⚖️ निःशुल्क कानुनी परामर्शको लागि आजै सम्पर्क गर्नुहोला ! 📞 फोन नं: +९७७-९८५११९३०२१ 💼 विभिन्न कानुनी मुद्दाहरूमा विश्वसनीय सेवा।

अध्यावधिक

सन्दर्भ लेख हरु

समाज

Thursday, June 19, 2008

गजल : आजको यो प्यारो रात तिमिलाई दिँउ लाग्यो

मिति: २०६५/०३/०५बिहिबार !

आजको यो प्यारो रात तिमिलाई दिँउ लाग्यो
बाटुलो मुहार माथि मिठो चुम्बन लिँउ लाग्यो ।।

कता कता विरानो यो भुमि टेकी बस्दा पनि
प्रेमको मिठो उन्मादलाई अन्त गराई दिँउ लाग्यो ।।

जिवन ब्यर्थ जस्तो लाग्थ्यो खै किन किन मलाई
शितलता प्रदान गर्ने जवानिलाई पिँउ लाग्यो ।।

एकान्तमा एक्लै एक्लै पिडा बोकि बसेपनि
तिम्रो आगमनमा मलाई लामो जिवन जिँउ लाग्यो ।।

आधा भरि बनिकन बल्झिएको प्रेमप्याला
सुटुक्कन दिल चोरि पुरै भराई दिँउ लाग्यो ।।
-चापागाउ , ललितपुर !
Designed By Basanta Subedi