आशा थियो जिवनलाई सुखि बनाउने
तर आज गाह्रो पर्यो जल्दै झर्नुपर्दा ।।
जिवनका रङ्गहरु जलाएर नाशी
मायालुको आशा गर्थेँ माया भर्नुपर्दा ।।
रात बित्यो दिन वित्यो बितिगयो जिवन
सिरानिमा आँशुको यो भेल तर्नुपर्दा ।।
बाँच्नै मन लाग्नै छाड्यो नबाँचु कि कसो
जिवनमा रुँदै रुँदै शोक बार्नुपर्दा ।।
जलि जलि बाँच्नेले जान्दछ कि पिडा
तातो कराई माथि बसि जिवन खार्नुपर्दा ।।