ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Sunday, December 19, 2010

आजको समाचार : किनकि भोलि कहिले आएन

दैनिक घन्टौ लोडसेडिङ्ग, तेल भर्ने सवारी साधनले गर्दा सँधै जसो सडक अवरुद्द, विजुली र तेलको अभावमा स्कुल, कलेज, कलकारखाना वन्द, अफिसको काम ठप्प अनि लाखौँको सङ्ख्यामा युवाहरु रोजगारीको लागी विदेश पलायन यही हो आजकल बन्ने समाचार । संसारको दोश्रो जलश्रोतमा धनि देश नेपालमा खानेपानी को अभाव जलविधुतको त कुरै नगरौँ, बत्ति आउने दिन र चाड पर्व उस्तै उस्तै हुन लाग्यो । किन देशले प्राकृतिक सम्पदाको उपयोग गर्न सक्दैन ? नेपालमा पनि पेट्रोलियम पदार्थ पाईने सम्भावना छ भन्ने सुनिएको छ । नेपालमा थोरै मात्र भए पनि पाउन सकिने ग्याँस एवं खनिज तेलको खोजी किन गर्न नसकिएको ? विकाश निर्माणमा लगाउने पैशा महँगो पेट्टोलियम पदार्थ किन्न खर्च गर्दा पनि किन सँधै हाहाकार ? पेट्टोलियम पदार्थको व्यापारमा किन आयल निगमको एकाधिकार ? भारतबाट मात्र किन पेट्टोलियम पदार्थको आयात गरिन्छ ? के चिनवाट आयात गर्न सकिन्न ? पेट्टोलियम पदार्थको आयातमा निजि क्षेत्रलाई पनि सहभागी गराँउदा कसो होला ? कि आयल निगमको मनोमानी सकिन्छ कि भनेर हो ? मलाई लाग्छ जवसम्म पेट्टोलियम पदार्थको बजारमा अर्को आयातकर्ताको जन्म हून्न र जवसम्म अन्य मुलुकवाट पनि आयात गर्ने व्यबस्था गरिन्न तवसम्म समस्याको समाधान हुनेवाला छैन, आयल निगममा घाटा हुन छाड्ने छैन र विकाशमा खर्च गर्नुपर्ने पैशा महँगो तेल खरिदमा गयको गयै हुन्छ ।

आज लाखौँ नेपाली वेरोजगार युवाहरु विदेशिएका छन् । पहाडका नाङ्गा पाखाहरु अझै नाङ्गिएका छन् जहाँ सजिवनका विरुवाहरु लगाउन सकिन्छ । नेपालमा पाईने एक वनस्पती प्रजाती ( सजिवन) को दानावाट निस्कने तेललाई डिजेलको रुपमा प्रयोग गर्न सकिन्छ । के सरकारले सजिवन जस्ता पेट्टोलियम पदार्थको रुपमा प्रयोग गर्न सकिने वैकल्पिक वनस्पति एवं कृषी जन्य वस्तु को उत्पादनमा सहयोग गर्न सक्दैन र ? अनि अनुदान दिएर युवाहरुलाई यस्तो कार्यमा उत्साहित गराउन सकिँदैन ? पहाडि कान्ला र वारीका डिलहरुमा सजिलै लगाउन सकिने र प्रशस्तै फलाउन सकिने यस्तो कृषीजन्य वस्तु को उत्पादन एवं प्रशोधनमा सरकारले उचित सहयोग गर्ने हो भने युवाहरुमा केहि गर्ने जोश पलाँउथ्यो महँगो पेट्टोलियम पदार्थको आयातलाई कम गर्न सकिन्थ्यो साथमा रोजगारका नयाँ अवशरहरु सिर्जना हुन्थे युवाहरु रोजगारका लागि विदेशिएको देख्नु पर्दैनथ्यो । नयाँ नेपालको परिकल्पनामा कृषी सँगै जोडिएर आउने यस्ता अवशरहरुको उपयोग गर्न सके केहि हुन्थ्यो कि त्यता तिर पनि सोच्दा कसो होला ? 

२०६७ पुष ४, आइतवार

कान्तिपुर दैनिकमा पाठक प्रतिक्रियामा प्रकाशित

Designed By Basanta Subedi