ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Monday, February 28, 2011

सपनिमै दर्शन पाए एकै पटक हेर्न हुन्थ्यो

सपनिमै दर्शन पाए एकै पटक हेर्न हुन्थ्यो

मेरि प्यारि “सानु”भन्दै अँगालोमा बेर्न हुन्थ्यो ।।


भर्खर मात्र अङ्कुरण भएको यो नवप्रेम

जुनि जुनि सँगै रहि नभोमण्डल घेर्न हुन्थ्यो ।।


न्यानो बाहु दिने थिएँ आउन अलि वर भन्दै

गगन रूपि आँखा बाट भाव बुझि टेर्न हुन्थ्यो ।।


कतै तिम्रो यो नाटक पालुवामै झर्ने भए

बताई दिए एकैपटक आफ्नै घाँटि सेर्न हुन्थ्यो ।।


बिचमा बाधा आईकन तगारो र भाँजो हाले

हैशियत खोतलेर मन भित्र  केर्न  हुन्थ्यो ।।


तिम्रा ति सुन्दर आँखा जुधाई चार पार्न पाए

रुझाउने बर्षे झरि “बसन्त”मा फेर्न हुन्थ्यो ।।


२०६७ फागुन १६, सोमवार


Designed By Basanta Subedi