⚖️ निःशुल्क कानुनी परामर्शको लागि आजै सम्पर्क गर्नुहोला ! 📞 फोन नं: +९७७-९८५११९३०२१ 💼 विभिन्न कानुनी मुद्दाहरूमा विश्वसनीय सेवा।

अध्यावधिक

सन्दर्भ लेख हरु

समाज

Showing posts with label भाबना/ बिचार. Show all posts
Showing posts with label भाबना/ बिचार. Show all posts

Tuesday, May 16, 2023

नुन व्यापारी र उसको गधा

एउटा गाउँमा एकजना नुन पसले थिए । उनी नजिकैको सहरबाट नुन किनेर ल्याउँथे र गाउँमा लगेर बेच्थे । नुन ढुवानी गर्न उनले एउटा गधा पालेका थिए । सहर पुग्न थुप्रै खोलानाला पार गर्नुपर्थ्यो । 

एकदिन ती नुन व्यापारी सहरबाट नुन किनेर फर्किँदै थिए । नुनको गह्रौँ भारी गधाले बोकिरहेको थियो । एउटा खोला पार गर्ने क्रममा त्यो गधा लड्न पुग्यो । पानीले भिजेर केही नुन पग्लियो । जब त्यो गधा उठेर हिँड्न थाल्यो उसलाई भारी केही हलुका भएको महसुस भयो । त्यस दिनदेखि सहरबाट नुन बोकेर हरेकपटक फर्किँदा खोलाको बीचमा पुगेपछि त्यो गधा लड्न थाल्यो ।

व्यापारीलाई गधामाथि शंका लाग्यो र उसले एकपटकचाहिँ कपास किन्यो र गधालाई बोकाएर ल्यायो । गधाले यसपटकको भारी असामान्य रूपमा हलुका भएको महसुस गर्‍यो । उसले सोच्यो, म आज पनि खोलामा लडेँ भने त यो भारी अझै हलुका हुनेछ । घर फर्कने क्रममा गधा सधैँझैँ चिप्लिएजस्तो गरी खोलामा लड्यो । तर अपसोस गधा जति उठ्न खोज्थ्यो भारी उति नै गह्रुँगो हुन्थ्यो । 

कपासले पानी सोस्दा भारी गह्रुँगो भएको थियो । व्यापारीले गधालाई उठेर नहिँड्दासम्म लौरोले हिर्काइरह्यो । त्यसपछि त्यो गधा खोला तर्ने क्रममा कहिल्यै पनि खोलामा लडेन । गधाले बेइमानीको मूल्य जहिल्यै पनि महँगो हुनेरहेछ भन्ने बुझ्यो । 
Read more ...

Thursday, September 21, 2017

झोला नेपाली फिल्म


वास्तविक सत्य घाटनालाई चित्रण गरि बनाउदा एकदमै मार्मिक छ र यो फिल्म हेर्दाखेरि आनन्द लिनु भन्दा भित्रैदेखि मनरुलाउछ अनि पुरानो इतिहासको पाठ सिकाई अजै समाजमा भयका कुर्रितिलाई निर्मुल पार्न टेवा पुर्याउछ धन्यवाद पुरा टिम तथा युटुबमा उपलब्ध गरिदिनु भयकोमा

Read more ...

Wednesday, September 20, 2017

अतृप्त सपना-'आधुनिकताको आडमा'-

आज पनि उसको फोन उठाउन कर लाग्यो । किन किन उसको आवाज सुन्न नपरे पनि हुन्थ्यो जस्तो लाग्छ । अनी कहिलेकाही फेरी लाग्छ उस्को आवाज सुनिरहुँ अझ धेरै धेरै । किन दोधार हुन्छ मेरो मन त्यो त बुझ्न सक्दिन कहिले पनि !
ल्याङ्वेज सेन्टर गको थिए अंग्रेजी अलिकति सुधार ल्याउनुपर्‍यो अनी पछि टोफेल/आइएलटिएस् गर्नुपर्ला । आखिर मेरो सपना भन्नु नै बिदेशी भाषामा दख्खल बनाउनु अनी उतै अमेरिका, बेलायत, क्यानडा अथवा अस्ट्रेलिया मै बस्ने दामी केटा सँग घरजम गर्नु ।

