ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Monday, August 26, 2013

आदर्श प्रेम -एउटा प्रेम कथा

म तिमी बिना एकछिन पनि बाँच्न सक्दिन !
रमा सक्दै सक्दिन म एक पल पनि बाँच्न सक्दिन !! 
उस्ले धेरै पटक यसै भनेको थियो ! हिजो मात्र अस्ती मात्र अनी त्यो दिन अगाडि मात्र !
हरेक दिन यही मन्त्र जपे जस्तै जपेकै हो हुन त ! 



आज पनि रमा लाई लिएर ऊ खोइ कता पुगेको थियो अनायसै रमा उस्को हात बाट फुत्केर गइन ! हेर्दा हेर्दै टाढा कता कता पुगिन उस्को आँखा बाट सरर आसु झर्यो रमा ! रमा ! भनेर ठुलो स्वर ले करायो तर उनले फर्केर हेरिनन अलिक पर एउटा मान्छे बसिरहेको रहेछ उस्को अङगालो मा कसिएर हात समाउदै अलप भईन !! झन्डै झन्डै आँखाले नभ्याउने हुने बेला रमा ले भनेको शब्द उस्को कान सम्मा गुन्जियो "नामर्द "

ऊ झल्यास्स बिउँझीयो उस्का स्‍मृतिपटल मा बिगत का हर कुरा हरु नाच्न थाले । 

उस्ले रमा लाई गर्ने माया मा कुनै खोट राखेन आफु भन्दा धेरै माया गर्थ्यो । आज रमाले के खाइन कहाँ गइन होला कुनै गहारो साँघ्घुरो केही पर्‍यो कि जती बेला पनि रमा कै यादमा डुबिरहन्थ्यो !! बिस्तारै बिस्तारै रमासँग हिजो बिताएका पल हरु को सम्झना मा डुबुल्की मर्दै गयो ऊ कती रमाइलो थियो हरेक पल जती बेला रमा लाई अगाडि राखेर भबिस्य को चित्र कोर्दथ्यो उती उस्लाई आनन्द को बर्षा आउथ्यो कती कती उस्लाई आँफै थाहा हुन्न थ्यो उस्ले कती खुशी कमाइरहेको छ .
रमा उस्को प्रेम मा बहकिन्थी बिस्तारै बिस्तारै उस्को नजिक सर्थी उनलाई उस्को काख मा टाउको रखेर सुत्ने अभिलाषा जाग्दथ्यो उस्को बिशाल छाती म टासियर प्रेम को आठआह सागर मा डुब्दै उस्को प्रेम मा रमाउने उत्कन्ठ अभिलाषा आउथ्यो तर रमेश बिचैमा उन्लाई रोकेर भन्थ्यो रमा आखिर हामी एक अर्काको लागि नै जन्मेका रहेछौ तर रमा प्रेम नैतीक हुनुपर्छ पवित्र हुनुपर्छ आदर्श प्रेम मा शरीर को चाह लाई अगाडि ल्याउन हुन्न समाज को मुल्य र मान्यता लाई कुल्चनु हुन्न आखिर बिहे पछी त छदैछ नि !!

उता बिचरी रमा आफुलाई रमेश को बाहुपास मा सजिएको अनुभब गर्न चाहन्थिन । रमेश को आदर्श ले भरिएको सोचाइ लाई उस्ले कती गर्दा पनि आफ्नो तर्फ बाट मिलाउन सकिन । रमा हरेक बहाना बनाउथी कहिले एकान्त मा हिड्दा मा डर लागेको अभिप्राय ली रमेश को पाखुरा समाउन पुग्थी तर रमेश ले एउटी सानी बच्ची लाई डर भगाउन गर्ने प्रयत्न मात्र गरिदियो खिन्न मन लिगेर रमा ले मन बाट डर निस्केको बहाना पार्नु पर्‍यो ।

एक दिन पारी गाउ गएर दुबै संगै आउँदै थिए बाटो मा पानी पर्‍यो ओत् लाग्ने ठाउँ पनि पाउन सकिएन भिजेरै आउँदै थिए बाटो मा खहरे पर्थ्यो पानी बढेछ दुबै जना हात समाएर खोला तर्ने क्रम मा लागे । रमा को आसा मिश्रित डर अनी रमेश को माया मिश्रित आदर्श को समायोजन् भयो रमेश ले कम्मर मा समतेर खोला तर्नु पर्ने भयो रमा लाई खोला तरेर कहिले पनि नसकिए नि हुने जस्तै अनुभुती भएको थियो मिठो अत्यन्तै मिठो !

