मिति:-२०६३/०४/०७ आइतबार
साँझपख एकान्तमा तिमिलाई भेटुँ लाग्योएक आपसको धैर्यताको रेखा मेटुँ लाग्यो ।।
सुन्दर रुपको बखान गरि अँगालोमा बेर्दै
मायाजालको सारङ्गिलाई सँधै रेटुँ लाग्यो ।।
तिम्रो रुपलाई डाह गरि हेरिराको देख्दा
आफ्नै हातले तिम्रो यौवन ढाकि छेकुँ लाग्यो ।।
नयन तिम्रा अश्रुजलले ढाकिएको देख्दा
परेलिको ढकनिमा प्यारो संसार देखुँ लाग्यो ।।
सपनि र विपनिमा तिम्रो यादले रुवाउँदा
मायालुको संझनामा सानो गजल लेखुँ लाग्यो ।।
अन्तिममा तिम्रो माया झुट्टा भन्ने चाल पाँउदा
“बसन्त”लाई रोई रोई धरतिमा लेटुँ लाग्यो ।।
-केवलपुर , धादिंग !
२०६३/०४/०७ को इसिआर एफ एमको कलापुंज मा प्रशारित