्तित्व विकासमा पनी विशेष भुमिका राख्दछ ।
तसर्थ हामी पनि सके सम्म साहित्यको श्रृजना गरौँ । श्रृजना आफैँमा महान हुन्छ । यस महानत्तम कार्य का लागि तत्पर हाऔँ साहित्यको विकास गरौँ, सभ्यताको विकाश गरौँ । शान्तिका लागि साहित्यको विकास गर्न कम्मर कसेर लागि परौँ.....।
२०६६ पुष ६, सोमवार