⚖️ निःशुल्क कानुनी परामर्शको लागि आजै सम्पर्क गर्नुहोला ! 📞 फोन नं: +९७७-९८५११९३०२१ 💼 विभिन्न कानुनी मुद्दाहरूमा विश्वसनीय सेवा।

अध्यावधिक

सन्दर्भ लेख हरु

समाज

Sunday, July 23, 2006

गजल : साँझपख एकान्तमा तिमिलाई भेटुँ लाग्यो

मिति:-२०६३/०४/०७ आइतबार
साँझपख एकान्तमा तिमिलाई भेटुँ लाग्यो
एक आपसको धैर्यताको रेखा मेटुँ लाग्यो ।।

सुन्दर रुपको बखान गरि अँगालोमा बेर्दै
मायाजालको सारङ्गिलाई सँधै रेटुँ लाग्यो ।।

तिम्रो रुपलाई डाह गरि हेरिराको देख्दा
आफ्नै हातले तिम्रो यौवन ढाकि छेकुँ लाग्यो ।।

नयन तिम्रा अश्रुजलले ढाकिएको देख्दा
परेलिको ढकनिमा प्यारो संसार देखुँ लाग्यो ।।

सपनि र विपनिमा तिम्रो यादले रुवाउँदा
मायालुको संझनामा सानो गजल लेखुँ लाग्यो ।।

अन्तिममा तिम्रो माया झुट्टा भन्ने चाल पाँउदा
“बसन्त”लाई  रोई रोई धरतिमा लेटुँ लाग्यो ।।

-केवलपुर , धादिंग !
२०६३/०४/०७ को इसिआर एफ एमको कलापुंज मा प्रशारित
Designed By Basanta Subedi