Thursday, April 30, 2026
रित्तो हात र भरिएको मन
Thursday, March 19, 2026
प्रगतिको बाधक
सुरूमा त सहकर्मीको मृत्युको समाचारले सबैलाई दुखी बनायो । तैपनि सबै जान्न आत्तुर थिए , आखिर त्यो मान्छे को रहेछ जो उनीहरूको प्रगतिको बाधक थियो । सबैले एकछिन सोचे- 'कमसेकम त्यो मान्छे त मर्यो जसले हाम्रो प्रगति रोकेको थियो ।'
एक एक गरेर कर्मचारीहरू कफिन नजिक गए । जब उनीहरूले कफिनभित्र हेरे सबै अचम्मित र स्तब्ध भए । कुनै चिजले उनीहरूको अन्तरआत्मालाई छोयो ।
कफिनभित्र एउटा ऐना थियो । सबैले त्यो ऐनामा आफ्नो अनुहार देखे ।
ऐनासँगै एउटा कागजमा लेखिएको थियो - 'तिम्रो प्रगतिको बाधक कोही छ भने त्यो तिमी नै हौँ । अरू कोही तिम्रो प्रगतिका लागि बाधक हुन सक्दैन । '
हाम्रो जीवन परिवर्तन हुँदैन तब सम्म जबसम्म हामी परिवर्तन हुँदैनौँ । हाम्रो जीवनका लागि हामी जिम्मेवार छौँ, अरू होईन ।
एउटा फुल जब बाह्य बलले फुट्छ जीवन समाप्त हुन्छ तर जब यो भित्री बलले फुट्छ जीवन सुरू हुन्छ ।
मिति २०८२/१२/०५
Saturday, April 19, 2025
पहिचान नगुमाउनु होस
एकजना मान्छेले एकदिन एउटा कुखुराको भाले किनेर ल्याएछ। त्यो भालेलाई मार्न कसरि मार्ने के बहाना बनाएर मार्ने त भनेर योजना बनायछ ।मालिक भाले समक्ष गएर भनेछ त भोलिदेखि बिहानै बिहानै बास्ने छैनस बासिस भने म तलाई मारिदिनेछु। भालेले हुन्छ म बास्दिन हजुरले जे भन्नुहुन्छ त्यहि मान्छु ।अर्को दिन बिहान मालिकले ध्यान दि राखेको थियो बास्छ कि नाइ भनेर। भाले बासेन तर सधै जसो पखेटा फट्फट मात्रै गरायो ।अर्को दिन मालिकले अर्को चेतावनी दियो भोलिदेखि पखेटा पनि फटपट गराउने छैनस नत्र मारिदिनेछु ।भाले हुन्छ मालिक गराउदिन भन्यो ।अर्को दिन बिहान बास्ने समयमा ईमान्दार पुर्वक फखेटा फटफटाएन तर तनक्क घाटि भने तन्कायो ।मालिक परिसान हुदै अर्को आदेश जारि गर्यो भोलि तैले घाटि पनि तन्काउने छैनस बुझिस? अर्को दिन भाले केहि नगरि पोथि जस्तै भएर चुपचाप बस्यो। मालिक लाई छट्पटी भयो । अबत भालेले गर्नै नसक्ने काम लगाउछु अनि काम बन्छ । मालिकले भन्छ भोलि तैले अन्डा दिनुपर्छ नभए मारिदिन्छु।अब भालेले आफ्नो मृत्यु निश्चिति सम्झ्यो र धेरै रुन लाग्यो । मालिकले सोध्यो के भयो ? मृत्युको डरले रुदै छस?भालेको जवाफ निकै सुन्दर र सार्थक थियो । भन्न लाग्यो होईन म यसकारण रुदैछु कि अन्डा दिन नसकेर मर्नुभन्दा सुरुमै एक पटक बासेरै मरेको भए हुनिरैछ बिहान बास्नु मेरो पहिचान र अस्तित्व हो मैले सबैकुरा त्यागेर मालिकको कुरा मान्दै गए ।जस्को नियत जसरि पनि मार्नेनै छ भने उस्को अगाडि समर्पण होईन संघर्ष गर्नुपर्दोरहेछ ।आफ्नो अस्तित्व सम्मान पहिचान जोगाउन संघर्ष गर्नुपर्दछ मृत्यु सास्वत छ बाचुन्जेल कसरि बाच्ने हामिले सोच्ने हो।
