ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Thursday, March 19, 2026

प्रगतिको बाधक

 

एउटा कम्पनीमा काम गर्ने सबै कर्मचारी अफिस बाहिर जम्मा भएका थिए । बाहिर ढोकामा एउटा सूचना टाँसिएको थियो । सूचना यस प्रकार थियो -' हिजो यस कम्पनीमा तपाईंहरूको प्रगतिलाई अवरोध गर्ने मानिसको निधन भयो ।' सबै कर्मचारी मित्रहरूलाई श्रद्धान्जलीका लागि उपस्थित भइदिन अनुरोध छ। '

सुरूमा त सहकर्मीको मृत्युको समाचारले सबैलाई दुखी बनायो । तैपनि सबै जान्न आत्तुर थिए , आखिर त्यो मान्छे को रहेछ जो उनीहरूको प्रगतिको बाधक थियो । सबैले एकछिन सोचे- 'कमसेकम त्यो मान्छे त मर्यो जसले हाम्रो प्रगति रोकेको थियो ।'

एक एक गरेर कर्मचारीहरू कफिन नजिक गए । जब उनीहरूले कफिनभित्र हेरे सबै अचम्मित र स्तब्ध भए । कुनै चिजले उनीहरूको अन्तरआत्मालाई छोयो ।

कफिनभित्र एउटा ऐना थियो । सबैले त्यो ऐनामा आफ्नो अनुहार देखे ।

ऐनासँगै एउटा कागजमा लेखिएको थियो - 'तिम्रो प्रगतिको बाधक कोही छ भने त्यो तिमी नै हौँ । अरू कोही तिम्रो प्रगतिका लागि बाधक हुन सक्दैन । '

हाम्रो जीवन परिवर्तन हुँदैन तब सम्म जबसम्म हामी परिवर्तन हुँदैनौँ । हाम्रो जीवनका लागि हामी जिम्मेवार छौँ, अरू होईन ।

एउटा फुल जब बाह्य बलले फुट्छ जीवन समाप्त हुन्छ तर जब यो भित्री बलले फुट्छ जीवन सुरू हुन्छ ।


मिति २०८२/१२/०५ 



Designed By Basanta Subedi