ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Sunday, December 15, 2024

जिउनु को आनन्द लिनुहोस


क दिनको कुरा हो जङ्गलमा हिड्दै गर्दा एक कुकुरले अचानक बाटो बिराउँछ । बीच जङ्गलमा बाटो बिराएपछी एता उता दौडिदा दौडिदै उसले आफू भन्दा केही पर मात्र एक डर लाग्दो बाघ सिङ्गै खाउँला जस्तो गर्दै आफूतिर नै आइरहेको देख्छ । बाघलाई देख्दा बित्तिकै डरले गर्दा झन्डै उसको श्वास रोकिन्छ उसले मनमनै सोच्छ-"लौ बर्बाद भयो आज यत्तिकै बाघको शिकार होइने भैयो । त्यसपछी उसले आफ्नो अगाडि केही सुकेका हड्डीहरू देख्छ ।  
अनि कुकुर बाघ आउदै गरेतीर पिठ्यु फर्काएर बस्यो र हड्डिहरु चुस्न लाग्यो ।र ठूलो स्वरमा बोल्न थाल्यो,
"वाह!बाघको मासु खानुको माज्जानै अलग छ अझै एउटा पाए त भोज नै हुने थियो नि"अनि उस्ले जोरले डकार मार्यो ... अनि बाघले सोच्न लाग्यो।
अब त्यो कुकुरले बाघतिर आफ्नो पिठ्यू फर्काएर तिनै सुकेका हड्डीहरू चुस्न थाल्दछ र चर्को चर्को स्वरमा भन्छ आहा बाघको मासु खानुको त मजा नै अलग छ भन्या, अझ एउटा सिङ्गो बाघ खान पाए त मोजै मोज हुने थियो । यति भनेर उसले लामो डकार छोड्छ । यतिन्जेल बाघले कुकुरका हरेक शब्द शब्द सुनिरहेको थियो, यति सुनेपछी उसले मनमनै सोच्छ आमै यो कुकुर चानचुने रहेनछ, यसले त बाघै खान्छु भन्छ । भैगो यहाँबाट ज्यान जोगाएर भाग्नुपर्यो" यति सोचेर बाघ त्यहाँबाट कुलेलम ठोक्छ । यो सब गतिबिधी एउटा बाँदरले रुखमा बसेर हेरिरहेको थियो । एउटा निरिह कुकुरले बाघलाई छक्याएको देखेर उसले मनमनै यो सब कुरा बाघलाई लगाइदिने र यही गुनले गर्दा बाघ सँग आफ्नो दोस्ती गाँस्ने सोच बनाउँछ ।
यति सोचेर बाँदर तुरुन्तै रुखबाट झरेर बाघ भएको ठाउँतिर जान्छ । बाँदर रुखबाट झरेर बाघ भए तिर लागेको देख्दा बित्तिकै कुकुरले अड्कल काट्छ कि यहाँ कुनै लफडा हुँदै छ । जब बाँदर बाघ नजिक पुगेर कसरी कुकुरले उसलाई मुर्ख बनायो भन्ने बारेमा बतायो तब बाघ रिसले चुर हुँदै कुकुरलाई ठाउको ठाउँ खान भनी बाँदरलाई आफ्नो पिठ्युमा बोकेर कुकुर भएको ठाउतिर आउँछ । अघी रुख बाटो झरेको बाँदरलाई बाघको पिठ्यूमा चढेर आफूतिर आउंदै गरेको देखेपछी फेरि एक पटक कुकुरको सातो उड्छ तर उसले झट्पट आइडिया लगाउछ । 
कुकुरले फेरि आफूतिर आउँदै गरेको बाघतिर अघिको जस्तै पिठ्यू फर्काउदै चर्को स्वरमा भन्छ-" यो बाँदरलाई छिट्टो एउटा बाघलाई फँसाएर ल्याएर आइज भनेको यतिका बेर भो अझै ल्याउदै न बा । आफूलाई भोकले सिङै बाघ निलूँ जस्तो भैराछ ।" यति शब्द सुन्न मात्र बाघले के पाएको थियो पिठ्यूमा बोकेर ल्याएको बाँदरलाई भुइमा मिल्क्याएर ऊ त्यहाँबाट दश कोस टाढा भाग्छ । यसरी दुबै परिस्थितीमा कुकुरले आफ्नो ज्यान जोखिममा पर्नबाट जोगाउँछ । यो कथाको मूल मर्म यो हो कि कडा मेहेनत भन्दा स्मार्ट तरिका अपनाउनुहोस।। समस्यादेखि नभाग्नुहोस किनकी कुनै पनि समस्या तपाईंभन्दा ठूलो हैन, सधैं यो बुझ्नुहोस् कि समस्या कहिलै एक्लै आउँदैन यसले समाधान पनि सधैं आफूसङै ल्याएको हुन्छ ।
त्यसैले शिव खेरा भन्छन-"बिजेताहरू कुनै फरक काम गर्दैनन उनिहरू उही काम फरक तरिकाले गर्छन् ।"
Designed By Basanta Subedi