ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Saturday, April 27, 2019

प्रियसी को डायरी भाग - १

सँगै रहेको मोवाईल मा अचानक हिन्दी गीत वज्यो , तेरे साथ विना.....

सधैँ साईलेन्ट हुने मोवाईलमा अचानक गीत वज्दा तर्सिएँ । वहिनी हरु ले मोवाईल चलाँउदै थिए गीत वज्ने वनाईदिएछन् । मोवाईल हातमा लिएँ टचस्क्रिनमा उहि नाम  थियो कोड भाषामा उल्लेखित उहि नाम जुन नाम देख्नासाथ मुटुको गती अचानक बढ्छ श्वाश रोकिएला जस्तो लाग्छ ।

बहिनी लाई मोवाईल जिम्मा दिएँ भन्दे दिदि बाथरुम गाकी छे । बहिनी ले आदेश पुरा गरी ।

मन एक तमासको भो । उ अर्थात एउटा लोग्ने मान्छे । उमेर ले म भन्दा पाको भएर  पनि मै जस्तो चंचल।  खै भाग्य को खेला हो कि अचानक कहा बाट किन के का लागि उसको नाम अगाडी जोडिन आयो।  मन उसै एकोहोरो भइदियो सम्झना गर्दै मा।

भर्खर भर्खर जागिर सुरु गरेको थिए अनि संगै फेसबुक पनि चलाउन सिक्दै थिए।  खै किन हो संसार का आधा मान्छे ले फेसबुके दुनिया मा हराउने भइसक्दा पनि म कसरि अछुतो रहन पुगे होला बल्ल यसको लत लाग्न सुरु हुदै थियो।  हुन त म  बाबा आमा  कि प्यारी  छोरी मात्र नभएर जिम्मेबार सामाजिक तत्व समेत थिए।  म बुझ्झकि भइ सकेकी हुना ले बुबा आमा ले म माथि गर्नु भएको त्याग तपस्या अनि दुख को नालीबेली कसरि बिर्सन सक्थे र ! छोरी लाइ ठुलो मान्छे  बनाउने उहा हरु को सपना माथि तुषारापात हुन दिन सक्ने क्षमता पो कहा थियो र म सँग।  त्यसैले होला म अरु साथि हरु भन्दा पृथक स्वभाब कि  थिए।  साथि हरु का अगाडी अबिभाबक को जिम्मेबारी कुशलता पुर्बक निर्बाह गर्न सक्ने स्वभाब कि  थिए। 

जागिर अगाडी को समय कहिले लोक सेवा तयारि त कहिले कलेज को पढाइ मा अल्झिएकि म जागिर पछिको समय अलिक स्वतन्त्र हुदै पनि गए।  त्यसैले पनि केहि समय फेसबुक मा टहलिने बानि परेको थियो नै।  यस्तै मा एकदिन त्यहि मान्छे को तस्बिर साइड मा देखा पर्यो people you may know भनेर।  परिचित साथि हरु को सुची मा घेरिएको उक्त आवरण ले मलाइ मन मा कता कता काउकुति लगाइदियो।  साथि बनाउने बटन क्लिक गरे डराई डराई।  स्वाभाविकै थियो मैले पठाएको अनुरोध स्वीकार भयो।  उसका हरेक लेखाइ र तस्बिर हरु ले मन मा बिस्तारै  खेल्न थाले।  नछुटाई हेरे कता कता अनौठो लोभ जागृत हुन गयो। 

फेसबुक मित्रता च्याट बक्स मा पुग्यो उ सँग को पहिलो कुराकानी नै अनौठो रह्यो कता कता रिस उठ्दो जस्तो स्वभाब देखाइदियो तर खै किन हो उसले देखाएको त्यो स्वभाव ले मलाइ बिरक्त बनाइ सक्दा पनि उसलाई साथि को सुची बाट हटाउन सकिन।  बरु हर स्वभाव सँग परिचित हुदै जाने बानि पो पारेछु।  झन् परिचित झनै नजिक कता कता मन मा अनौठो काउकुति लाग्ने।  यत्तिका बर्ष कुशलता पुर्बक अबिभाबकीय जिम्मेबारी उठाएकी मलाइ उसको स्वभाव ले एकोहोरो पो बनाउन थालेछ।  आफुलाई झनै उसै प्रति समर्पित बनाउदै लगेको भान हुन थाल्यो।