त्यो भन्दा बाहेक उन्ले कहिले नि उस्को न्यानो अंगालो को अनुभुती गर्ने अबसर जुटेन ।

एक दिन बिहानै गाउमा हल्लिखल्ली भयो गाउकी पढेलेखेकी मास्टर कि छोरी रमा गाउ बाट सदर मुकाम गर्ने ट्रक ड्राइभर कि कान्छी श्रीमती बन्न उसै सँग हिडिछ झन्डै बाउको उमेर को ड्राइभर कपाल पालेको मुन्द्रा लाको घर मा ३ वटा छोरा छोरी भएको भुस्तिग्रे सँग !!!

Read more ...

Wednesday, July 24, 2013

अनुभुती 18-07-2013

म शहरको कता कता घुमिरहेको थिए । कहाँ थिएँ केहि सम्झन सक्दिन । कता कता त्यो शहर काठमान्डु जस्तै लागिरहेको थियो किताब पसलहरु थिए मैले कुनै पसल बाट केही किताब हरु किनेँ तर मैले कुन कुन किताब किने भनेर सम्झना छैन । काठमाण्डौ कै झझल्को आउने बाटो हिडेजस्तो लाग्छ । झन्डै रत्नपार्क जस्तै ठाँउ बाट एउटा सानो माईक्रो बस जस्तै बस चढेँ । त्यो बसले कस्तो बाटो हिडायो भाडा कति महंगो थियो ?? केहि याद हुन सकेन । मेरो सम्झनामा लागे सम्म म रत्नपार्क बाट कालिमाटी हुदै किर्तिपुर पुगे जस्तै लाग्छ तर त्यो बाटो अहिले जस्तै थियो वा राम्रो थियो छुट्याउन सकिन तर कता कता अहिले भन्दा राम्रो थियो लाग्छ मतलव मैले केहि वर्ष पछी को काठमान्डु पो सोचेँ कि ?? म किर्तीपुर को त्रिभुवन विश्वविद्यालय जस्तै ठाँउमा पुगे । मलाई त्रिभुवन विश्वविद्यालय को प्राङ्गणमा पुग्दा जहिले पनि त्यो ठाँउमा गएर पढ्न नपाएको मा धेरै पिडा हुन्थ्यो तर त्यो बेला त्यस्तोे लागेन सोचेँ सायद त्रिभुवन विश्वविद्यालय को प्राङ्गणमा म पुगेको नै होईन होला अथवा आफु जान नसके पनि मेरो मन मुटु सर्वस्व सहित प्रतिनिधी उभ्याएको छु त्यो ठाँउमा सायद त्यही कारणले नै मेरो मन सम्हालिएकोमा मलाई कुनै दुविधा रहन्न किनकी मैले त्याहा मेरो मन मुटु सर्वस्व सुम्पिएको छु । प्राङ्गणको पश्चिमी कुनामा पुगेको थिएँ मलाई कसैले नाम गरेर वोलावट भयो फर्केर हेर्दा मलाई विद्यालयमा पढाउनु हुने सर लाई पो देखेँ खुशीको सिमा रहेन । ल भाई कति पछि तिमी लाई भेट भयो आज तिमी र म सङ्गै बस्ने म तिमीलाई वेलुका को खाना खुवाँउछु । हुन्छ भईहाल्छ नि , सरले मलाई आफु सँगै घरपछाडी लग्नुभयो हेर त बाबु यहाँबाट पोखरा पनि देखिन्छ ,,,,,,,,,सर को यो भनाई ले म पक्का यहि कतै थिएँ लाग्छ । पछाडीको दृष्य अत्यन्त गजवको रमाईलो थियो साँच्चैको स्वर्गियता को अनुभुती हुने अनौठो दृष्य । सर सँग गफ गरेर बस्दै थिँए कता बाट दुई जना चिनेका भतिज हरु आईपुगे ,,अङ्कल घुम्न जाँउ ........... म पछि लागेँ ..हामि त्यहाँ बाट पस्चिम तिर लाग्यौँ अनौठो रमाईलो अनुभब भईरहेको थियो .. कहाँबाट हामी पहाडी बाटो मा पुग्यौँ सानो खोल्साको आडमा पहाड चढ्ने क्रम थियो कस्तो अनौठो संरचना थियो । खोल्साको आडैआड हामि उकालो लाग्यौँ दाँयाबाँया पानिको दह हरु थिए साना ठुला दह हरु । कतै कतै कान्ला उक्लिँदै असजिलो भिर चढ्दै जाँदै थियौँ । हामि डाँडाको टुप्पोमा पुग्न लाग्दै थिर्यौँ एक अत्यन्तै असजिलो अक्कर भिर रहेछ एक जना भतिज माथी उक्लिन सफल भयो अर्को भतिज टुप्पो मा उक्लिन खोज्दै थियो अकस्मात खस्यो र उ खस्दा म पनि सँगै खसेँ मैले आँखा चिम्लिएँ हामि कति कति तल खस्यौँ तर हामिलाई केहि भएन .....................
Read more ...
Designed By Basanta Subedi