पुण्य प्रसाद प्रसाइ को उपन्यास आईमाई मान्छे डिकुरा प्रकाशन ले प्रकासित गरेको रहेछ । यसलाई मैले ढिला गरी आज मात्र पढेर सकाए उपन्यास मुलत नौलो लाग्यो ।
एउटी नारिको जिबन मा मात्र नभएर सम्पूर्ण नारी जाती माथि नै उभिएको प्रश्न लाई उठाइएको रहेछ । प्रत्येक पाना र प्रत्येक् परिच्छेद् ले नयाँ रहस्य लाई बोकेका छन जती पढ्यो उती पढौ लाग्ने छोड्नै मन न लाग्ने । लेखक ले प्रत्येक शब्द र बाणी मा रहस्यमय भोगाइलाई चित्रण गरेका छन ।
पत्रकार दीपा कि आमा हुर्कनै लागेको अबोध बाल्य प्रेम लाई अबोध रुपमै अन्त्य गरेर अनी गरीबी र असमानताको जालमा परेर एउटा बुढा लाई श्रीमान बनाउन वाध्य भईन जसले उनको उर्लदो बैसलाई शान्त पार्न त के कुमारीत्व समेत न गुमाइ बिधवा बनिन । बिधवा जिबन मा नै सामुहिक बलात्कार बाट दिपा लाई जन्माउन बिबस भईन र जन्माइन पनि मर्ने इच्छा लाई दबाएर एउटी जुझारु छोरी बनाउने इच्छा लाई बीच मै छाडेर परम धाम हुन बिबस एउटी आईमाई जसले आफ्नो शरीर लाई पुरुष रुपी किरा हरु बाट बचाउन आफ्नै अनुहार मा तेजाब छर्केर आँफैलाई बिरुप पारीन जस्को पारीणाम उनैले यो संसार र समाज बाट हेला तिरस्कर पागल बोक्सी सबै सहनु पर्यो र पनि आफ्नी एउटी मात्र छोरीलाई सदा राम्रो कुरा सिकाउन र सहि बाटो हिडाउन को लागि आफुलाई सदैब लागि पारीन ।
उनी जस्ती आमाको कोख बाट बिना बाबु जन्मेकी दिपा लाई अर्थ, शिक्षा र सक्ती बाट पुरुष हरुले नारी माथि हस्तक्षेप गरिरहन्छन र सदा यि कुरा हरु बाट बच्नु भन्ने सन्देस दिदै आफ्नो जिबन बाट छोरीलाई छाडे तापनी दिपा लाई प्रेम को प्रयोग गरेर पनि पुरुष हरुले नारी हरु माथि आफ्नो प्रभाब जमौछन र नारिको जिबन लाई तहस नहस पर्न सक्छन भन्ने ज्ञान दिन नसक्दा दिपाले आफ्नो जिबन लाई प्रेम जाल म पार्ने मान्छे चिन्न नसक्दा दीपाको जिबन खन्डहर मा पारिणत् हुन पुग्यो जसलाई लेखकले उपन्यासको मुल मर्म बनाएका छन ।
उपन्यास को बिषय बस्तु लाई मुलत नारिमथि पुरुष ले हर तरहले शोषण गर्छन् र आफ्नो सफलतामा प्रयोग गर्छन् भन्ने मुल मर्म देखाउन खोजिएको कथा बस्तुले दिपाको माध्यम बाट जिबनमा एउटी नारी माथि हुने सम्पूर्ण अत्याचार मा नजिकै का आफ्नै आफन्त एबम पुरुष हरुकै हात हुन्छ भन्ने देखाइएको छु । दिपाको खन्डहर जिबन खतरनाक रोग सँग अन्त्य हुँदा पनि आफ्नो प्रेमलाई महत्व दिदै एउटी नारिले कती सम्म जिबनको पाटोहरु अगाडि बढाउछिन भन्ने समेत देखाउन खोजिएको यस उपन्यास मा केही बिरोधाभास् भने अबस्य छ ।
आफ्नै दाजु बाट बेचिन पुगेकी र त्यता बाट उम्किएकी दिपा कुनै पनि पुरुष माथि विश्वाश गर्न नसक्ने बन्नु आफ्नो ठाउमा छ भने उता सुधिर दाइको मिठो बनावटी प्रेम मा आफ्नो चन्चलता लाई कम् गर्न नसक्दा उत्पन्न घटनाले एउटी नारिलाई प्रेम को कती महत्व हुन्छ भन्ने देखाउन खोजिएको छ । कुनै पनि पुरुष लाई विश्वाश न गर्ने अनी जुझारु पत्रकार बनेकी दिपा ले आमा बाबु को टुङो न भएको हेर्दा म कठोर् लाग्ने लेखकलाई विश्वाश गर्नु र विवाह गर्न सम्म पुग्नु शायद नारिको मनोभाबना एवम उमेर सँगको प्रभाब पनि हो भन्ने देखाइएको छ ।