Sunday, February 14, 2021
अन्तिम कथा (भ्यालेन्टाइन)
जीवनको २५ औँ वसन्तमा छु । यो विच आए धेरै यस्तै मृगतृष्णाहरू । जसले मलाई न हसाँउन सके न रुवाउन नै । मन चोर्ने हरुका भीडमा वाँचेकै छु यस्तै गरी मरी मरी ।
हो यही हो मेरो जीवनको यथार्थता । के को लागि ? न त म भन्न सक्छु न देखाउन नै ।
आजैको साँझ हो । खाना खाएँ । सुतेँ । चाहेँ मिठो निद्रा । सायद गल्ती गरें । हुन्न थियो होला सायद यती मिठो निद्राको कामना गर्न । गरें । मलाई सिकाइएकै थियो मिठो सपना देख्न । मानुँ सपना मिठै हुन्छ सायद दुनियाँकै सवभन्दा मिठो । कति मिठो सपना । कति मिठो । कति मिठो । सबैको कल्पनाभन्दा बाहिरको मिठो ।
हो । दिन त बिताएकै हो । आफ्नै रोजाईमा । अलिअलि हाँसे जस्तो अनि अलि अलि निरास भएजस्तो । तर लाग्छ मलाई किन दिन्छ चासो वारम्वार ? नाता छ के ? जोडिएको छ किन ? किन चाहन्छ जोडिन ?
सुतेथेँ । सायद सपनामै थिएँ । मोवाईलमा मेसेज वज्यो । लाग्यो कसैले भ्यालेन्टाइन विस गर्यो होला । त्यही त छ आखिर । सस्तो अनि तेस्रो दर्जाको मेसेजको निरन्तर आगमनले तर्सिएकी म त्यही सोचेँ । यस्तो लाग्थ्यो म त्यो मोवाईलको भाँडोभन्दा पर वसुँ संगत गर्न नपरोस त्यो भाँडोसँग ।
विरक्तिएको मनले केही आशा गरेछ सायद । यसो मोवाईल खोलें किन किन कसैको मायाको आभास आफै हुन गयो । खोई कारण थाह हुन सकेन । तर अकस्मात त्यो मायाका शब्द किन यती प्रिय लाग्यो नि यस्तो लाग्यो म साँच्चै जिउदो छु ।
फटाही ।
यो के शब्द हो मलाई थाहा छैन । किन म माथि प्रयोग गर्छ ? त्यो समेत थाहा छैन । मलाई मन समेत पर्दैन यो शब्द । तर मलाई पटक पटक यही शब्द प्रयोग गर्छ । यही भनेर वोलाँउछ । किन ? केका लागि ?
मोवाईल खोलें । उस्कै रहेछ । हाँसु हाँस्न मन नै छैन । रोउँ त केका लागि रोउँ म । म के हो उसको ?
उही शब्द अनि खोई कता कता माया हो कि लाग्ने उही सम्बोधन । फटाही ।
रिस उठ्छ चौपट्टै । यती रिस उठ्छ न नाप्ने भाँडो पाँउछु न जोख्ने ।
ऊ अर्थात पराई । अर्कैको लोग्ने । परपुरुष ।
मेरा बुझाईमा काम नलाग्ने लोग्नेमान्छे । मलाई केही काम छैन । आफ्नै संसारमा रमाउने स्वार्थी पुरुष हो त्यो ।
के को नाता ? के को प्यार ? के को आफ्नोपन ?
