जङगलमा एउटा गाई चरिरहेको अबस्थामा केहि पर बाघलाइ देख्यो र डरले त्यो गाई नजिकैको पोखरीमा पस्यो । बाघ पनि त्यस गाईलाई खानको लागि सोही पोखरीमै पस्यो। पोखरीमा पानी कम तर हिलो बढी भएकोले दुबै बिस्तारै भासिदै गए तर एक अर्का नजिक नजिक पुगे पनि हल्लन र बाघले गाईलाइ भेटाउने अबस्था थिएन ।
सोहि समयमा बाघलाई गाईले सोध्यो तिम्रो कोहि मालिक छन ? बाघले गज्रदै भन्यो म जङ्गलको राजा हुँ मलाइ किन चाहियो मालिक ? अनि गाईले भन्यो त्यो तिम्रो शक्तिको अहिलेको परिस्थितिमा के काम ?
त्यस पछि बाघले गाईलाइ भन्यो तिमी पनि त दलदल हिलोमा फसिरहेका छौ ।
यो सुनेर गाईले मुस्कुराउदै भन्यो मेरो मालिक जब साँझपख घरमा आउँछ मलाइ नदेखे पछि मालिक अबश्य मलाइ खोज्दै यहाँ लिन आउछ तर तिमिलाइ कस्ले लान्छ ?
सांच्चिकै एकैछिनमा मालिक आएर गाईलाई झिकेर घरतिर लैजान्छ बाघ रातभरी पोखरीमा नै रहेको कारण बिहान मृत्यु हुन्छ ।
मान्छेले चाहेर पनि बाघलाई निकाल्न सक्दैनथ्यो किनकी निकालेमा गाई र मानिस दुबैलाइ खतरा थियो ।
त्यसैले म नै सर्वेसर्वा हुँ र मलाई कसैको सहयोग चाहिदैन भन्नुनै अहंकार र घमण्ड हो त्यसैले घमण्डिहरु सबैलाई चेतना भया बाघको जस्तो हालत हुन नपरोस् ।