ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Sunday, January 1, 2012

तड्पिरा’को यो मनलाई अझै कति जलाऔँ म

तड्पिरा’को यो मनलाई अझै कति जलाऔँ म
आँफै लाई आफैँभित्र कति दिन छलाऔँ म ।।

पिडाहरु बल्झिदिँदा आँसु त्यसै झरिदिँदा
निर्जिव यो ठुटो शरिर कति दिन चलाऔँ म ।।

मजबुत मनलाई पनि कता कता अवरोध
कमजोर पारिकन के का लागि गलाऔँ म ।।

लिपिबद्घ जिवनका सुस्त सुस्त पाईलाहरु
मुर्ति जस्तो रुप बनाई कतिपल्ट ढलाऔँ म ।।

सबै माथी प्रभुत्व यो जगाई जगाई पनि
आफ्नै बल पुग्ने हुँदै त्यसलाई कति नलाऔँ म ।।

तर आज ति पाईला नि सुस्त चल्न थाल्दा
मन्द मन्द मुस्कान छरि सँधै किन पलाऔँ म ।।

सानो सानो रुप लिई अरु सामु खडा हुँदा
मालिक साप बनेजस्तो कतिलाई दलाऔँ म ।।

चाहे  जति  सुकै  ठुलो  बाधा  आएपनि
“बसन्त”लाई ठुलोबोझले केका लागि थलाऔँ म ।।
Designed By Basanta Subedi