एउटा
घरमा चार भाई थिए - बाबुको मृत्युपछी सबैले घरको नेतृत्व आफुले गर्न
पाउनुपर्ने भनेर झगडा गर्न लागे | कुनै एकलाई दिँदा आफु कमजोर हुने देखेर
अर्को कुनै एकलाई छोड्न नै चाहेनन् | मिलेर आ-आफ्नो भाग बाँडेर लिन पनि
मानेनन् | दैनिक हुने कलहले उनीहरूको परिवार समेत विचलित हुन पुगे र आर्थिक
रुपमा पनि अत्यन्त नाजुक अबस्थामा पुगेपछि घर बेच्नु पर्ने अवस्था सिर्जना
भयो | आखिर उनीहरूले घर छिमेकीलाई बेच्न पुगे र अचेल उनीहरूका परिवार
त्यहि छिमेकीको घरमा काम गर्दैछन् |
-बिर्तामोड , झापा !