ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Sunday, January 1, 2012

मेरा लागि कसैले यहाँ तीर फालेका छन्

मेरा लागि कसैले यहाँ तीर फालेका छन्
मुटु भित्रै जलाईदिने आगो बालेका छन् ।।

सायद नै मायामा रम्न नजानेर पो होला
तिमी सँग छुटाईदिने चाल चालेका छन् ।।

खै किन इष्र्या गर्छन् तिम्रो र मेरो सम्बन्धमा
राम राम मुखमा छूरा गोजिमा हालेका छन् ।।

आधुनिकता को आडमा खोक्रो गफ लगाउनेले
आफ्नै रवाफमा राखी पेलाउन थालेका छन् ।।

आफ्नै संसारमा रमाईरहने यो जिवनको
आत्म सम्मानलाई सकेसम्म तल ढालेका छन् ।।
Designed By Basanta Subedi