दशैँ को बेला थियो घरमै थिए।  छुट्टी को बहाना अनि घर परिवार बाट छुट्टीदाको पिडा लाइ चाडपर्ब को माध्यम बाट परिवार सँगै रहन पाउदाको क्षण मा च्याट बक्स मै आफुले आवाज मै कुरा गर्न चाहेको र सम्पर्क नम्बर दिन गरेको आग्रह नकार्न सक्ने अवस्था मा थिइन म।  लामो समय देखि भावनात्मक कुरामा अल्झिएकि म च्याट बक्स को संसार बाट आवाज को दुनियाँ मा प्रवेश गरे।  उसको आवाज मा भएको त्यो सुमधुर पन अनि माया घोलिएको जस्तो लाग्ने बोलि मा कति मन्त्रमुग्ध हुन पुगे म अचानक।  यस्तो भान हुन थाल्यो म उसको आवाज सँगै आकाश मा छु खुल्ला आकाश मा स्वतन्त्र पंक्षी का रुपमा रुमल्लिएकी  छु।

त्यस पछिका हर समय र दिन हरुमा म  उसको आवाज मा हराउन थाले।  घन्टौ सम्म उसको आवाज मा हराइरहदा पनि मेरा भोक मेटिएको हुन्न थियो।  उसले अलिक ठुलो आवाज गर्दा अचानक आखा भरिन्थे उसले मायालु कुरा गर्दा छाती फराकिलो हुन्थ्यो म आफुलाई भाग्यमानि मान्दथे।

उसको आवाज को दुनिया काल्पनिक मात्र थियो।  त्यसमा दुइ कुरा हरुले भूमिका खेलका थिए।  एक त उसको आवाजको दुनियाँ र फेसबुक को दुनिया मा तस्बिर हेरेर मात्र आफु रमाउथे उसलाई प्रत्यक्ष भेट्न सकेकी  थिइन।  अर्को मेरो परिवार को चाहना बिपरित म भावना मा बहदै थिए।  परिवार कै चाहना मा अल्झिएर बिहे गर्ने बचन समेत दि सकेकी थिए।  तर  म कतै पारिवारिक चाहना लाइ कुल्चिएर उसैको दुनियाँ मा  हुन्छु कि भन्ने चिन्ता ले सताइरहन्थ्यो।  पारिवारिक चाहना ले श्रीजित कथा को पात्र सँग मेरो प्रत्यक्ष भेट समेत भइ सकेको र  हेर्दा आकर्षक तथा राम्रो आम्दानि समेत गर्ने उक्त पात्र सँग मोबाइल मा गफ गरिरहदा समेत पारिवारिक चाहना बाहिर को आवाज को दुनियाँ मा हराउने बानि परिसकेको म कतै ठुलो दलदल मा डुबी पो सके कि जस्तो ग्लानि अनुभूत भइ रहदा मेरो अक्षम्य गल्ति लाइ कसरि निराकारण गर्न सक्छु भनि उपाय हरु समेत खोज्न थालिसकेकी थिए। 

समय ले अझै जटिल मोड उत्पन्न गरायो।  मलाइ आवाज को दुनियाँ बाट टाढा हुनु भन्दा उसको भौतिक उपस्थिति को आवस्यकता बोध हुन थाल्यो।  उसले आवाज को माध्यम बाट म माथि खन्याएको अपार माया , स्नेह अनि हरेक असहज परिस्थिति लाइ सहज बनाई दिन हर बखत गरेको सहयोग र हौशला ले मलाइ उसको भौतिक उपस्थिति को चाहाना घनिभूत हुदै गयो।  म आफै उक्त संयोग को लागि उसैसंग आग्रह अनि भगवान सँग प्राथना गर्न थाले।  उसका हरेक आवाज ले उसको माया मा लुटपुटिन अनि संसार कै खुसि उसै सँग खोज्न मन लाग्न थाल्यो।  उसको आवस्यकता बोध ले मा छटपटिन थाले।

