ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Saturday, February 18, 2012

रहर होइन बिछोड आसु मेरो पनि झर्छ

(एक)

रहर होइन बिछोड आसु मेरो पनि झर्छ
सम्झना त कती कती सुनामिको जाल मा पर्छ
भुल्न म नि सक्दिन जती जुनी काटेपनी
दुइटा मुटु जोड्ने त्यो पल हामी सँगै मर्छ ।।

(दुइ) 

दिन भरी कुर्दै बसे तिमी आउने आस मा
पर्खाइ मै घुडा धसे तिमी आउने आस मा
ओठ मुख सुके आँखा पनि टट्टाएछन
आसुका भेल खसे तिमी आउने आस मा !!!!!

(तिन) 

आउछु भन्थे तिमीलाई भेट्न भनी मन्दिरमा
मन भित्रको आधिलाई मेट्न भनी मन्दिरमा
उठ्नै ढिला भएछ लागे म त अफिस तिर
अर्कै दिन आउँला है भेट्न भनी मन्दिरमा !!!!!!!!!!!!!!!!!!!!

२०६८ फागुन ६, शनिवार
Designed By Basanta Subedi