Sunday, May 15, 2022
बैङ्किङ्ग कसूर तथा सजाय ऐन, २०६४
Thursday, January 27, 2022
Wednesday, April 14, 2021
विदाई
आज म तिम्रो लागि कथा लेख्छु । उसका मिठा नलागे नि सुन्नै पर्ने शव्द हुन यी ।
हाँसो लाग्छ सुनेर । मानौ उसका कथाका पात्रहरुका रुपमा उभिनुपर्ने रे म ।
मानौ यी लोग्ने मान्छेका जातले अरु केही पाँउदैनन् भेट्छन् त केवल हामी जस्ता छोरी मान्छेका पिडा लाई । अनी लगाँउछन यती धेरै फुर्ती की हाम्रा सारा पिडाका समाधान हुन कती छिट्टै तयार भईदिन्छन् है । सोचिदिन्छन उनिहरु हाम्रा सवै पिडाका उपचार हुन् ।
लाग्दो हो यी सवै वहाना गरेर ओच्छ्यान तताईदिने एउटा मिठो वहाना वनोस् । ओच्छ्यान तताउने वहाना त्यती सस्तो होला र ?
आज पनि चिसिएछ क्यारे उसलाई मेरो चौपट्टै याद आएछ । सायद भरपुर पियो होला । मद्यपानको नसा र जवानीको नसा उस्तै हो सायद उ जस्ताको लागि । अनी म ? कसले वुझ्न सक्छ मेरो यो छटपटी अनी पिडाहरुलाई ? पटक पटक पिल्सिएकी म, पटक पटक उम्किएकी म अनी पटक पटक लुटिएकी म ।
छोरी मान्छेको जिवन साँच्चै अचम्मको छ । चिसिनु, तात्नु फेरी चिसिनु नियतीको खेलमा होमिनुपर्ने । अनेकौँ स्वार्थमा गाँसिएर पटक पटक लुटिएकी म । लुटिनुको हदभन्दा माथी सम्म पुगेर लुटिएकी म । उसलाई के थाहा हरेक पटक लुटिँदा भक्कानिएको मन लाई सम्हाल्न कती गहारो हुन्छ । आफन्त वनेर, जिवन साथी बनेर, मिल्ने साथी बनेर, सहकर्मी बनेर अनी अझै फेसवुकमा अल्झाएर, टिकटक ह्वाट्सअप ईन्स्टाग्राम के के मा झुत्ती खेलेर आउने सँग लुटिएरै जिउन कती गहारो हुन्छ भनेर ।
यही पंक्ती दोहो¥याएर पढ्यो होला सायद । आखिर म लुटाँउदै हिड्ने त परेँ । सोच्ला दुनियाँलाई लुटाँउदा म चाँही किन पर मिल्किन्छु ? सायद बुझ्दैन माया गर्नेलाई लुटाँउन सकिन्न । म सक्दिन उसको निश्चल प्रेमलाई दोवाटोमा मिल्काउन अनी सक्दिन आफुलाई साँच्चै माँया गर्ने एउटा मनलाई यो विटुलो शरिर सुम्पेर क्षणिक खुशी दिन । सायद खुशी त चौपट्टै होला मलाई पाँउदा । कल्पना गर्छु उसका ति कोमल भाव बोकेको मन सँगै मन मिसाएको तर सक्दिन म आफुलाई सम्हाल्न ।
कल्पनाशुन्य हुन्छु अनी आँउछ उसकै सारा यादहरु नमिठो गरी । याद त मिठो हुनुपर्ने हो तर किन किन उसको याद साँच्चै नमिठो भईदिन्छ । कमजोरी हो वा उसको माँयाको जित ?