सात जना केटा हरुले बल प्रयोग गरेर बलात्कार र हत्याको लागि अगाडि आउँदा सबैलाई खेदाउन सक्ने एउटी बहादुर नरी जस्ले जिबन्मा कोइ कसै सँग अर्थ र शक्तिको लागि सम्झौता गर्न खोज्दैन थि तर एउट सामान्य केटा को प्रेम मा परेर उसैलाई जिबन सुम्पिनु अनी एउटा पत्रीकाले गलत समाचार लेखेकै भरमा श्रीमान ले एकातर्फी सम्बन्धको अन्त्य गर्नु अनी त्यसको पिडा सहन नसकी पागल भएकी दिपा लाई आफ्न्त को अभाब मा हेर्ने मान्छे नपाउनु अनी घरबेटी ले उपचार गर्न खोज्दा श्रीमतीको डर हुनु आफ्नी हराएकी बहिनी जस्को योउन रोग लागेर जिबन समाप्त भएको थियो उस्को छाया देखी उपचार गर्न खोज्दा अर्की नारी ले सन्का गर्नु पनि हाम्रो समाजको एक नराम्रो सन्स्कार कै परिणति हो भन्ने समेत देखाइएको छ दिपा प्रती चराम मानबिएता प्रदसन गर्ने घरबेटि को योजना लाई फेल गराएर जब दिपा काठमाडौं तिर लाग्छिन त्यस्पछाडिका सम्पूर्ण घटना क्रम ले हाम्रो समाजको पुरुष प्रधान समाजको अवस्था देखाएको छ ।
उपन्यासलाई अझै जिबन्तता दिनको लागि माइती नेपाल र अनुराधा कोइराला लाई बिचमा ल्याएर सामाजिक बन्धन लाई अझै ससक्त बनाउने प्रयास गरिएको छ । दिपाले पूर्व पती एवम लेखक ( लेखक महोदय जसले आईमाई मान्छे उपन्यास लेख्ने प्रत्याधिकारी पाएको थियो ) लाई अन्तिम समय मा भेट्न चाहनु सम्योगबस लेखकले पत्नी नलिनाको अपनत्व पाउनु लगाएत का घटना अत्यन्त मार्मिक छन ।
दिपा ले आफु बेस्या होइन भन्ने अबसर जुटाएकै लागि सम्पूर्ण कथा भनुन्जेल सम्म पनि पूर्व पती ले उन्लाई ठम्याउन नसकेको परिबेश् अली रहस्यमय छ । पुरुष लाई कता कता अत्यन्त कमजोर बनाएको पो हो कि भान हुन्छ । दिपा को मुख बाट त्यो मान्छे अरु नभएर तपाईं नै हो भनुन्जेल सम्म पनि दिपा ले सुनाएको कथा जुन कथा उस्को पनि थियो र पनि उसले अलिकती पनि भेउ पाउन नसक्नु पुरुष हरुको प्रेम प्रती को खोक्रो आडम्बर् मात्र हो कि जस्तो लाग्छ !!
जे होस् आफ्नो प्रेम पूर्ण आत्मा र शरीरलाई आफ्नो अत्यन्त प्रेम गरेको मान्छे को काखमा बिसर्जन गराएर कथालाई जिबन को अन्तिम अवस्था मा सम्योगान्त जस्तो भान हुने पारीएको छ । जे होस् प्रेमको जित देखाइएको छ भने त्यो सँगइ नलिनाको सैदान्तिक बिद्रोह सँगै नलिना र लेखक प्रतिको प्रेम लाई बियोगान्त तिर धकेलिएको छ । जसलाई उपसम्हार मा लेखकले अन्तिम अवस्थामा पुन नलिना सँग भेट गराए पनि कथाले सम्योगान्त तिर अगाडि बढ्न नसकी बियोगान्त नै अन्त्य गराइएको छ ।
समग्रमा उपन्यास नौलो छ । नारिमाथि का थिचोमिचो र पुरुष प्रधान समाजको चेपुवामा नारिले आफ्नो प्रगतिलाई तिलान्जली दिनुपरेको घटनाहरु लाई मार्मिक रुपमा देखाइएको छ । कथाले अधिकाम्स त बिद्रोह को मुल फुटाउन खोजेको छ नारी जातिको तर्फ बाट । साथै बिद्रोह भन्दा प्रेम नै महान हो कि जस्तो भान पार्ने कथाबस्तु ले नारिले पुरुष माथि आत्मिक प्रेम गर्छ तर पुरुष ले स्वार्थ पुर्ती को लागि मात्र प्रेम गर्छन् भनेर देखाउन खोजेको पो हो कि जस्तो लाग्यो ।
२०६८ फागुन ३, बुधवार