ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Wednesday, September 6, 2017

नेपालमा लघुवित्त

विषय उठानः
आवश्यक देखिन्छ ।
जनमानसमा लघुवित्त भन्नेबित्तिकै सानो–सानो वित्तीय सेवा बुझ्ने गरे पनि वास्तवमा सानो वित्तीय सेवा मात्रै नभई जसले गरिब तथा विपन्नलाई सानो–सानो वित्तीय सेवा जस्तो– बचत, ऋण, बिमा तथा रेमिट्यान्स सेवा प्रदान गरी उनीहरूको आर्थिक तथा सामाजिक स्तर माथि उठाउन सहयोग गर्छ । अर्थात् गरिबले कसरी सहज र सुलभ वित्तीय सेवा पाउँछन् भनेर गरिबलाई नै केन्द्रविन्दुमा राखेर बनाइएको पद्धतिलाई लघुवित्त मान्न सकिन्छ । जसको उद्देश्य कम आम्दानी हुने, सम्पत्तिहीन, सीमान्त, शोषित तथा राज्यका विभिन्न सेवाबाट वञ्चित व्यक्ति लक्षित गरी उपयुक्त वस्तु तथा सेवा माध्यमबाट उनीहरूको आर्थिक तथा सामाजिक उत्थान गर्न सहयोग गर्ने हुनुपर्ने देखिन्छ । संक्षेपमा संसारमै ठूला बैंक तथा वित्तीय संस्थाले उनीहरूको स्वभाविक पद्धतिबाट गरिब तथा विपन्नलाई सेवा गर्न नसकेका कारण वित्तीय पहुँचवाट सामाजिक आर्थिक उत्थानका लागि विकास भएको वित्तीय पद्धति नै लघुवित्त हो भन्न सकिन्छ ।
लघुवित्तका मान्यताः
त्यसैले कुनै पनि वित्तीय पद्धति लघुवित्त हुन निम्न पक्ष हुनैपर्ने मान्यता छ ।
वित्तीय सेवा गरिब तथा विपन्नमा केन्द्रित हुनुपर्ने : गरिबले गरिबीका कारण राज्यको नागरिक भए पनि विभिन्न बैंक तथा वित्तीय संस्थाबाट सेवा नपाउँदा लघुवित्त पद्धतिको विकास भएको हो । त्यसैले कुनै पनि वित्तीय सेवा लघुवित्त हुन आफ्ना वस्तु तथा सेवा गरिबलाई केन्द्रित गरी बनाउने र गरिब तथा विपन्नलाई नै सेवा दिने खालको हुनुपर्छ । नेपालमा गरिबलाई केन्द्रित गरेको कार्यक्रममा धनीको प्रवेश बढी हुन थालेको तर्फ चर्चाको विषय बनेको देखिन्छ । यदि यो विषय सत्य हो भने नेपालको लघुवित्त आफ्नो मूल मूल्य, मान्यताबाट विचलन हुन थालेको देखिन्छ । यसका लागि लघुवित्त संस्थाहरूका साथै सम्बन्धित नियमन निकायसमेत सजग, गम्भीर तथा इमानदारीका साथ यसको सुधारका लागि लाग्नुपर्ने देखिन्छ । गरिबका लागि कार्यक्रम भनेर धनीलाई सेवा दिने कार्यले गरिबमाथि अन्याय त छँदै छ स्वयं यस क्षेत्रको दिगोपनामा पनि समस्या खडा गर्ने देखिन्छ ।
सानो–सानो वित्तीय सेवा हुनुपर्नेः लघुवित्त संस्थाहरूले प्रदान गर्ने वित्तीय सेवा जस्तो ऋण, बचत, बिमा तथा रेमिट्यान्सको सेवा सानो आकारको हुनुपर्छ । सेवाग्राहीले सानोभन्दा सानो पनि बचत तथा ऋण लिन पाउने हुनुपर्छ । जति रकमले पनि बचत गर्न खाता खोल्न र जति रकम पनि ऋण लिन पाउने हुनुपर्छ । तर, हाल अस्वस्थ प्रतिस्पर्धाका कारण सबै संस्थाहरूले सेवा, सुविधाको आकार बढाउँदा धनीहरूको प्रवेश बढ्न गई सक्कली गरिबी छुटने आशंका बढेको छ ।
बिनाधितो ऋणः लघुवित्तमा कर्जा प्रदान गर्दा बिनाधितो प्रदान गर्नुपर्छ भन्ने मान्यता छ । गरिब तथा विपन्न वर्गहरू ऋण लिनका धितो नभएका कारण अन्य बैंक वित्तीय संस्थासम्म पहुँच पुग्न नसकेको देखिन्छ । खास गरी ग्रामीण बैंकिङ पद्धतिको लघुवित्त कार्यक्रममा बिनाधितो ऋण लगानी गरिने हुनाले नेपालका धेरै धितोविहीन विपन्न र गरिबहरूले वित्तीय सेवा पाएको देखिन्छ । हाल लघुवित्त कार्यक्रममा पनि धितो लिने सक्ने व्यवस्था गरिएको छ ।
