ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Sunday, January 1, 2012

कस्तो होला जस्तो लाग्थ्यो चिनेको पो रै’छ


कस्तो होला जस्तो लाग्थ्यो चिनेको पो रै’छ
सुटुक्कन मन चोरी लिनेको पो रै’छ ।।

छटपटी चलिराथ्यो यो मन जलि जलि
तर अहँ लाखौँ चोटि विनेको पो रै’छ ।।

चोतारिमा मुसुक्कन हाँसी हात तान्दा
जालि रुमाल पोको पारि दिनेको पो रै’छ ।।

साँच्चै कस्तो रुप होला मनमा बाढी आँउथ्यो
बारुले त्यो झिनो कम्मर छिनेको पो रै’छ ।।

मख्ख परि मायाँ पाँए भनि हिँड्दा हिँड्दै
थहा भयो केहि दिनलाई किनेको पो रै’छ ।।

शिर ठाडो नभएको उचित मौका पाँउदा
सिलौटिमा राखिकन पिनेको पो रै’छ ।।

-केवलपुर, धादिंग !
Designed By Basanta Subedi