⚖️ निःशुल्क कानुनी परामर्शको लागि आजै सम्पर्क गर्नुहोला ! 📞 फोन नं: +९७७-९८५११९३०२१ 💼 विभिन्न कानुनी मुद्दाहरूमा विश्वसनीय सेवा।

अध्यावधिक

सन्दर्भ लेख हरु

समाज

Sunday, January 1, 2012

मेरा नजर तिमिसँग मिलाउन पाए हुन्थ्यो


मेरा नजर तिमिसँग मिलाउन पाए हुन्थ्यो
च्यातिएको प्रेमप्याला सिलाउन पाए हुन्थ्यो ।।

लोभ लाग्दो अधरमा चुम्बनको वर्षा गर्दै
एकै छिन संसारबाटै विलाउन पाए हुन्थ्यो ।।

अतृप्त यो मनोकांक्षा तिमि बाट तृप्त गर्दै
अमृत रुपि यौवनलाई पिलाउन पाए हुन्थ्यो ।।

एक्लै एक्लै भौतारिदै कठोर भा को जिवनलाई
तिम्रै साथ बसिकन गिलाउन  पाए हुन्थ्यो ।।

रुखो जिवन कति बाँच्नु पिडा बोकी बोकी
खेति लाउने खेतका गह्रा हिलाउन पाए हुन्थ्यो ।।
Designed By Basanta Subedi