म आज तिम्रा खातिर एउटा कथा लेख्छु ।
उसका मोवाईल सन्देशले मेरा कम्पारा तात्न कति वेर लाग्दैन ।
मायाका आस्वासन दिदै मन चोर्न सिपालु यी लोग्नेमान्छे । अँझै मलाई कथाकी पात्र वनाँउदै पो छ ।
अनायसै मन फिस्स हाँसिदिन्छ । नकच्चरो पुरुष ।
आफ्नो कर्तव्य समेत भुलेर मेरो सुन्दर जीवनसँग समेत खेलवाड गर्न आइपुग्दैछ ।
मोवाईलमाउसका वग्रेल्ती मेसेज आइरहे मायाका अनि धम्कीका समेत । सहिरहेँ एउटी नारीको सहनशील मन वोकेर । वाध्यतामा अल्झेको एउटा निरीह नारी पात्र त वनेँ नि आखिर म । त्यसमा नि उसैको कथाको पात्र वन्दै छु म । थाहा छैन कस्तो पात्र वन्दै छु म । सायद उसका दविएका चाहनाहरुलाई अस्थायी समाधान गरिदिनुपर्ने अपिल वोकेको पात्र वनायो होला । एउटा अहंकारी घमण्डी नकच्चरो पुरुषको आँखामा योभन्दा ज्यादा के हुन सक्ला र ।
आँखाले चिम्म गर्नै चाहेन । किन किन वावा ममिको चौपट याद आयो । लाग्यो वावा ममिको साथ थिएँ भने आज यस्तो व्यक्तिको सामना गर्नु त पर्थेन ।
फेसवुक खोलेँ । त्यहाँ अँझै वग्रेल्ती मेसेजका थुप्रा थिए । ती सबैमा लेखिएका थिए उसले मलाई चाहनुका कारण । सबै हाँसो लाग्ने कारणहरू त थिए । उसका अतृप्त चाहना म वाट पुरा गर्ने अभिलाषा वोकेको रे ।
घृणा लाग्यो आफै प्रति । कसैका अतृप्त चाहनाको प्यासी वन्दिनुपर्ने रे म । उसका लागि । मतलव मसँग कुनै चाहना नै जीवित छैनन् छन् त फगत उसैका अतृप्त चाहना ।
वाध्यतावस जोडिन पुगेको उसको र मेरो संवन्ध यसैको लागि हुँदो हो र ? म त उसको शक्तिलाई पो मान्थेँ । उसका आत्मविस्वासलाई मान्थेँ । उसका संघर्षका कथाहरुलाई मान्थेँ अनि उसका जोश र जाँगरहरुलाई पो मान्थेँ । म नारी हुनुको फाइदा नराम्ररी उठाउन चाहने उसका ती मनलाई मान्ने मसँग कुनै अभिलाषा थिएन । आफूभन्दा कता कता उच्च लाग्ने उसको उच्च जीवनप्रति मोह समेत आँक्न नसक्ने म अनायसै उसका तललो स्तरको व्यवहारलाई पचाउन सक्थेँ होला र ?
फिटिक्कै निद्रा परेन । उही हो फेरि फेसवुक खोलेँ । अन्त ध्यान दिनुअगाडि उसैका मेसेज आए । सुतिनौ र ? कति चासो गरेको ? के को लागि ?
मसँग कुनै साइनो नजोडियोस तर मलाई तिमी हाँसेको मन पर्छ । उसका यी मेसेज हेर्दा म नहाँसी वस्नै सकिन । फिस्स हाँसेँ । किन हो हाज उसका तस्विर नियाल्न पो मन लाग्यो । हरेक तस्विर उदासिन मुहार वोकेर उभिएको पो देख्छु । कि कतै ??
