⚖️ निःशुल्क कानुनी परामर्शको लागि आजै सम्पर्क गर्नुहोला ! 📞 फोन नं: +९७७-९८५११९३०२१ 💼 विभिन्न कानुनी मुद्दाहरूमा विश्वसनीय सेवा।

अध्यावधिक

सन्दर्भ लेख हरु

समाज

Friday, May 21, 2010

माया दियौ साथ दियौ प्रसम्सा गरौ कसरी

माया दियौ साथ दियौ प्रसम्सा गरौ कसरी
फराकिलो प्रेम को खाडल म भरौ कसरी ।।

यती धेरै प्रेम को मुल्य कसैले सोध्यो भने
धमिलो यो जिबनको भेल म तरौ कसरी ।।

मायाको आसामा तड्पिएर बसिरहेको म
पुरै जिबन बिताउने भर मा परौ कसरी ।।


तिम्रो साथ मा अजमबरी पाएको यो जिबन
मायाको प्यासमा तड्पिएर म मरौ कसरी ।।

यदी कसैको जिबनमा फुल बन्नु छ भने
कोपिलामै हाँगा भाची अहो म झरौ कसरी ।।

सुबाश उडिसकेको जिबनको आसा देखाइ
तिम्रो जिबन बिच बहार छरौ कसरी ।।

२०६७ जेठ ७, शुक्रवार
Designed By Basanta Subedi