सम्झन्छु कतै उसले मलाई जितिरहेको त छैन ? म पल पल हारिरहेको त छैन ? साँच्चै मलाई उस सँग हार्न मन छ उसको माँया सँग हार्न मन छ । उसको माँयामा हराउन मन छ कहिल्यै उम्किन नसक्ने गरी । तर वास्तविकता यही हो नदिको दुई किनारा भेटिन संभव छ र ? आफ्नै जिवनमा रमाउनुपर्ने उसको वाध्यतालाई म कसरी हस्तक्षेप गर्न सकुँला र ? तर रहर छ हस्तक्षेप गर्न, उसका हर चाहना पुरा गर्न, उसका मृत भईसकेका भाव हरुलाई हस्तक्षेप गरी गरी उजागर गर्न । तर खोई ?
उसका यादहरुले पटक पटक चिथोर्दा लाग्छ जिवन यत्तिकै सेलाईदिँउ । आखिर के नै पो रहर छ र वाँकी । तर होईन मेरा आश्रयको खोजी गर्ने कोही नै नभाको त होईन नी म । अनी उ ?
उसका जिवनका कहालीलाग्दा क्षणहरु सुनिसक्दा भावुक हुने मेरो मन उसका कर्तव्य चै भुसुक्कै विर्सिदिँउ र ? उसका जिवनका पाटाहरु सवै भुलेर उसकै अंगालोमा हराईदिँउ र म ? अन्तरआत्माले देला र ?
अनी उसलाई कसले दियो अधिकार मेरो जिवनमाथी धावा बोल्न ? अनी पटक पटक उसका आँशु मिसिएका कहानी उसका मुख बाट सुन्न ? सुरा र सुन्दरीमा लठ्ठ परेको वेला चुहाउने आँशुको मोल म तिर्नु र ? उसका हरेक पटकका धम्की सुनिरहनु र म ?
स्मृतीमा टोलाउन पुग्छु , म कसरी उसको नजिक पुगेँ कसरी उसको दिलभित्र पसेँ अनि आज म कसरी उसैलाई वगरको माछा झैँ छटपटिएको हेर्न लालायीत छु । उत्तर कतै भेट्दीन । सायद म निर्दोश थिँए । दोशी त्यै हो जसले मलाई सवै जान्दा जान्दै पनी माँयामा डुवाएर यादमा तड्पीने वनाईदियो ।
कामको शिलशिलामा भएको भेट विरानो ठाँउ अनी विरानो अवस्थामा आफ्नो कोही माँया गर्ने होस लाग्ने पल । हो त्यसै वेला नजिक भईदियो म सँग । चाहना त म सँग पनी थियो नि उ जस्तै कोही होस जसले मेरा विगत भुलाउन सकोस वर्तमानमा खुशी दिन सकोस अनी सुन्दर भविष्यको कल्पना गर्न सिकाउन सकोस । सायद उसमा सवै खुवी पाएछु की वा उसका मिठा कुरामा उसै पो पग्लिएँकी । मेरो कठोर मनलाई फूलसँग दाँज्न सक्ने वनाउन कसैले सिकोस उसैवाट । चोटै चोटले आक्रान्त मेरो जिवनमा वहार छर्ने कोशिश गर्न सिकास उसैवाट । जसलाई मेरा जिवनका हर कमजोरीहरुको ज्ञान भएर समेत हात समाएर सही वाटो पहिल्याउन सिकाउन मन छ उसले पनी उसैवाट सिकोस । माया के लाई भनिन्छ थाहा नहुनेले सिकोस उसैवाट ।
उसका हरेक स्पर्श, मुस्कान, नजिकपनलाई लात मारेर वाध्यतामा टाढा हुँदैछु भन्ने मात्र कल्पना गर्दा नि मन भावुक वनेको छ । वाँकी जिवन कसरी वित्ला थाहा भएन तर यती थाहा छ उसको मायाले मलाई जिवनभर वाँच्ने आड भरोसा अवश्य दिनेछ ।
