ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Saturday, March 10, 2012

दुखैमा बाच्छौ भने बाचि देउ के छ र ?

दुखैमा बाच्छौ भने बाचि देउ के छ र ?
सुन्दर जिबन लौ भाची देउ के छ र ?

पिडा तिमीलाई चाहिन्छ भने संगाल
खुशी अर्को जुनिलाइ साचिदेउ के छ र ?

खरानी नै बन्नु छ भने मै बनी दिन्छु
भाग्यमानी बनी हासिदेउ के छ र ?

दु:खमा साथ दिन्छु मेरै गल्ती हो भने
काख दिनेलाई मासिदेउ के छ र ?

मेरो साथ आसु झार्ने पल भएपछी
जवानी अन्तै तिर गासिदेउ के छ र ?

सम्झना ताजा राख्दा गहारो पर्छ भने
मन बाट टाढा भासिदेउ के छ र ?

२०६८ फागुन २७, शनिवार
Designed By Basanta Subedi