ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Sunday, January 25, 2015

मनोरंजन को क्षेत्र मा लागेका महिला का बिषय मा प्रस्तुत उपन्यास "छोरी"

मैले तपाइको ई-मेल मा एउटा उपन्यास को ड्राफ्ट पठाएको छु हेरिदिनुस न ल ! आग्रह संगै मेरो मेल बक्स मा नोटिफिकेसन आयो 1 unread mail भनेर ! खोलेर हेरें ! शिर्षक थियो “छोरी” ! कथा थियो : मनोरंजन [डान्स, रेस्टुरेन्ट, मसाज पार्लर] को क्षेत्र मा लागेका महिला तथा बालिका हरु को पिडा अनि शोषण को बिषय मा ! सरसर्ती हेर्दा सम्झिएँ आजकल को चल्ती को बिषय न हो ! अरु बिषय भन्दा बिकाउ !  सजिलै अरु को वाहा ! वाहा !! कमाउन सकिने चल्ती को बिषय ! मानबिय समबेदनालाई प्रयोग गरेर आफु माथि उठ्न खोज्ने हरु जसले आफु वरपर अनि आफ्नो कर्तब्य क्षेत्र लाइ कुल्चिएर समाज अनि परिबर्तन को धज्जी उडाउदछन, आफु समाज प्रति कर्तब्यनिस्टभएको देखाउन खोज्छन, परिबर्तन का नारा खोक्दछन, समानता को वकालत गर्दछन तर तिनै मानिस हरु ले आफ्नो ब्यबहार मा नजिक भएका हरुलाई रुवाउछन ! हो तिनै व्यक्ति ले गर्ने नाम मात्र का अनुसन्धान अनि अध्ययन ! अझै कतिपय को राम्रो कमाउ को बाटो !!
आजको ड्राफ्ट फरक भेटियो ! अनुरोधक लेखक हुनु हुन्छ समाजसेवी हिरा दाहाल ! वहाँ बिगत लामो समय देखि सामाजिक चेतना अभिबृद्धि मा लाग्नुभएको छ अनि बिभिन्न संघ-सस्थाहरुमा  कार्यरत हुनुहुन्छ ! बिशेष गरि महिला का कथा ब्यथा हरु लाइ नजिक बाट हेर्दै त्यस बाट उत्पन्न समस्या को पहिचान गर्दै समाज लाइ समानता ले भरिपूर्ण गराई समुन्नत समाज को श्रीजना हुनु पर्दछ भन्ने मान्यता लाइ आफ्नो जिबन को मुलभूत सिद्धान्त को रुप मा उभ्याउनु हुने समाजसेवी हिरा दाहाल ले लैंगिक पहिचान गरि भ्रुण हत्या गर्ने बाट सुरु हुने छोरी को अपमान अनि भेदभाब जिबन पर्यन्त नारि भएर सम्मानित हुन नपाउने हाम्रो समाज को पितृसतात्मक हैकमबाद को बिरुद्ध सधै आवाज उठाउदै आउनुभएको छ ! छोरी भएर जन्मिन नपाइने छोरी भएर बाच्न नपाउने अनि अझै सम्मानित छोरी भएर मर्न समेत नपाउने हाम्रो संकीर्ण समाज लाइ परिबर्तन गर्न को लागि लैंगिक पहिचान गरि भ्रुण हत्या गर्ने जस्तो अपराध लाइ समाज बाट हटाउन एक भएर लाग्नुपर्ने बताउनुहुन्छ !
प्रस्तावित उपन्यास शिर्षक “छोरी” मार्फत उहाँले मनोरंजन को क्षेत्र मा लागेका महिला माथि हुने हिंसा अनि समाज को नकारात्मक हेराइ अनि प्रत्यक पाइला मा अपमानित र घृणित भएर बाच्नुपर्ने पिडा का संग संगै आफ्नो र आफन्त भनिएका बाटै हुने दुर्ब्यबहार अनि हिंसा का शृंखला हरु विभिन्न पात्र हरु मार्फत प्रस्तुत गर्नुभएको छ !
मनोरंजन को क्षेत्र मा काम गर्ने प्रति समाज ले हेर्ने आखा ले गर्दा पनि नारि हरुलाई असाध्यै पिडा दिएको कुरा यसरि पात्र को माध्यम बाट देखाइएको छ : “म यस्तो ठाउंमा काम गर्छु भनेर मेरो घर परिवारले, गाउंलेले, समाजले थाहा पाउंदा यो सव कुरा बुझ्दैनन् । रेष्टुरेन्टमै काम गरेपनि हामीलाई यसरी चरीत्रहिन बनाएर हेर्नु पर्दैन भन्ने कुरा समाजले कहिल्यै बुझ्न सक्दैन । भोलि यदि उनिहरुले थाहा पाए भने उनिहरुको हेराईमा म केवल एउटी काम नलाग्ने,चरीत्रहिन केटि हुनेछु जो क्याविन रेष्टुरेन्टमा काम गरेर आफ्नो जिवीका चलाईरहेछु । हो म क्याविनमा काम गर्छु तर म यहां काम गरेपनि आज सम्म पनि मलाई कुनै ग्राहकले मलाई जवर्जस्ती गर्न सकेका छैनन्  भन्ने कुरा, आज सम्म मैले पैसाको लागि कसैसंग आफ्नो शरीर बेच्नुपरेको छैन भन्नेकुरा र म यहां खुशी भएर राम्रै संग काम गरीरहेको छु भन्ने कुरा कि त मलाई नै थाहा छ कि त तपाईंलाई । यस बाहिरको संसारका मान्छेहरुको आंखामा म कुनै हालतमा पनि मेरो स्वच्छताको ,मेरो पवित्रताको र मेरो कामको वास्तविकताको प्रमाणित गर्न सक्तिन ।“
जम्मा जम्मी ३९ परिच्छेद तथा ९९ पृष्ठ को प्रस्तुत उपन्यास का प्रत्येक परिच्छेद ले नया कुरा को बोध गराउछ ! गाउ बाट कसरि सिधा सोझा गाउले केटि हरु क्याबिन, डान्स रेस्टुरा अनि मसाज मा पुग्छन ! कसरि दलाल हरु गाउ सम्म पुगेर गाउले युवती हरु लाइ शहर को मनोरंजन मा सहभागी गराइन्छन् अनि यस्तो क्षेत्र मा पसिसकेका हरु लाइ आउने समस्या हरु साथै हिंसा का घटना हरु मा सहभागी बनाइने घटाइने र फसाइने गरिन्छ साथै शोषक हरु का विभिन्न जाल हरु के के हुन सक्छन जस्ता कुरा लाइ समेटेर घटनाक्रम बनाइएको छ ! अनि अर्को तिर विभिन्न लोभ लालच र परिबन्ध मा परेर विदेश का बजार सम्म बिक्न बेचिन पुग्ने कारण हरु पनि खोतलिएको छ ! मानब तस्कर हरु जालो मा जेलिन पुग्दा झेलिएका समस्या हरु देखाइएको छ ! विदेश का शहर सम्म बेचिन पुग्नु र आफ्ना भन्नु बाटै सिमित स्वार्थ र केवल यौन परिपूर्ति को लागि माया को नाटक मा फस्नु पनि नारि हरु को लागि ठुलो दशा बन्ने गरेको यथार्थता लाइ उपन्यासकार ले प्रस्तुत गर्नुभएको छ !
Designed By Basanta Subedi