विदाईका वेला टिलपिलाएका उसका आँखा मनमा झलझली संझदै वाटो लागेको छु टाढा टाढा उसको नजरमा कहिल्यै नपर्ने गरी ।
अन्तिम रात २०७७ साल, वुटवल ।
Sunday, February 14, 2021
अन्तिम कथा
जीवनको २५ औँ वसन्तमा छु । यो विच आए धेरै यस्तै मृगतृष्णाहरू । जसले मलाई न हसाँउन सके न रुवाउन नै । मन चोर्ने हरुका भीडमा वाँचेकै छु यस्तै गरी मरी मरी ।
हो यही हो मेरो जीवनको यथार्थता । के को लागि ? न त म भन्न सक्छु न देखाउन नै ।
आजैको साँझ हो । खाना खाएँ । सुतेँ । चाहेँ मिठो निद्रा । सायद गल्ती गरें । हुन्न थियो होला सायद यती मिठो निद्राको कामना गर्न । गरें । मलाई सिकाइएकै थियो मिठो सपना देख्न । मानुँ सपना मिठै हुन्छ सायद दुनियाँकै सवभन्दा मिठो । कति मिठो सपना । कति मिठो । कति मिठो । सबैको कल्पनाभन्दा बाहिरको मिठो ।
हो । दिन त बिताएकै हो । आफ्नै रोजाईमा । अलिअलि हाँसे जस्तो अनि अलि अलि निरास भएजस्तो । तर लाग्छ मलाई किन दिन्छ चासो वारम्वार ? नाता छ के ? जोडिएको छ किन ? किन चाहन्छ जोडिन ?
सुतेथेँ । सायद सपनामै थिएँ । मोवाईलमा मेसेज वज्यो । लाग्यो कसैले भ्यालेन्टाइन विस गर्यो होला । त्यही त छ आखिर । सस्तो अनि तेस्रो दर्जाको मेसेजको निरन्तर आगमनले तर्सिएकी म त्यही सोचेँ । यस्तो लाग्थ्यो म त्यो मोवाईलको भाँडोभन्दा पर वसुँ संगत गर्न नपरोस त्यो भाँडोसँग ।
विरक्तिएको मनले केही आशा गरेछ सायद । यसो मोवाईल खोलें किन किन कसैको मायाको आभास आफै हुन गयो । खोई कारण थाह हुन सकेन । तर अकस्मात त्यो मायाका शब्द किन यती प्रिय लाग्यो नि यस्तो लाग्यो म साँच्चै जिउदो छु ।
फटाही ।
यो के शब्द हो मलाई थाहा छैन । किन म माथि प्रयोग गर्छ ? त्यो समेत थाहा छैन । मलाई मन समेत पर्दैन यो शब्द । तर मलाई पटक पटक यही शब्द प्रयोग गर्छ । यही भनेर वोलाँउछ । किन ? केका लागि ?
मोवाईल खोलें । उस्कै रहेछ । हाँसु हाँस्न मन नै छैन । रोउँ त केका लागि रोउँ म । म के हो उसको ?
उही शब्द अनि खोई कता कता माया हो कि लाग्ने उही सम्बोधन । फटाही ।
रिस उठ्छ चौपट्टै । यती रिस उठ्छ न नाप्ने भाँडो पाँउछु न जोख्ने ।
ऊ अर्थात पराई । अर्कैको लोग्ने । परपुरुष ।
मेरा बुझाईमा काम नलाग्ने लोग्नेमान्छे । मलाई केही काम छैन । आफ्नै संसारमा रमाउने स्वार्थी पुरुष हो त्यो ।
के को नाता ? के को प्यार ? के को आफ्नोपन ?