मैले उसलाई कति भने म संग किन सम्बन्ध बढाउनुहुन्छ? तपाई र मेरो कुनै हैसियत नै मिल्दैन ।
उसलाई सिधा भन्दिएको थिएँ-'अरु त त्यस्तै हो, तपाईंको काठमाडौंमा घर त छैन' र पनि उस्ले मन दुखाएन । हुन त उसैको कमजोरी त हो नि आजको जमानामा आएर पनि म डिग्रीसम्म पढेकी एऊटी केटीको सपना के के हुन्छ भनेर नबुझ्ने ! अँझै भन्छ मलाई तिमी चाहिएको छैन चाहिने पनि होइन मलाई तिम्रो सिर्फ सम्झना अनी मित्रवत् व्यवहार भए पुग्छ । खोइ के भए पुग्ने रहेछ जान्न सक्दिन ।
सामान्य परिचय हो हाम्रो । प्रविधिको प्रयोग फेसबुकबाट सुरु भएको हाम्रो चिनजान बिस्तारै बाक्लिएको त पक्कै हो ।
किन बाक्लियो? म त्यो पनि खोतल्न सक्दिन र खोतल्न जरुरी पनि लागेन मलाई । उसलाई मबाट के लिनु छ त्यो उसैको कुरा होला । मैले त्यो भन्दा केही पनि सोचिन । लामै चिनजान् भन्नुपर्छ आजकालको कस्मेटिक मित्रता केही दिनको लागि मात्र न बन्दछ ।
त्यसमा पनि फेसबुक मित्रता केही घण्टा मै टुट्न पनि सक्छ, केही दिन रहन पनि सक्छ तर उसको र मेरो सम्बन्ध एक किसिमले भन्दा अनौठो नै मान्नुपर्छ । केही घण्टा, केही दिन, केही महिना भन्दा पनि माथि केही बर्षको ईतिहास बोकिसकेको हाम्रो यो चिनाजान वा मित्रतालाई म कुन अर्थमा राखुँ ! मैले प्रत्यक पल्टको भेटमा भनेकै हो-'अब मलाई नभेट्नुस् मलाई जरुरी लागेकै छैन !'
किन मलाई उसले आफु भन्दा धेरै माया गरेको अनुभुति दिलाउँछ भन्न सक्दिन । अझै उसका प्रत्येक शब्द मलाई नै मन हुडल्ने खालका हुन्छन । खोइ किन केको अनुभुती हुन्छ हुन्छ !

२०७४ असोज ४, बुधवार
Read more ...

देश बिगारे नेता ले ..


लंका फेरिएर आज कतार भा' छ 

देश निली सक्न नेता लाइ हतार भा' छ 
पुर्बिया र पस्च्चिमे को के कुरा गरु खोइ 
धर्म संस्कृति र पहिचान लतार पतार भा' छ !!
Read more ...

Sunday, December 21, 2014

भौतिक रुप मा टाढा जादा


भौतिक रुप मा टाढा जादा भावनात्मक रुप मा पनि टाढा हुनु नि ! किन भौगोलिक दुरी को बाबजुत पनि सम्झना झन् झन् गाढा हुदै जाने होला ? म यहि कल्पना र परिकल्पनामा डुब्दा डुब्दै सुत्न सकिन ! प्रत्यक पल तिमि आउछौ , प्रत्यक समय तिमि आउछौ ! म आफै यो कुरा लाइ अन्त्य गर्न सकिरहेको छैन ! प्रत्येक निन्द्रा लाइ बिगार्न र मलाई अझै पागल बनाउन अनि हर समय भौतारिन बाध्य बनाउने त्यो तिम्रो कुटनीति ! के अरु केहि नगरु म ! केवल तिमीलाई सम्झिरहू ?? कृपा गरेर मेरो सम्झना मा आउन छाडिदेउ न हुन्न र ?
Read more ...