किन किन उसको प्रोफाईल खोतल्न मन लाग्यो । शब्द शब्द नियालेँ । अक्षर अक्षर पढेँ । हरेक तस्विर साँच्चै हेरेँ । उसका उदासिन अनुहारहरू पढ्न मन लाग्यो । पढिरहेँ ।
फलानो उपडेटेड हिज स्टाटस । नोटिफिकेशन वज्यो । उसकै नाम उफ् ।
यो अन्तिम कथा तिमीले पढिरहँदा म यो संसार वाट बिदा हुन सकुँ । तिम्रा जीवनमा कहिल्यै दुःख नपरुन ।
वेनामी स्टाटसले मलाई नै जिस्काए जस्तै भयो ।
हतार हतार वत्ति निभाँए सुतिदिएँ ।
गहिरो निद्रालाई चिर्दै मोवाईल वज्यो साथीले गरिछ । हतार हतार सामाजिक सञ्जाल हेरीहाल भन्दै ऊ ओझेल परी जसलाइृ मैले सबै दिक्कलाग्दो कहानी सुनाएको थिएँ ।
सन्त भ्यालेन्टाइनले प्रेमका खातिर ज्यान गुमाएकै दिन मध्ये रात नवित्दै सामाजिक सञ्जालमा उसको मोटरसाईकल दुर्घटनामा ज्यान गएको समाचार छ्याप छ्याप्ती भइसकेको रहेछ । जीवनमा पहिलोपटक आफू यती धेरै चिसिएको अनुभुत गर्दा म ज्यूदो छु कि छैन पत्तो नपाए झै हुन पुगेछु ।
मध्यरात ११ः४५ फेव्रुअरी १४, २०२१ वुटवल ।
Saturday, June 29, 2019
बिजारोपण एउटा यात्रा
उफ भ्रम मात्र पो कताको अन्नपूर्ण देखिनु कताको सगरमाथा ! जहाजले धुलिखेल माथिबाट यात्रा गर्यो तिमी आफै अरुण को आसपास मा थियौ अनि सगरमाथा र हिमाल हरुलाई चुम्दै थिए म ! ऊ संतानेस्वर देखिन लाग्यो ! जाहजले उपत्यका प्रवेश गरिसकेको थियो ! ललितपुरका सुन्दर पहाड माथिबाट यात्रा गर्दै गर्दा तिम्रा आँखाहरू लोलाइरहेका थिए !
Thursday, October 12, 2017
दुखैमा बाच्छौ भने बाचि देउ के छ र ?
सुन्दर जिबन लौ भाची देउ के छ र ?
पिडा तिमीलाई चाहिन्छ भने संगाल
खुशी अर्को जुनिलाइ साचिदेउ के छ र ?
खरानी नै बन्नु छ भने मै बनी दिन्छु
भाग्यमानी बनी हासिदेउ के छ र ?
दु:खमा साथ दिन्छु मेरै गल्ती हो भने
काख दिनेलाई मासिदेउ के छ र ?
मेरो साथ आसु झार्ने पल भएपछी
जवानी अन्तै तिर गासिदेउ के छ र ?
सम्झना ताजा राख्दा गहारो पर्छ भने
मन बाट टाढा भासिदेउ के छ र ?
Monday, October 9, 2017
मेरो जिबन लाइ तिम्ले खालि बनायौ.....
माया दिने मन लाइ लौ जाली बनायौ !!
प्रेम का शब्द हरु तिम्ले गालि बनायौ !!
बतास ल्याई भाचिएको डाली बनायौ !!
अर्कैलाई तिम्ले दिलको माली बनायौ !!
जिबन अर्कैको हालीमुहाली बनायौ !!
Wednesday, September 20, 2017
अतृप्त सपना-'आधुनिकताको आडमा'-
Tuesday, February 17, 2015
उल्झन : तिम्रा खातिर
तिम्रो नाम बोकेर
जब प्रकृतिले
म भित्र केहि पठाउछिन्
सोच्न नसक्ने दिमाग र नधड्किने चिसो मुटु जस्तै
अझै कठोर
अझै बिचलित
अझै ताप !!!