म आज तिम्रा खातिर एउटा कथा लेख्छु ।
उसका मोवाईल सन्देशले मेरा कम्पारा तात्न कति वेर लाग्दैन ।
मायाका आस्वासन दिदै मन चोर्न सिपालु यी लोग्नेमान्छे । अँझै मलाई कथाकी पात्र वनाँउदै पो छ ।
अनायसै मन फिस्स हाँसिदिन्छ । नकच्चरो पुरुष ।
आफ्नो कर्तव्य समेत भुलेर मेरो सुन्दर जीवनसँग समेत खेलवाड गर्न आइपुग्दैछ ।
मोवाईलमाउसका वग्रेल्ती मेसेज आइरहे मायाका अनि धम्कीका समेत । सहिरहेँ एउटी नारीको सहनशील मन वोकेर । वाध्यतामा अल्झेको एउटा निरीह नारी पात्र त वनेँ नि आखिर म । त्यसमा नि उसैको कथाको पात्र वन्दै छु म । थाहा छैन कस्तो पात्र वन्दै छु म । सायद उसका दविएका चाहनाहरुलाई अस्थायी समाधान गरिदिनुपर्ने अपिल वोकेको पात्र वनायो होला । एउटा अहंकारी घमण्डी नकच्चरो पुरुषको आँखामा योभन्दा ज्यादा के हुन सक्ला र ।
आँखाले चिम्म गर्नै चाहेन । किन किन वावा ममिको चौपट याद आयो । लाग्यो वावा ममिको साथ थिएँ भने आज यस्तो व्यक्तिको सामना गर्नु त पर्थेन ।
फेसवुक खोलेँ । त्यहाँ अँझै वग्रेल्ती मेसेजका थुप्रा थिए । ती सबैमा लेखिएका थिए उसले मलाई चाहनुका कारण । सबै हाँसो लाग्ने कारणहरू त थिए । उसका अतृप्त चाहना म वाट पुरा गर्ने अभिलाषा वोकेको रे ।
घृणा लाग्यो आफै प्रति । कसैका अतृप्त चाहनाको प्यासी वन्दिनुपर्ने रे म । उसका लागि । मतलव मसँग कुनै चाहना नै जीवित छैनन् छन् त फगत उसैका अतृप्त चाहना ।
वाध्यतावस जोडिन पुगेको उसको र मेरो संवन्ध यसैको लागि हुँदो हो र ? म त उसको शक्तिलाई पो मान्थेँ । उसका आत्मविस्वासलाई मान्थेँ । उसका संघर्षका कथाहरुलाई मान्थेँ अनि उसका जोश र जाँगरहरुलाई पो मान्थेँ । म नारी हुनुको फाइदा नराम्ररी उठाउन चाहने उसका ती मनलाई मान्ने मसँग कुनै अभिलाषा थिएन । आफूभन्दा कता कता उच्च लाग्ने उसको उच्च जीवनप्रति मोह समेत आँक्न नसक्ने म अनायसै उसका तललो स्तरको व्यवहारलाई पचाउन सक्थेँ होला र ?
फिटिक्कै निद्रा परेन । उही हो फेरि फेसवुक खोलेँ । अन्त ध्यान दिनुअगाडि उसैका मेसेज आए । सुतिनौ र ? कति चासो गरेको ? के को लागि ?
मसँग कुनै साइनो नजोडियोस तर मलाई तिमी हाँसेको मन पर्छ । उसका यी मेसेज हेर्दा म नहाँसी वस्नै सकिन । फिस्स हाँसेँ । किन हो हाज उसका तस्विर नियाल्न पो मन लाग्यो । हरेक तस्विर उदासिन मुहार वोकेर उभिएको पो देख्छु । कि कतै ??
