ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Wednesday, September 10, 2014

सिरानीको खाम

हतार हतार घर फर्किदै थिए ! दाइ को सानो छोरा मलाइ निनी भन्दै बोलाउदै आइपुग्यो । उसै संग घर पुगे कता कता थकाइ लागिरहेको थियो तर किन किन केहि खाइहालौ वा केहि गरिहालौ जस्तो लागेकै थिएन ।
“तलाई काली तेरो पारा त ठिक छैन नि के हो ??”
सानो भाइको कुरा सुन्दा म छक्क पर्नु स्वाभाविक थियो म भन्दा निकै सानो भाइ तर ….
“किन मैले के गरे ओइ ?”
“छोरी मान्छे भएर केटा हरु संग मस्किदै हिडेकी रे ”
“अनि ?”
“मैले तपाइको एउटा कुरा थाहा पाए नि ”
“के थाहा पाइस ओइ ?”
“निनी ! तपाइको नाम मा एउटा केटा को चिठ्ठी आ’को थ्यो”
“अनि ? खै त चिठ्ठी ?”
केहि बोलेन सरासर भित्र गएर एउटा खाम र खोलिसकेको चिठ्ठी ल्याएर मेरो हात मा राखिदियो !
“निनी मैले आफै पढेको मात्र हो अरु कसैलाई देखा’को छैन ! सत्य !”
दिनांक: सुक्रबार जेष्ट ६ गते !
“प्रिय सानी ! हुन त म तिम्रो नजर बाट सधै को लागि गिरेको छु ! मलाइ केहि आपत्ति छैन म तिम्रो नजर मा सदैब गिरेर पनि खुसि हुनेछु ! तिमि संग का प्रत्येक भेट अनि सम्झना हरु लाइ सकुशल संगालेर तिमि बाट टाढा हुदैछु ! मलाई यो ठाउ छोडेर काही जान मन त थिएन तर के भयो के जुन दिन तिम्रो न्यानो माया को संघार बाट बाहिर निस्किएँ त्यो दिन त्यो पल नै म मरिसकेको थिएँ तर पनि घिसृदै थिएँ अनवरत तर अब धैर्यता ले आफ्नो सिमा नाघ्न थाल्यो !
हरेक पल जब म आफ्नो काम मा निस्किन्छु आफ्नो बाटो मा निस्किन्छु म जहा पुग्छु त्यो ठाउ तिमि र म पहिले नै गइसकेको ठाउ मात्र पर्छ ! हो अनि मलाइ के हुन्छ होला ! म आफुलाई सम्हाल्न सक्दिन ! म हरेक मोड हरेक पल हरेक चौतारी मा प्रत्येक पटक मर्न सक्दिन ! नसक्ने भएँ ! अनि मैले बाध्य भएर यो ठाउ छाड्ने निष्कर्ष मा पुगें !
म आजै राति को बस बाट बिराटनगर जादै छु !
राम्रो संग बस्नु ! जिबन मा कहिले नि नहार्नु ! मलाइ तिमीले हारेको मन पर्दैन ! सदैब खुसि हुनु !
यो छोटो जिन्दगि मा बिदा मागें ! पृथ्वी गोलो छ ! भाग्य ले जुराएछ भने तिम्रो दर्शन अबस्य गर्न पाउनेछु !”
बिदा !
पत्र मा कुनै औपचारिक सम्बोधन थिएन ! औपचारिक नाम थिएन ! न त खाम को बाहिर कुनै नाम कोरिएको नै थियो ! थियो त केवल मुटु बिझाउने अनगिन्ति सम्झना हरु जसलाई शब्द मा बयान गर्न सकिदैन थियो !
ति शब्द मिश्रीत रहेका छोटा वाक्य ले पूर्ण पत्र लाइ च्यात्न सकिन अझै जतन गरि मिलाएर खाम मा हाले अनि सरक्क सिरानीमुनि घुसारेर आफु त्यहि सिरानी मा ढल्किए ! मलाइ त्यो सिरानी लाइ छोडेर उठ्ने मन भएन किन किन असाध्यै प्यारो लाग्यो !
अगी भर्खर को भोक हरायो केहि खान मन नै लागेन !
समिर ले मोबाइल मा फोन गर्यो २/३ पटक गरिरह्यो मैले उठाउने रहर राखिन !
उसको सामिप्यता लाइ चटक्क छाडेर आफ्नै सहकर्मी समिर संग को जिबन सोचेर उसलाई गरेको अपशब्द जसले गर्दा उसले आज यो सहर छोडेर गयो सिर्फ मेरो खुसि को लागि !
उसले के गरेन मेरो लागि ! दुनिया को हर चिज मेरो लागि अनुकुल बनाउन खोज्यो ! सुन्दर जिबन को खातिर के गरिदिएन ! उसैले खोजिदिएको जागिर को दौरान भेटेको समिर संग को दैनिक भेटघाट ले उसैलाई मन दुखाउन सक्ने अपराधिनी पो भएँ !
कसै संग बोल्ने मन भएन ! ममीलाई मैले अफिश मै खाजा खाएको बेलुका खाना नखाने बताएँ ! जिबन मा पहिलो पटक भोक हराएको अनुभूति संगालें !
रात छिप्पिदो रह्यो ! निन्द्रा ले बिदा मात्र लि’रह्यो ! राति को ११.३० भएछ ! उठें, पानि पिएँ, टिभी खोलें !
टिभी मा आखा परेको मात्र थियो : “काठमांडू बाट बिराटनगर को लागि छुटेको रात्रि सेवाको बस त्रिसुली नदीमा खस्दा बस मा सवार सबै २९ जना बेपत्ता”
मुटु अनायासै चस्कियो ! चिसो भयो म थचक्क भुइँ मा बसेर उसको मोबाइल मा सम्पर्क गरें ! “माफ गर्नुहोला तपाइले सम्पर्क गर्नु भएको मोबाइल को स्विच अफ गरिएको छ” दर्जनौ पटक टेलेकम ले यहि कुरा दोहोर्यायो !
सिरान मुनि हात हालेर अगिको चिट्ठी खोलें : “राम्रो संग बस्नु ! जिबन मा कहिले नि नहार्नु ! मलाइ तिमीले हारेको मन पर्दैन ! सदैब खुसि हुनु ! यो छोटो जिन्दगि मा बिदा मागें ! पृथ्वी गोलो छ ! भाग्य ले जुराएछ भने तिम्रो दर्शन अबस्य गर्न पाउनेछु !”
त्यसपछि के भयो ज्ञान भएन ! ब्युझिदा शिक्षण अस्पताल को बेड मा थिएँ !
२०७१/०५/१८ राति ९.५५ बजे ! बिर्तामोड नगरपालिका, झापा, नेपाल !
Designed By Basanta Subedi