ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Wednesday, September 6, 2017

नेपालमा यसरी सुरु भयो ‘लघुवित्त कार्यक्रम’

नेपालमा लघुवित्त कार्यक्रमले गरीबी घटाउन निकै ठूलो मद्दत गरिरहेको छ । मुलुकका दूरदराजका क्षेत्रमा लघुवित्त कार्यक्रम असर सन् २००३ देखि यता नै हेर्ने हो भने निकै प्रभावकारी रहेको निश्कर्षमा पुग्न सकिन्छ । नेपालमा सन् २००३ मा ३१ प्रतिशत जनसंख्या गरबीको रेखामुनि थियो । त्यसयता थप विस्तार भईरहेको लघुवित्त कार्यक्रमको मुख्य प्रभावले सन् २०१६ मा आइपुग्दा गरीबीको रेखामुनि रहेको जनसंख्या झण्डै १० प्रतिशतले घटेको छ । 
यसरी नेपालबाट गरीबी कम गर्न सकिने खालको कार्यक्रम कसले सुरु गर्यो होला ? सबैलाई जिज्ञासा हुन सक्छ । नेपालमा विधिवत् रुपमा लघुवित्त कार्यक्रम सुरु गर्ने व्यक्ति नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर डा. हरिहर देव पन्त थिए । लघुवित्तका पिता मानिने डा. पन्त स्वर्गीय भईसकेका छन् ।
गरिबीको संख्या नेपाल राष्ट्र बैंकका तत्कालीन वरिष्ठ अधिकृत डा. पन्त वि.सं. २०४३ सालमा बंगलादेशको ग्रामीण बैंकको अवलोकन भ्रमणमा जाँदा त्यहाँ उनले मोहम्मद युनुसद्धारा प्रतिपादन गरी संचालन गरिएको ग्रमीण बैंक वित्तीय प्रणाली कार्यक्रमको अवलोकन गरे ।
त्यो देखेर उनले नेपालमा पनि गरीब विपन्न परिवारहरु भएकाले त्यस्तै खालको कार्यक्रम संचालन गर्न सकिने निचोड निकाले । सोही भ्रमणका कारण नेपालमा पनि लघुवित्त कार्यक्रम संचालन गर्नुपर्ने विषयमा उनको ध्यानाकर्षण भयो । त्यसैले उनले वि.सं. २०४७ साल चैत्र १७ गते ‘निर्धन’ नामक गैर सरकारी संस्थाको समाज कल्याण परिषद्मा दर्ता गराए । त्यसै समयमा निर्धन संस्थाले रुपन्देही जिल्लाको सिक्टहन गाविसको बिर्ता भन्ने गाउँमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी पहिलो शाखा कार्यालय खोली वि.सं. २०४९ साल चैत्र १ गते रुपन्देही जिल्लाका सिक्टहनमा बिना धितो सामुहिक जमानीमा प्रथम कर्जा वितरण गरी देश मै पहिलो लघुवित्त संस्था स्थापना भएको थियो । नेपालमा मातृ संस्था निर्धन खोली सर्वप्रथम लघुवित्त कार्यक्रमको सुरुवात गरेको हुँदा उनी नेपालमा लघुवित्तका पिताको रुपमा सुपरिचित छन् । 
Designed By Basanta Subedi