बैंक तथा वित्तिय संस्था सम्वन्धि ऐन २०७३ परिच्छेद ७, दफा ४९ ले बैंक तथा वित्तिय संस्था का काम, कर्तव्य तथा अधिकार हरु निर्दिष्ट गरेको छ । जसअनुसार लघुवित्त वित्तीय संस्था को काम कर्तब्य अधिकार हरु लाई निम्न वमोजिम निर्धारण गरेको छ :
१. राष्ट्र बैंकले तोकेको सीमाभित्र रही ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुत्तानी दिने ।
२. तोकिएबमोजिम कर्जा प्रदान गर्ने ।
३. राष्ट्र बैंकले तोकिदिएको अबधिसम्म नियमित बचत गरी तोकेको बचत कायम राखेका समुह वा समुहका सदस्यलाइ लघु ब्यबसाय सन्चालन गर्न कुनै चल अचल सम्पति सुरक्षण वा जमानत लिइ वा नलिइ लघु कर्जा दिने ।
४. इजाजतपत्र प्राप्त संस्था वा स्वदेशी तथा बिदेशी संघसंस्था आदिबाट ऋण वा अनुदान प्राप्त गर्ने र त्यस्तो ऋण वा अनुदान लघु कर्जा बितरणमा वा सो कार्यलाइ प्रभावकारी बनाउने कार्यमा प्रयोग गर्ने । कुनै संघसंस्था आदिबाट ऋण वा अनुदान लिनु अघि राष्ट्र बैंकको स्वीकर्ति आबश्यक छ ।
५. लघुकर्जा उपलब्ध गराउनु अगाडी जुन कार्यको लागी कर्जा माग भएको हो सो को मुल्यांकन र सम्भाव्यता पहिचान गर्नु पर्दछ ।
६. न्युन आय भएका ब्यत्तिको आर्थिक स्थितीमा सुधार हुने खालका लघु ब्यबसाय गर्ने ।
७. लघु ब्यबसाय सम्बन्धमा गोष्ठी सञ्चालन गर्ने, परियोजना तर्जुमा प्रशिक्षण दिने, सहयोग गर्ने, प्राबिधिक ज्ञान दिलाउने र आबश्यकताअनुसार प्राविधिक सहयोग जुटाउने ।
८. लघु कर्जा परिचालन सम्बन्धमा समुहलाइ आबश्यक सेवा प्रदान गर्ने ।
९. लघुकर्जा समयमा असुलउपर गर्नेतर्फ आबश्यक कारबाही गर्ने ।
१०. लघुकर्जाको उचित उपयोग भए नभएको सम्बन्धमा अनुगमन गर्ने र उचित प्रयोग नदेखिएमा आबश्यक निर्देशन दिने ।
११. आफु तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिने ऋणी वा ग्राहकको विवरण, सुचना वा जानकारी राष्ट्र बैंक वा अन्य कुनै इजाजतपत्र प्राप्त संस्थावीच लिनेदिने ।
१२. आफ्नो चल अचल जायजेथा धितो राखी कर्जा लिने तथा जायजेथाको उचित प्रबन्ध गर्ने ।
त्रिभुवन विश्वविद्यालय, कानुन सङ्काय अन्तर्गत स्नातक तह तेश्रो वर्ष का लागि नेपाल ल क्याम्पस, प्रदर्शनिमार्ग, काठमाण्डौ मा पेश गरिएको शोध पत्र (प्रतिवेदन) : नेपाल मा लघुवित्त क्षेत्रमा रहेका कानुनी व्यवस्था हरु को विषयमा एक अध्ययन (२०७५) बाट साभार गरिएको