ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Wednesday, July 24, 2013

अनुभुती 18-07-2013

म शहरको कता कता घुमिरहेको थिए । कहाँ थिएँ केहि सम्झन सक्दिन । कता कता त्यो शहर काठमान्डु जस्तै लागिरहेको थियो किताब पसलहरु थिए मैले कुनै पसल बाट केही किताब हरु किनेँ तर मैले कुन कुन किताब किने भनेर सम्झना छैन । काठमाण्डौ कै झझल्को आउने बाटो हिडेजस्तो लाग्छ । झन्डै रत्नपार्क जस्तै ठाँउ बाट एउटा सानो माईक्रो बस जस्तै बस चढेँ । त्यो बसले कस्तो बाटो हिडायो भाडा कति महंगो थियो ?? केहि याद हुन सकेन । मेरो सम्झनामा लागे सम्म म रत्नपार्क बाट कालिमाटी हुदै किर्तिपुर पुगे जस्तै लाग्छ तर त्यो बाटो अहिले जस्तै थियो वा राम्रो थियो छुट्याउन सकिन तर कता कता अहिले भन्दा राम्रो थियो लाग्छ मतलव मैले केहि वर्ष पछी को काठमान्डु पो सोचेँ कि ?? म किर्तीपुर को त्रिभुवन विश्वविद्यालय जस्तै ठाँउमा पुगे । मलाई त्रिभुवन विश्वविद्यालय को प्राङ्गणमा पुग्दा जहिले पनि त्यो ठाँउमा गएर पढ्न नपाएको मा धेरै पिडा हुन्थ्यो तर त्यो बेला त्यस्तोे लागेन सोचेँ सायद त्रिभुवन विश्वविद्यालय को प्राङ्गणमा म पुगेको नै होईन होला अथवा आफु जान नसके पनि मेरो मन मुटु सर्वस्व सहित प्रतिनिधी उभ्याएको छु त्यो ठाँउमा सायद त्यही कारणले नै मेरो मन सम्हालिएकोमा मलाई कुनै दुविधा रहन्न किनकी मैले त्याहा मेरो मन मुटु सर्वस्व सुम्पिएको छु । प्राङ्गणको पश्चिमी कुनामा पुगेको थिएँ मलाई कसैले नाम गरेर वोलावट भयो फर्केर हेर्दा मलाई विद्यालयमा पढाउनु हुने सर लाई पो देखेँ खुशीको सिमा रहेन । ल भाई कति पछि तिमी लाई भेट भयो आज तिमी र म सङ्गै बस्ने म तिमीलाई वेलुका को खाना खुवाँउछु । हुन्छ भईहाल्छ नि , सरले मलाई आफु सँगै घरपछाडी लग्नुभयो हेर त बाबु यहाँबाट पोखरा पनि देखिन्छ ,,,,,,,,,सर को यो भनाई ले म पक्का यहि कतै थिएँ लाग्छ । पछाडीको दृष्य अत्यन्त गजवको रमाईलो थियो साँच्चैको स्वर्गियता को अनुभुती हुने अनौठो दृष्य । सर सँग गफ गरेर बस्दै थिँए कता बाट दुई जना चिनेका भतिज हरु आईपुगे ,,अङ्कल घुम्न जाँउ ........... म पछि लागेँ ..हामि त्यहाँ बाट पस्चिम तिर लाग्यौँ अनौठो रमाईलो अनुभब भईरहेको थियो .. कहाँबाट हामी पहाडी बाटो मा पुग्यौँ सानो खोल्साको आडमा पहाड चढ्ने क्रम थियो कस्तो अनौठो संरचना थियो । खोल्साको आडैआड हामि उकालो लाग्यौँ दाँयाबाँया पानिको दह हरु थिए साना ठुला दह हरु । कतै कतै कान्ला उक्लिँदै असजिलो भिर चढ्दै जाँदै थियौँ । हामि डाँडाको टुप्पोमा पुग्न लाग्दै थिर्यौँ एक अत्यन्तै असजिलो अक्कर भिर रहेछ एक जना भतिज माथी उक्लिन सफल भयो अर्को भतिज टुप्पो मा उक्लिन खोज्दै थियो अकस्मात खस्यो र उ खस्दा म पनि सँगै खसेँ मैले आँखा चिम्लिएँ हामि कति कति तल खस्यौँ तर हामिलाई केहि भएन .....................
Designed By Basanta Subedi