छिटो–छिटो असुली तथा बचत गर्ने पद्धतिः गरिबलाई एकैपटक ऋण भुक्तानी गर्न लगाउँदा ऋणको भुक्तानी गर्न कठिन हुने भएकाले ऋणको भुक्तानी सानो सानो किस्तामा साता वा पाक्षिक वा मासिक रूपमा गर्नुपर्ने व्यवस्थाको मान्यता छ । त्यसैगरी सानो–सानो बचत छिटो–छिटो गर्न पाउने व्यवस्थाले गर्दा विपन्नलाई बचत गर्न सक्ने अभ्यास संसार भर प्रभावकारी भएको छ । यो सफल तथा परीक्षण
भइसकेको मान्यता हो ।
गरिबमैत्री पद्धति हुनुपर्नेः गरिबहरू कम पढे लेखेका हुन्छन् उनीहरूले ठूला–ठूला अंग्रेजीका फाराम भर्न सक्दैनन् । फाराम भरे पनि केही सीमित व्यक्तिले मात्र भर्न सक्ने अवस्था हुन सक्छ । अर्थात् लघुवित्त भन्नेबित्तिकै गरिबले बिनाझन्झट सहज र शीघ्र सेवा लिन सक्ने गरी आवश्यक प्रक्रिया पूरा गर्न सक्ने व्यवस्था हुनुपर्छ भन्ने मान्यता हो ।
घरदैलो वित्तीय सेवाः कुनै पनि वित्तीय पद्धति लघुवित्त हुन गरिबलाई घर, दैलो वा उनीहरूको गाउँघरमा सेवा दिने व्यवस्था हुनुपर्छ । तर, हाम्रो देशमा कतिपय संस्थाले आफूलाई लघुवित्त कार्यक्रम गर्ने भने पनि आफ्नो वित्तीय स्वार्थका लागि वित्तीय सेवा आफ्नै कार्यालयबाट दिने गरेको देखिन्छ । समग्रमा यस्ता मूल्य मान्यतालाई लघुवित्त संस्थाहरूले आत्मसाथ गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ र संस्थाहरूले यस्ता मूल्य मान्यताबमोजिम लघुवित्त कार्यक्रम सञ्चालन गरेको छन् वा छैन सोको नियमन निकायबाट नियमित नियमन हुने व्यवस्था गर्नुपर्ने देखिन्छ ।
लघुवित्त संस्था र प्रभाव मूल्यांकन
नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने हाल नेपालमा ४८ लघुवित्त संस्था, २३ गैरसरकारी संस्थाले लघुवित्त गर्न अनुमति पाएका छन् । अझै सयभन्दा बढी घ श्रेणीका लघुवित्त संस्था दर्ताको प्रक्रियामा छन् । ४८ लघुवित्त संस्थामध्ये ४ थोक कर्जा प्रदान गर्ने वित्तीय संस्था पनि रहेको र सोअन्तर्गत सिधै नेपाल राष्ट्र बैंकमा दर्ता गर्नु नपर्ने तर डिभिजन सहकारी कार्यालयमा दर्ता भएर लघुवित्त कार्यक्रम सञ्चालन गरेका संस्थाहरूको उल्लेख गर्ने हो भने हजारौं संस्था यस क्षेत्रमा लागेको अनुमान गर्न सकिन्छ । यस्ता संस्थाले लाखौंलाई दशकौंदेखि सेवा दिइरहेका छन् ।
समस्या तथा चुनौतीः
यस्तो योगदान लघुवित्तले दिँदा–दिँदै पनि हाल आएर यो क्षेत्रमा सदस्य अधिक ऋण बढ्ने, लघुवित्तको मूल्य मान्यताबमोजिम सञ्चालन नभएको, अनुगमन तथा निरीक्षण प्रभावकारी नभएको, लगानीको लागि कोषको अभाव भएको, गरिबमा कार्यक्रम नपुगेको, लघुवित्त संस्थाहरूको कमजोर संस्थागत क्षमता भएको, सीमित दक्ष जनशक्तिमा काम गर्नुपरेको, प्रविधिको सीमित उपयोग तथा लघुवित्त क्षेत्रमा नयाँ सिर्जना सीमित रहेको, ऋणीको सीमित क्षमता भएको, लघुवित्तले के कतिलाई वास्तवमा सेवा पु¥याएको छ सोको राष्ट्रिय तथ्यांकको अभाव रहेको, लघुवित्तसम्बन्धी अनुसन्धानात्मक निकायको कमी रहेको, लघुवित्त संस्थाहरूबीच अस्वस्थ प्रतिस्पर्धा भएको, समय–समयमा राजनीतिक दूरदर्शीको कमी देखिएको जस्ता समस्या तथा चुनौती छन् ।