समय बलवान हुन्छ कसैको बसमा रहदैन तर समय लाइ कब्जा गरे मैले।  सायद मनका असिमित चाहना र इच्छाशक्ति ले समय लाई जित्न सक्ने रहेछ।  त्यो एकदिन जब आयो त्यो दिन ले मलाइ दिएको छटपटि कति पिडादाएक थियो।  काली म तिम्रो आग्रह लाइ स्वीकार गरि तिमीलाई भेट्न आउदैछु।  उसले म भन्दा सयौ किलोमिटर टाढा बाट गरेको यस्तो मोबाइल संदेश ले म कुन हालत मा पुगेको थिए मेरो अनुहार कति हेर्न लाएक बनेको थियो होला म कल्पना समेत गर्न सक्दिन।  उसको यात्राको समय भर म निदाउन सकिन।  अनिदो रहेर नै उसको आगमन को प्रतीक्षा मा कति तड्पिएकि थिए म। उसको मायालु स्पर्श को भोक मा कति जलिसकेकी थिए।  बिहानी पख आखा लाग्नै लाग्दा काली म अब दुइ घण्टा मा आइपुग्छु भन्ने उसको मोबाइल संदेश ले म भित्र कति बेचैनी थपिदियो उसलाई भेट्ने आतुरता मा मैले कति पल्ट मुख धोए कति समय लगाएर नुहाए मैले कुनै कुरा याद गर्ने सकिन।  जब उसले बसपार्क उत्रिएको खबर गर्यो त्यसपछि मलाई अर्को समस्या ले पो सतायो।  मेरो पारिवारिक चाहना ले श्रीजित कथाको पात्र जसले मलाइ बिहान बेलुकै फोन गर्थ्यो अब मेरो आवाज को दुनिया म सँग हुदा पनि उक्त पात्र को फोन आउदा उसलाई कति असहज लाग्दो हो। मन भत्भति पोल्यो तुरुन्त उक्त पात्र को मोबाइल नम्बर मेटाए।  कमसेकम मोबाइल मा आएको फोन को पात्र को नाम त नदेखोस उसले।  मोबाइल मा भएको उक्त पात्र को नाम नम्बर उसको मोबाइल संदेश आएका कल डिटेल सब मेटाए मन अलिक हल्का भयो।

बसपार्क मा उसले कुरिरहेको स्थान मा पुगे।  मेरो आवाज को दुनिया जसको बोलि मात्र सुन्न कति समय कुरेर बस्थे कति छटपटिन्थे।  उसके जिस्काएको हसाएको रुवाएको हरेक पल हरु लाइ स्मरण गर्दै उसको अगाडी जब म पुगे मेरै रोजाइको उसलाई असाध्यै सुहाउने पहिरन मा उभिएको मेरो मन को मान्छे आखा सामु पर्यो।  मुसु मुसु हास्दै मलाइ हेरिरहेको मेरो मान्छे देख्दा मुटु को धड्कन कति तेज भयो म अनुमान गर्न सक्दिन अहिले।  काली सन्चै छौ नि ? हेर त म आए तिम्रो आग्रह नकार्न सकिन काली !!

के भयो दिदि ? बहिनि को आवाज ले म तन्द्रा बाट बिउझिए जस्ती भए।  त्यो मुसु मुसु हास्ने मेरो मान्छे को असाध्यै याद ले गाहारो भयो।  ओहो अगि किन बहिनि लाइ फोन उठाउन दिएर बाथरुम गाकी छ भन्न लगाए मैले ? आफैलाई ग्लानी भयो।  उसलाई कति याद आको थियो होला एकैछिन नबोल्दा कति तड्पिने मेरो मान्छे लाइ मैले आफै अगाडी बसेर ढाट्न लगाए।  मन अमिलो भयो आफै कल गरे। तर मैले गरेको कल कहिले उठाउदैन जहिले काटेर आफै गर्छ। कति केयर गर्छ कति माया गर्छ।  उता बाटै कल आयो तिमीलाई कस्तो छ काली ? बस मेरो मुटु झन् जोड जोड ले धड्किन थाल्यो कता कता आखा भारी जस्तो हुन थाल्यो ! असाध्यै माया को आभाष हुन थाल्यो।


२०७६ बैशाख १४ गते शनिबार अपरान्ह ५.०० बजे
होलेरी, रोल्पा, नेपाल। 
Designed By Basanta Subedi