तर अझै पनि
जब याद हरु बल्झिएर आइदिन्छन
मन को बाटो बाट सुटुक्क
तिमि संग संगै !!!
बिचलित मन
बढो तन्मय का साथ
तिम्रो प्रतीक्षा गर्छ
स्पर्श को आभाष गर्छ
अनि सुटुक्क बसाई सर्छ
तिमि तिरै !!
प्रत्येक स्वाश प्रत्येक प्रस्वाश अनि
प्रत्येक उल्झन मा तिमि आइदिन्छौ
र त बाच्नु मा गर्ब छ
याद बोकेर !!!
सदा सदा भौतारिएर !!!!
Monday, December 22, 2014
Sunday, December 21, 2014
भौतिक रुप मा टाढा जादा
भौतिक रुप मा टाढा जादा भावनात्मक रुप मा पनि टाढा हुनु नि ! किन भौगोलिक दुरी को बाबजुत पनि सम्झना झन् झन् गाढा हुदै जाने होला ? म यहि कल्पना र परिकल्पनामा डुब्दा डुब्दै सुत्न सकिन ! प्रत्यक पल तिमि आउछौ , प्रत्यक समय तिमि आउछौ ! म आफै यो कुरा लाइ अन्त्य गर्न सकिरहेको छैन ! प्रत्येक निन्द्रा लाइ बिगार्न र मलाई अझै पागल बनाउन अनि हर समय भौतारिन बाध्य बनाउने त्यो तिम्रो कुटनीति ! के अरु केहि नगरु म ! केवल तिमीलाई सम्झिरहू ?? कृपा गरेर मेरो सम्झना मा आउन छाडिदेउ न हुन्न र ?
Wednesday, September 10, 2014
सिरानीको खाम
“तलाई काली तेरो पारा त ठिक छैन नि के हो ??”
सानो भाइको कुरा सुन्दा म छक्क पर्नु स्वाभाविक थियो म भन्दा निकै सानो भाइ तर ….
“किन मैले के गरे ओइ ?”
“छोरी मान्छे भएर केटा हरु संग मस्किदै हिडेकी रे ”
“अनि ?”
“मैले तपाइको एउटा कुरा थाहा पाए नि ”
“निनी ! तपाइको नाम मा एउटा केटा को चिठ्ठी आ’को थ्यो”
“अनि ? खै त चिठ्ठी ?”
केहि बोलेन सरासर भित्र गएर एउटा खाम र खोलिसकेको चिठ्ठी ल्याएर मेरो हात मा राखिदियो !
“निनी मैले आफै पढेको मात्र हो अरु कसैलाई देखा’को छैन ! सत्य !”
“प्रिय सानी ! हुन त म तिम्रो नजर बाट सधै को लागि गिरेको छु ! मलाइ केहि आपत्ति छैन म तिम्रो नजर मा सदैब गिरेर पनि खुसि हुनेछु ! तिमि संग का प्रत्येक भेट अनि सम्झना हरु लाइ सकुशल संगालेर तिमि बाट टाढा हुदैछु ! मलाई यो ठाउ छोडेर काही जान मन त थिएन तर के भयो के जुन दिन तिम्रो न्यानो माया को संघार बाट बाहिर निस्किएँ त्यो दिन त्यो पल नै म मरिसकेको थिएँ तर पनि घिसृदै थिएँ अनवरत तर अब धैर्यता ले आफ्नो सिमा नाघ्न थाल्यो !