निष्कर्ष
लघुवित्तका यस्ता समस्या आउनुको प्रमुख कारण गरिब तथा विपन्नवर्गका लागि बनाइएको पद्धति घेरै नाफा कमाउन धनीलाई सेवा दिएकै कारण अधिकांश समस्या उब्जेको देखिन्छ । समस्या आउँछन् त्यसलाई सुझबुझ साथ समाधान गर्न जरुरी हुन्छ । समस्याहरू र सोको समाधानले यस क्षेत्रलाई परिपक्क बनाउँदै लैजान्छ । सदस्यहरूमा के कस्तो नकारात्मक असर परिरहेको छ सोसमेत लघुवित्त संस्थाहरूले चनाखो भई मूल्यांकन तथा विश्लेषण गरी सोको न्यूनीकरणका लागि आवश्यक व्यवस्था गर्दै जानुपर्ने देखिन्छ । यसका लागि संस्थाहरूले आफ्नो आन्तरिक नियन्त्रण व्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने देखिन्छ । हालै मात्र समाचारमा आएका विषयजस्तो लघुवित्तले सदस्यहरूलाई थातथलो छाड्ने बनायो, टाट पल्टायो, दोस्रो विवाह गर्ने बनायो, मानसिक आघात पा¥यो, पारिवारिक कलह बढाएजस्ता पक्षलाई आँखीझ्याल मानेर सोबाट सम्पूर्ण लघुवित्तलाई हेर्ने हो भने यस क्षेत्रले गम्भीर भएर सोच्नुपर्ने अवस्था छ । तर, त्यो एकपक्षीय विश्लेषण मात्र हो । लघुवित्तले समग्र अर्थतन्त्रमा कसरी प्रभाव पारेको छ सो बुझ्ने हो भने लघुवित्तको महत्व अझ प्रस्ट हुनसक्छ । जस्तो आरएमडीसीमै आबद्ध ३ सय संस्थाले झन्डै १६ लाखभन्दा बढी ऋणी सदस्य सेवा पु¥याएको रहेको देखिन्छ । यदि यही संख्यालाई उदाहरणका रूपमा लिने हो भने पनि प्रत्येक सदस्यहरूले जीवन निर्वाह गर्न र किस्ता तिर्न ४ सय मात्र दैनिक कमाउँछन् भने १६ लाख जनाले दैनिक २५ दिन मात्र काम गर्छन् । यदि वर्षमा कति कमाउँछन् भनी हिसाब गर्ने हो भने यो रकम १ खर्ब ९२ अर्ब हुन आउँछ । गरिब तथा विपन्नले कमाएको ७० प्रतिशत खर्च गर्छ भन्ने मान्यता राख्ने हो भने झन्डै १ खर्ब ३४ करोडभन्दा बढी रकम खर्च गर्छन् । खर्च गर्नु भनेको सो रकमबराबरको माग बढ्नु हो माग बढ्ने भनेको उत्पादन बढ्नु हो । यो क्षेत्रको विकासले देशको गरिबी न्यूनीकरणमा प्रभावकारी योगदान दिन सक्छ ।
पृथबहादुर थापा/आरएमडीसी, काठमाडौं
x


नेपालमा मुख्यतः सहकारी, गैरसरकारी तथा घ वर्गका वित्तीय संस्थाहरूले लघुवित्त गर्ने गरेको देखिन्छ । यस्ता अधिकांश संस्थाले ग्रामीण बैंक बंगलादेशको ग्रामीण बैंकिङ पद्धति अपनाएको देखिन्छ भने केहीले साना किसानको लघुवित्त, कसैले सहकारी, कसैले भिलेज बैंक तथा कसैले स्वावलम्बी समूह पद्धति अपनाएको देखिन्छ । यस्तो पद्धति अपनाउने संस्थामध्ये लघुवित्त पद्धति अपनाउने संस्थाहरूको लघुवित्त कार्यक्रम अन्य संस्थाको तुलनामा प्रभावकारी देखिन्छ । नेपालकै सन्दर्भमा केही वर्षअघिसम्म लघुवित्तका सम्बन्धमा धेरै कम सुनेको र बुझेको आवस्था थियो । तर, अहिले लघुवित्त सबैको चासो बनेको छ । यस्तो चासो हुने विषयवस्तु आफैंमा के हो भन्नेमा चर्चा गर्न
Designed By Basanta Subedi