Sunday, January 1, 2012

टुटेको मुटु सँग तिम्रो सम्झना

बिस्तारै बिस्तारै समयको चक्र फेरिदो रहेछ हिजो साचेका सम्पूर्ण सपना हरु अनी हिजो भोगेका सम्पूर्ण बिपना हरु आज तासका महल झै ढल्दा रहेछन र पनि सम्पूर्ण आसा हरुलाई रित्याएर पनि देखावटी हासो हास्नै पर्दो रहेछ ।

कुनै दिन आफ्नो मन मुटु मा बसेको आफ्नो सबैभन्दा प्रिय मान्छेको तस्बिर हरु जब फेसबुक को भित्तामा देखियो तब खोइ म आफुले आँफैलाई सम्हाल्न सकेकै छैन उस्का लागि म कोइ होइन तर मेरा लागि हो उ को हो त्यो बिस्तारै बिस्तारै समयको चक्र फेरिदो रहेछ हिजो साचेका सम्पूर्ण सपना हरु अनी हिजो भोगेका सम्पूर्ण बिपना हरु आज तासका महल झै ढल्दा रहेछन र पनि सम्पूर्ण आसा हरुलाई रित्याएर पनि देखावटी हासो हास्नै पर्दो रहेछ ।

कुनै दिन आफ्नो मन मुटु मा बसेको आफ्नो सबैभन्दा प्रिय मान्छेको तस्बिर हरु जब फेसबुक को भित्तामा देखियो तब खोइ म आफुले आँफैलाई सम्हाल्न सकेकै छैन उस्का लागि म कोइ होइन तर मेरा लागि हो उ को हो त्यो शायद भगवानले मात्र अन्दाज लगाउन सक्छन बस म आफ्नो यो आधा सपना र आधा मन बोकेर बाच्दैछु या अझै भनौ म बाच्ने कोशीस गर्दैछु साथमा तिमीलाई शुभकामना जलेको मन मुटुको पिडा तिमीलाई कहिले पनि भोग्नु नपरोस भगवान सँग प्रथाना गर्न कहिले पनि छुटाउदिन । 

निदाउन खोज्छु निदाउन सक्दिन यता पल्ट्यो उता पल्ट्यो केवल उसकै याद र सम्झनाले घरि घरि सताइ रहन्छ आखिर मलाइ भगवान ले के को सजाँय दिदै छन् म आफुलाइ सम्हाल्न त सक्दिन नै न त उफ् म के गरौ आखिर मलाइ किन यति गहारो हुन्छ !

अल्झिरहेछु म तिम्रो त्यो प्रेममा जस्ले मलाई आज न घरको बनाएको छ न घाट को नै हो तिमीलाई त खासै कुनै फरक परेन होल किनकी तिमी मा त्यो सब गर्न सक्ने खुबी रहेछ जस्ले गर्दा नै म तिम्रो पछाडि आफ्नो सारा सपना हरुलाई कुल्चदै पछी लागे आफु र आफ्नो सारा… कर्तब्य लाई थाती राखेर तिम्रो माया म भुल्दा भुल्दै जब तिमीले आफ्नो असली मुहार देखायौ र जुन कुराको मार शहन नसकी म सारा जिबन्लाई अन्धकार को संसार मा नसा शहीत प्रबेस गर्न थाले । 

हो तिमी खुशी छौ आज किनकी म तिम्रो ठाउँ छाडेर धेरै टाढा पुगिसके तिम्रो मायाको हर मार लाई शहन गर्न नसकेर अनी तिमी र सँग सँगै बिताएका प्रत्यक पल लाई भुल्न नसकेर अनी तिमी सँग पल पल ह!सेर बसेक ति सुन्दर ठाउँ देख्दा आफ्नो ढुकढुकी बन्द हुने अवस्था बाट पार पाउन को लागि । तिमी लाई शुभकामना छ तिम्रो मुटु मा मेरो जस्तो पिडा कहिले पनि न गाडीयोस !



२०६८ पुष १७, आइतवार
Read more ...
Designed By Basanta Subedi