किन किन उसको प्रोफाईल खोतल्न मन लाग्यो । शब्द शब्द नियालेँ । अक्षर अक्षर पढेँ । हरेक तस्विर साँच्चै हेरेँ । उसका उदासिन अनुहारहरू पढ्न मन लाग्यो । पढिरहेँ ।
फलानो उपडेटेड हिज स्टाटस । नोटिफिकेशन वज्यो । उसकै नाम उफ् ।
यो अन्तिम कथा तिमीले पढिरहँदा म यो संसार वाट बिदा हुन सकुँ । तिम्रा जीवनमा कहिल्यै दुःख नपरुन ।
वेनामी स्टाटसले मलाई नै जिस्काए जस्तै भयो ।
हतार हतार वत्ति निभाँए सुतिदिएँ ।
गहिरो निद्रालाई चिर्दै मोवाईल वज्यो साथीले गरिछ । हतार हतार सामाजिक सञ्जाल हेरीहाल भन्दै ऊ ओझेल परी जसलाइृ मैले सबै दिक्कलाग्दो कहानी सुनाएको थिएँ ।
सन्त भ्यालेन्टाइनले प्रेमका खातिर ज्यान गुमाएकै दिन मध्ये रात नवित्दै सामाजिक सञ्जालमा उसको मोटरसाईकल दुर्घटनामा ज्यान गएको समाचार छ्याप छ्याप्ती भइसकेको रहेछ । जीवनमा पहिलोपटक आफू यती धेरै चिसिएको अनुभुत गर्दा म ज्यूदो छु कि छैन पत्तो नपाए झै हुन पुगेछु ।
मध्यरात ११ः४५ फेव्रुअरी १४, २०२१ वुटवल ।
Tuesday, September 1, 2020
Saturday, July 18, 2020
घुमफिर सम्झना !
Sunday, September 1, 2019
तिज पर्ब, मह्त्व अनी बिशेषता !
यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी/चेली लाई घरमा बोलाएर मीठा-मीठा परिकार ख्वाउँने तथा मनका भावना एवं सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन छ । यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ। यहि दर खाने दिन बाट नै तिज पर्वको आरम्भ भएको मानिन्छ। दरमा खीर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाँउ अनुसार विभिन्न मिठा-मिठा परिकार खाने गरिन्छ। तर आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ। सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो।
तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषिपञ्चमी लाई पनि तीज पर्वकै रूपमा मनाइन्छ । खास गरी यसमा स्त्रीहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वती सँग प्रार्थना गर्दछन् । यो दिन महिलाहरु विहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरी जल अन्न ग्रहण नगरी ब्रत बस्ने गदैछन । बेलुकी पख घर टोल र छिमेकका महिलाहरु भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ । निर्जला ब्रत भनिएपनि आजभोली महिलाहरु मध्यान्हमै पुजा आराधना पश्चात फलफूल ग्रहण गर्ने गर्दछन । कतिपय महिलाहरु नजीक रहेको शिवमन्दिरमा गई शिव आराधनाका साथै नाच गान तथा रमाईलो गर्ने गर्दछन् । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा महिला ब्रतालुहरुको ठूलो भीड हुने गर्दछ ।
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन्। यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।
हाम्रो समाजमा तीज महिलाहरूद्वारा मनाइने एउटा पर्व हो। आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ। यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ। तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। तीजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन्। ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ। तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ। यस दिन पानीसम्म पनि नखाई ब्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरु महादेवको पुजा आराधना पश्चात फलफुल ग्रहण गर्दछन् । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ।
ब्रतकथा
