ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Monday, December 21, 2009

नयाँ नेपालको रुपरेखा

गणराज्यहरु घोषणाको लहर चलेको छ माओवादीकै भनाईमा ! विशाल जनसभा विच घोषणा भएका गणराज्यहरु देख्दा लाग्छ साँच्चै महान नेपाली जनताले महान क्रान्ति वाट महान नयाँ नेपालको चाहना राखेका छन् प्रचण्डकै भनाईमा ! हालैका दिनमा प्रचण्ड शेर्पा र नेवाः भेषमा देखा परे त्यो पनि गणराज्य घोषणाका लागि । सोलुमा गएर शेर्पाको भेषमा प्रस्तुत हुदा त्यहाका शेर्पा हरुले उनलाई साँच्चै शेर्पाका रुपमा पाए होलान् अनि काठमाण्डौका नेवाः समुदायले नेवाःकै भेषमा देख्दा आफ्नै प्रचण्ड पाए होलान् हुन पनि प्रचण्ड ज्यु जस्ता महान नेता महान नेपाली जनताका महान साझा नेता न हुन् । महान नेपाली जनताका महान नेता जातिय भेषमा प्रस्तुत हुदा जति सुहायो नि त्यती सुटपेन्टमा सजिदा सुहाउदैन नै !! आखिर माओवादीले खोजेको महान नेपाल गणराज्यहरुको महान उपस्थितिले नै सिर्जना हुन्छ त? अनि जताततै व्याप्त हत्या, लुटपाट, झडप, सम्पती कब्जा नया नेपालको आभाष यहि नै हो त? यदि त्यसरी नै नेपाल नयाँ वन्छ भने त के भन्नु छ र ! नत्र देशको अन्तरिक सिमाना परिवर्तन गर्दैमा प्रशाशनिक संरचना परिवर्तन गर्दैमा नेपाल नयाँ हुन सक्दैन । नयाँ विचार नयाँ सोच अनि शान्ति विनाको नयाँ संरचनात्मक परिवर्तन केवल प्रचण्ड ज्यु को हरेक नयाँ गणराज्य घोषणामा जाँदा परिवर्तन गर्ने महान भेषभुषा जस्तो नयाँ पो बन्ने हो कि?

२०६६ पुष ६, सोमवार

कान्तिपुर दैनिक र नागरिक दैनिकमा पाठक प्रतिक्रियामा प्रकाशित


Designed By Basanta Subedi