⚖️ निःशुल्क कानुनी परामर्शको लागि आजै सम्पर्क गर्नुहोला ! 📞 फोन नं: +९७७-९८५११९३०२१ 💼 विभिन्न कानुनी मुद्दाहरूमा विश्वसनीय सेवा।

अध्यावधिक

सन्दर्भ लेख हरु

समाज

Friday, May 30, 2008

गजल : आउन अलि वर भन्दा लाज लाग्छ भन्दै थिई

मिति:-२०६५/०२/१७ सुक्रबार
आउन अलि वर भन्दा लाज लाग्छ भन्दै थिई
गुलावि ति ओठहरुमा लाल लाल बन्दै थिई ।।

कता कता अनौठोमा प्रवेश गरे जस्तो गर्दै
मिठो उन्माद लाग्ने प्रेमको खाडल खन्दै थिई ।।

लगातार ओठहरु कामे जस्तो लाग्दै थियो
वोलिहरु निस्किएनन् आवाजमा मन्दै थिई ।।

स्पर्श को आभाष पाँउदा मन अस्थिर भएछ
सुन्दर औँला घुसाएर केशहरु गन्दै थिई ।।

स्मृतिमा कुन्नि के ल्याँउदै थिईन कि कसो
अँगालोमा बेह्रि लिँदा साह्रै विलखबन्दै थिई ।।

समागमको पुर्णतालाई आभाष गर्न पाँउदा
रोमाञ्चित शरिर बेर्दै विस्तार विस्तार कन्दै थिई ।।

-चापागाउ , ललितपुर !
२०६५/०८/२७ अनुरती मा प्रसारित !
Designed By Basanta Subedi