हरेक पल जब म आफ्नो काम मा निस्किन्छु आफ्नो बाटो मा निस्किन्छु म जहा पुग्छु त्यो ठाउ तिमि र म पहिले नै गइसकेको ठाउ मात्र पर्छ ! हो अनि मलाइ के हुन्छ होला ! म आफुलाई सम्हाल्न सक्दिन ! म हरेक मोड हरेक पल हरेक चौतारी मा प्रत्येक पटक मर्न सक्दिन ! नसक्ने भएँ ! अनि मैले बाध्य भएर यो ठाउ छाड्ने निष्कर्ष मा पुगें !
म आजै राति को बस बाट बिराटनगर जादै छु !
राम्रो संग बस्नु ! जिबन मा कहिले नि नहार्नु ! मलाइ तिमीले हारेको मन पर्दैन ! सदैब खुसि हुनु !
यो छोटो जिन्दगि मा बिदा मागें ! पृथ्वी गोलो छ ! भाग्य ले जुराएछ भने तिम्रो दर्शन अबस्य गर्न पाउनेछु !”
बिदा !
ति शब्द मिश्रीत रहेका छोटा वाक्य ले पूर्ण पत्र लाइ च्यात्न सकिन अझै जतन गरि मिलाएर खाम मा हाले अनि सरक्क सिरानीमुनि घुसारेर आफु त्यहि सिरानी मा ढल्किए ! मलाइ त्यो सिरानी लाइ छोडेर उठ्ने मन भएन किन किन असाध्यै प्यारो लाग्यो !
अगी भर्खर को भोक हरायो केहि खान मन नै लागेन !
समिर ले मोबाइल मा फोन गर्यो २/३ पटक गरिरह्यो मैले उठाउने रहर राखिन !
उसको सामिप्यता लाइ चटक्क छाडेर आफ्नै सहकर्मी समिर संग को जिबन सोचेर उसलाई गरेको अपशब्द जसले गर्दा उसले आज यो सहर छोडेर गयो सिर्फ मेरो खुसि को लागि !
उसले के गरेन मेरो लागि ! दुनिया को हर चिज मेरो लागि अनुकुल बनाउन खोज्यो ! सुन्दर जिबन को खातिर के गरिदिएन ! उसैले खोजिदिएको जागिर को दौरान भेटेको समिर संग को दैनिक भेटघाट ले उसैलाई मन दुखाउन सक्ने अपराधिनी पो भएँ !
कसै संग बोल्ने मन भएन ! ममीलाई मैले अफिश मै खाजा खाएको बेलुका खाना नखाने बताएँ ! जिबन मा पहिलो पटक भोक हराएको अनुभूति संगालें !
रात छिप्पिदो रह्यो ! निन्द्रा ले बिदा मात्र लि’रह्यो ! राति को ११.३० भएछ ! उठें, पानि पिएँ, टिभी खोलें !
टिभी मा आखा परेको मात्र थियो : “काठमांडू बाट बिराटनगर को लागि छुटेको रात्रि सेवाको बस त्रिसुली नदीमा खस्दा बस मा सवार सबै २९ जना बेपत्ता”
मुटु अनायासै चस्कियो ! चिसो भयो म थचक्क भुइँ मा बसेर उसको मोबाइल मा सम्पर्क गरें ! “माफ गर्नुहोला तपाइले सम्पर्क गर्नु भएको मोबाइल को स्विच अफ गरिएको छ” दर्जनौ पटक टेलेकम ले यहि कुरा दोहोर्यायो !
सिरान मुनि हात हालेर अगिको चिट्ठी खोलें : “राम्रो संग बस्नु ! जिबन मा कहिले नि नहार्नु ! मलाइ तिमीले हारेको मन पर्दैन ! सदैब खुसि हुनु ! यो छोटो जिन्दगि मा बिदा मागें ! पृथ्वी गोलो छ ! भाग्य ले जुराएछ भने तिम्रो दर्शन अबस्य गर्न पाउनेछु !”
त्यसपछि के भयो ज्ञान भएन ! ब्युझिदा शिक्षण अस्पताल को बेड मा थिएँ !


















.jpg)