⚖️ निःशुल्क कानुनी परामर्शको लागि आजै सम्पर्क गर्नुहोला ! 📞 फोन नं: +९७७-९८५११९३०२१ 💼 विभिन्न कानुनी मुद्दाहरूमा विश्वसनीय सेवा।

कानुनको अनभिज्ञता क्षम्य हुँदैन" (Ignorantia juris non excusat)

सन्दर्भ लेख हरु

समाज

Wednesday, September 10, 2014

मोबाइल कस्तो चलाउने ?

आजकल प्राय साथि हरु ले सोध्नु हुन्छ मोबाइल कुन किन्दा उपयुक्त हुन्छ होला भनेर ! तसर्थ आज यो लेख मार्फत म कस्तो मोबाइल किन्ने बिषय मा केहि लेख्न जादै छु !
हामीले चलाउने गरेको मोबाइल फोन को इतिहास धेरै लामो छैन ! केहि बर्ष पहिले सम्म एक कल फोन को लागि घन्टौ धाउनु पर्ने र त्यहि पनि भनेको बेला उपलब्ध नहुने थियो तर आज हामि प्राय को हात मा हाते फोन अर्थात मोबाइल को उपलब्धता रहेको छ ! संचार को क्षेत्र मा भएको अत्यन्त द्रुततर बिकाश संगै मोबाइल फोन बिभिन्न रुप र आकार अनि क्षमता अनुसार निर्माण भएका छन् !
नाम तथा ब्रान्ड का कुरा गर्नु पर्दा बजार मा नोकिया, साम्सुङ्, ब्ल्याक्बेरी, एचटिसी, एप्पल को आइफोन का साथसाथै कलर्स, मोटोरोला, एलजी, माइक्रोम्याक्स लागायत दर्जनौ कम्पनि तथा ब्राण्ड का मोबाइल हरु आफ्नो बजेट र आबस्यकता अनुसार किन्न सकिन्छ !
सबै भन्दा पहिले तपाइँ मोबाइल फोन कुन प्रयोजन को लागि बोक्नुहुन्छ, के चलाउनुहुन्छ, तपाइको रुची अनि बजेट अनुसार मोबाइल को छनोट गर्नु पर्दछ ! तपाइँ सामान्यतया कुराकानी गर्न को लागि मात्र मोबाइल बोक्नु पर्छ भने तपाइले खासै अरु सुबिधा नभएको साधारण सेट प्रयोग गर्नु पर्छ ! यसको लागि तपाइले बजार मा बिभिन्न किसिम का साधारण सेट हरु पाउनु हुन्छ ! हामि केहि समय अगाडी सम्म नोकिया का सामान्य सेट हरु प्रयोग गर्दथ्यौ जसमा ब्याट्री ब्याकअप राम्रो हुनु को साथै नेटवर्क राम्रो दिने एक पटक चार्ज गरेसी २/३ दिन सम्म गर्नु नपर्ने जस्ता सकारात्मक कुरा रहने गर्छन तर त्यसमा तपाइँ इन्टरनेट चलाउन ईमेल गर्न चै सक्नुहुन्न केवल फोन उठाउन फोन गर्न तथा मेसेज गर्न मात्र सक्नुहुन्छ ! अब जमाना फेरिएको छ हात मै भएको मोबाइल बाट नेट चलाउदै हामि दुनियाको खबर एकै छिन मा थाहा पाउन सक्ने भएका छौ ! मोबाइल बाटै नेट चलाउन को लागि हामीले साधारण सेट भन्दा माथि रहेर लगानी गर्नु पर्छ ! मतलब अलिक महंगा सेट हरु प्रयोग गर्नुपर्दछ ! र त्यति मात्र नभएर तपाइँ कुन प्रकृति को नेट चलाउनुहुन्छ त्यहि अनुसार सेट खरिद गर्नु पर्छ ! आदि तपाइँ सिम बाट जिपिआरएस प्रविधिमा नेट चलाउनुहुन्छ भने सामान्य तबर का सिम्बियन वा जाभा मोबाइल हरु चलाउन सक्नुहुन्छ !
आजकल प्रयोग मा आउने ३ जि नेटवर्क बाट नेट चलाउन चाहनुहुन्छ भने तपाइले ३ जि नेटवर्क भएकै सेट खरिद गर्नु पर्ने हुन्छ जुन २ जी भन्दा केहि महँगो पर्न जान्छ ! र अझै तपाइँ वाइफाई नेटवर्क मा नेट चलाउनुहुन्छ भने तपाइले त्यसको लागि अझै धेरै लगानी गर्नु पर्दछ ! तर त्यसो भन्दै मा आत्तिहाल्नु पर्दैन आजकल निकै सस्तो मुल्य मा वाइफाई चल्ने स्मार्ट फोन हरु किन्न सकिन्छ !
Designed By Basanta Subedi