⚖️ निःशुल्क कानुनी परामर्शको लागि आजै सम्पर्क गर्नुहोला ! 📞 फोन नं: +९७७-९८५११९३०२१ 💼 विभिन्न कानुनी मुद्दाहरूमा विश्वसनीय सेवा।

अध्यावधिक

सन्दर्भ लेख हरु

समाज

Sunday, January 1, 2012

इच्छा विना बाध्यतामा माया गर्नुपर्दा


इच्छा विना बाध्यतामा माया गर्नुपर्दा
कति साह्रो पर्न जान्छ जिँउदै मर्नुपर्दा ।।

आशा थियो जिवनलाई सुखि बनाउने
तर आज गाह्रो पर्यो  जल्दै झर्नुपर्दा ।।

जिवनका रङ्गहरु जलाएर नाशी
मायालुको आशा गर्थेँ माया भर्नुपर्दा ।।

रात बित्यो दिन वित्यो बितिगयो जिवन
सिरानिमा आँशुको यो भेल तर्नुपर्दा ।।

बाँच्नै मन लाग्नै छाड्यो नबाँचु कि कसो
जिवनमा रुँदै रुँदै शोक बार्नुपर्दा ।।

जलि जलि बाँच्नेले जान्दछ कि पिडा
तातो कराई माथि बसि जिवन खार्नुपर्दा ।।
Designed By Basanta Subedi