⚖️ निःशुल्क कानुनी परामर्शको लागि आजै सम्पर्क गर्नुहोला ! 📞 फोन नं: +९७७-९८५११९३०२१ 💼 विभिन्न कानुनी मुद्दाहरूमा विश्वसनीय सेवा।

अध्यावधिक

सन्दर्भ लेख हरु

समाज

Thursday, June 19, 2008

गजल : रिम झिम पानि पर्ने वर्षात को रात हजुर

 मिति:-२०६५/०३/०५  बिहिबार !


रिम झिम पानि पर्ने वर्षात को रात हजुर
आँखा भरि आईदिन्छन् संझनाको खात हजुर ।।

जति चिसो बढ्दै जान्छ उति मन पोल्दै जाँदा
एकान्तमा बस्दा पनि गर्न आउने बात हजुर ।।

जोडिएको मुटुलाई तिर हानि फुटाउनेलाई
खै के पो थाहा होला घात प्रतिघात हजुर ।।

स्पर्श को आभाषमा सपना नै टुट्दा पनि
माया पाउनु कता कता रित्ता हुन्छन् हात हजुर ।।

अप्राप्यता भा को भए शायद माया पाँउथे होला
रोजि छाडि हिँड्दा हिँड्दै उनलाई चल्यो मात हजुर ।।

मुस्कानमा मादकता थपे जस्तो गर्दा गर्दै
पछिबाट उठाँउछन् विच्छेदको लात हजुर ।।

-चापागाउ , ललितपुर !
२०६५/०८/२७ को समर्पण मा बाचित !!
Designed By Basanta Subedi