ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Thursday, June 19, 2008

आजको यो प्यारो रात तिमिलाई दिँउ लाग्यो

मिति: २०६५/०३/०५बिहिबार !

आजको यो प्यारो रात तिमिलाई दिँउ लाग्यो
बाटुलो मुहार माथि मिठो चुम्बन लिँउ लाग्यो ।।

कता कता विरानो यो भुमि टेकी बस्दा पनि
प्रेमको मिठो उन्मादलाई अन्त गराई दिँउ लाग्यो ।।

जिवन ब्यर्थ जस्तो लाग्थ्यो खै किन किन मलाई
शितलता प्रदान गर्ने जवानिलाई पिँउ लाग्यो ।।

एकान्तमा एक्लै एक्लै पिडा बोकि बसेपनि
तिम्रो आगमनमा मलाई लामो जिवन जिँउ लाग्यो ।।

आधा भरि बनिकन बल्झिएको प्रेमप्याला
सुटुक्कन दिल चोरि पुरै भराई दिँउ लाग्यो ।।
-चापागाउ , ललितपुर !
Designed By Basanta Subedi