कोठा मा झुन्डिएको रेडियो बाट बजी रहेको गजबको कार्यक्रम सुन्दा सुन्दै अचानक आफ्नो नाम सुन्दा गजब रमाइलो लाग्यो। रहेछ उनकै नाम मा प्रेम पत्र । सुन्दै गइन , सुन्दै गइन अन्त मा थाहा भयो एउटा अपरिचित जसलाई चिन्न त के नाम प्रथम पल्ट कान मा परेको छ ।
प्रेम पत्र सकियो, चन्चल मन मा अझै चन्चलता नथपिएर अनुहार निलो कालो भयो, मुख सुक्यो अनी हात गोडा थर्थर काम्न थालयो सम्बेदनलाई अन्त गर्यो रेडियो आगन मा बज्रिन पुग्यो अझै पनि रेडियो बझ्दै थियो तर तेतिबेला उनले देखिनन केवल आफ्नै नजिक उभिएका उन्का सासु र लोग्ने अनी उनिहरुका हातहरुलाई जसले उनको टाउको मा छुन मात्र बाँकी थियो र रेडियोलाई आगन मा पुर्याइसकेको थियो।
भोलिपल्ट बिहान आगन मा टन्न मान्छे जम्मा भएका थिए । सबैको मन मा एउटै कुरा थियो अनी भन्दै थिए -” बिचरी बिहे गरेको एक महिना भएको छैन के भएर आत्म हत्या गरेर मरेकी होली ?” उत्तर कोही सँग थिएन थियो त केवल निलडामले ढाकिएको बिभत्स लास मात्र ।।
२०६८ पुष १७, आइतवार