पौराणिक कालदेखि चलिआएको तीजको ब्रतकथा यसप्रकार रहेको छ। यो ब्रतको महात्म्यको कथा भगवान शिवले पार्वतीजीको पूर्वजन्मको स्मरण गराउने उद्देश्यले यसप्रकार भन्नु भएको थियो। हे गौरी ! पर्वतराज हिमालयको घर अर्थात तिम्रो माइतमा बस्दा गंगातटमा तिमीले आफ्नो बाल्यावस्थामा अधोमुखी भई घोर तपस्या गरेकी थियौ। उक्त अवधिमा तिमीले कुनै अन्नपानी नखाई केवल हावाको मात्र सेवन गरेकी थियौ र मात्र सुख्खा पत्ताहरू चबाई दिनहरू काटेकी थियौ। माघको चिसोमा तिमीले निरन्तर जलमा प्रवेशगरी तप गर्यौ, बैशाखको शरीर जलाउने गर्मीमा पञ्चाग्निद्वारा शरीर तपायौ। साउनको मुसलधारे वर्षामा खुल्ला आकाशमुनि बिना अन्नपानी व्यतीत गर्यौ। तिम्रो यो कष्टदायक तपस्या देखेर तिम्रा पिता धेरै दुःखी र चिन्तित हुने गर्दथे। तब एकदिन तिम्रो तपस्या तथा तिम्रा पिताजीको दुःख र चिन्तालाई मनन गरी नारदजीले तिम्रा घरमा आउनुभयो। तिम्रा पिताले नारदजीलाई घर आउनाको कारण सोध्नुभयो र प्रत्युत्तरमा नारदजीले भन्नुभयो “ हे गिरिराज ! म भगवान विष्णुले पठाएर यहाँ आएको हुँ। तपाईँकी छोरीको घोर तपस्याबाट प्रसन्न भई स्वयं भगवान विष्णु उनीसँग विवाह गर्न चाहनुहुन्छ। यसबारे म तपाईंँको राय जान्न चाहन्छु।” नारदजीका कुरा सुनेर तिम्रा पिताले अति प्रसन्नताकासाथ भन्नु भयो। श्रीमान् यदि स्वयं विष्णु भगवान मेरी कन्याकासाथ वरण गर्न चाहनुहुन्छ भने मलाई कुनै आपत्ति छैन। उहाँ त साक्षात् परब्रह्म हुनुहुन्छ। यो त हरेक अभिभावकको पिताको इच्छा हुन्छ कि उसकी छोरी सुखसंम्पदाले परिपूर्ण पतिका घरकी गृहलक्ष्मी बनून् र आफ्नो जीवनसाथै पति र परिवारको सुखकी कारण बनून्। नारदजीले तिम्रा पिताको स्वीकृति पाएपछि भगवान विष्णुसमक्ष गई विवाह टुङ्गो लागेको समाचार सुनाउनु भयो। तर विष्णुसँग आफ्नो विवाह हुन लागेको थाहा पाएपछि तिमी असाध्यै दुःखित भयौ। तिम्रो दुःखको कुनै ठेगान भएन। अति दुःख, चिन्ता र कष्टमा तिम्रा दिनहरू बित्न थाले।
महत्त्व
हाम्रो समाजमा तीज महिलाहरूले मनाउने एउटा महत्वपूर्ण पर्व हो। आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ। यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तीजपर्वको गहन महत्व रहेको छ। तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ। महिलाहरूलाइ पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत वसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी ब्रत बस्छन। ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दानदक्षिणा गर्ने चलन रहेको छ।
ऋषिपञ्चमी
शास्त्रअनुसार १२ महिनाको रजस्वलामा अन्जानवस कति कुरा छोइएको हुन सक्छ। उक्त पापबाट मूक्त हुन भाद्र शुक्ल पञ्चमीको दिन ३६५ वटा दतिवन टोकी माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउनु पर्छ र यसको पनि थुप्रै विधिहरू छन। तर मूलतः ३६५ वटा दतिवनका डाँठ तोकेर खोलामा बगाउनु, माटो र गोबरले शरीरका सबै अंगहरू सुद्ध गर्नु, चाल्नीमा गनौती (गनिएका तिलचामल र जौ) राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउनु र सप्तऋषीको पूजा गरेपछि महिलाहरू पूर्णरूपमा सुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ। वास्तवमा भन्ने हो भने तीज आफैंमा एक सुन्दर पर्व हो र यसलाई व्रतमा परिणत भएको भए पनि फलफूल ग्रहण गरेर दिनभरि बस्नमा पनि वैज्ञानिक हिसाबले हेर्दा फलदायक नै देखिन्छ। नारीहरूले रातो टीका रातो कपडा, रातो चुरा, पोते आदि सबै रातै रंगमा सजिनु तीज पर्वको रंग हो। नारीहरू त्यस दिन नाचगान गर्दै हर्षोल्लासकासाथ दिनभरि भोकै बसी श्रीमानको दिर्घायुको कामना गर्नु नै विशेष यस तीज पर्वको सन्देश मानिन्छ।