ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Sunday, January 1, 2012

डायरिको कुनामाथि मेरो तस्विर सजाईराख्नु

डायरिको कुनामाथि मेरो तस्विर सजाईराख्नु
शब्दहरु छाल बन्लान् तिन्लाई पनि कजाईराख्नु ।।

संझनाको तरेलिमा गित बनि गुन्गुनाउँदा
मिठास पन भर्नलाई सुन्दर धुन बजाईराख्नु ।।

कहिलेकाँहि संझनाले छटपटि र पिडा दिँदा
मनमन ले पूजा गरि तस्बिर छाडि नजाईराख्नु ।।

चुलबुले बैँशले त्यो चञ्चलता थपिदिँदा
पछ्यौरिको घुम्टो ओढि मुख छोपि लजाईराख्नुु ।।

हृदयको माझभित्र मेरा निम्ति मैला बसे
मायाजालको मस्को लगाई चोखो पारि मजाईराख्नु ।।
Designed By Basanta Subedi