ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Wednesday, September 6, 2017

लघुवित्त

परिचय
लघुवित्तको परिचय के हो त भन्ने बुझ्नका लागि साना साना वित्तीय कारोबारलाई बुझ्नु जरुरी हुन्छ । विशेष गरी साना साना बचत, साना ऋण, सानो लघुविमा एवं सामाजिक सुरक्षणका साथै वित्तीय तथा पैसाको कारोवारलाई सरल र सुलभ, एक ठाउंबाट अर्को ठाउंमा सजिलैसंग पैसा झिक्न, निकाल्न पाउन सक्न रेमिटको कारोबार लघुउद्यमी साना ब्यवसायी बनाउन विभिन्न सीपमुलक तालीम, गोष्ठी, सेमिनार, वित्तीय साक्षरता तथा सामाजिक विकासको चेतना अभिवृद्धि कार्यक्रम । अध्ययन भ्रमणका लागि लक्षित वर्गको पहिचान गरीमध्यम वर्गीय गरीब, विपन्न, र अती विपन्न परिवारहरुलाई वित्तीयसेवाको पहुंच पुर्याउनुलाई नै लघुवित्त भनिन्छ ।
हाल संसार भरिका विभिन्न खाले लघुवित्तसंस्थाहरुको माध्यमबाट गरिबी न्यूनीकरण गर्न वित्तीय सेवा पहुंच पुर्याउने लघुवित्त संस्थाहरु, “गरिबी न्युनीकरण गर्ने अभियानमा अस्त्रको रुपमा लघुवित्तकार्यक्रम” ले प्रमाणित गरेर देखाइसकेका अवस्थाहरु छन् ।
बंगलादेशका गरीब विपन्न महिलाहरुका लागि जीवनस्तर माथि उकास्ने कार्य गरिसकेका,समाजिक व्यवसाय भन्नु हुने ग्रामीण बैंक बंगलादेशका जन्मदातासंस्थापक प्रो. मोहमद युनसले सन २००६ मा नोवेलपिस पुरस्कारविजेताले सावित गरेर देखाई सकेका छन्, भने यो लघुवित्त कार्यक्रम मार्फत समुदाय र ग्राहक सदस्यसंग आधारित अन्य समाजिक व्यवसायहरु समेत संचालन गर्न सकिन्छ । जस्तै डेरीफर्म व्यवसाय, बालवालिका पढ्ने विद्यालय, कलेज, कृषिजन्य उत्पादित बस्तुको संकलन विक्री केन्द्र, माछा पालनफर्म, सुगुंर बाख्राफर्म, गाई बस्तु पशुपालन, नर्सरी बगान फर्माकल्चर, आधुनिक कृषि तथा तरकारी खेती कृषिफर्महरु, आधुनिक कृषि सामग्री बिक्री केन्द्र, सामुदायिक अस्पताल, फलफुल प्रसोधन केन्द्र, खाद्यान्न बस्तु प्याकिङ ब्रान्डि¨ केन्द्र, लताकपडा गार्मेन्ट उद्योग, सामुदायिक असपतालहरु, बैकल्पिक तथा सौर्य उर्जा जस्ता अन्य सामाजिक विकास स्वरोजगारको दायित्व बोक्ने सेवा व्यवसायलाई नै सामाजिक व्यवसाय भनिन्छ, जुन प्रो. मोहमद युनुसको ग्रामीण बैंक जस्ता संस्थाहरुको योगदानले ठूलोमात्रामा बंगलादेशको गरिबी घटाउने कार्य त्यस्ता समाजिक व्यवसाय संचालन गरेका छन्, भन्ने हाम्रा देशका मुख्य लघुवित्त संस्थाहरु निर्धन उत्थान बैंक, छिमेक विकास बैंक, स्वाबलम्बन विकास बैंक, फरवार्ड माईक्रोफाइनान्स वित्तीय संस्था ली., जीवन विकास समाज, सहारा जस्ता तीन दर्जन संस्थाहरु नेपाल राष्ट्र बैंकबाट वित्तीय बारोबार गर्ने “घ”वर्गको इजाजत प्राप्त गरी फिल्डमा कार्यरत रहेका छन् ।
विश्वमा लघुवित्तको बहस र छलफलहरु, अध्ययन अनुसंधानहरु, तालीम, गोष्ठी सेमिनार, विभिन्न किताव प्रकाशन तथा पत्रपत्रिका, ईमेल ईन्टरनेटहरुमा सार्वजानिक हुने गरेको देखिन थालेका छन् । भरखरै मात्र भारतको हरियाना स्थित भगत फुलसिंह महिला विश्वविद्यालयमा अन्तराष्ट्रिय सेमिनार फेबु्रअरी २७ र २८मा भएको थियो । जसमा मैले पनि नेपाली लघुवित्तको अवस्था एक अभ्यस्तकर्ता को रुपमा पेपर प्रसतूत गरेकी थिएं । जसमा लघुवित्तको माध्यमबाट भ्यालु चेन रुपमा, उद्यमी व्यवसायी तथा कृषि प्रणाली, खाद्यान्न प्रणाली, नयां प्रविधिलाई समयसापेक्ष गरेर लघुवित्तलाई विश्वविद्यालयको अर्थशास्त्र र समाजमा परिवर्तनका लागि लघुवित्तलाई कसरी पाठ्यक्रममा राख्न सकिन्छ, भन्नेबारे करीब ३८पेपर स्नातक्तोर र विद्यावारिधी गरेकाहरुले प्रस्तुती गरेका थिए । जसमा नेपालबाट अभ्यस्तकर्ताको रुपमा फरवार्ड कम्युनिटी माईक्रोफाइनान्स वित्तीय संस्था लि. बाट मैले पेपर प्रस्तुती गरेको थिए, र भारतका नाबार्ड साना किसान बैंकले एउटा प्रस्तुती गरेको थियो ।
  
तर नेपालमा यस्तो औपचारिक अध्ययन अनुसंधान कुनै संघसंस्था वा राज्यपक्षबाट भएको देखिदैन । जसमा गरिबी न्यूनीकरण गर्ने अस्त्रको रुपमा प्रयोग हुन थालेको लघुवित्त संस्थाहरुले सांच्चिकै सावित गरेर देखाई सकेको अवस्था छ ।
हालका पच्छिला दिनहरुमा केही यस्ता सर्भेक्षणहरु नेपालमा पनि शुरु हुन थालेका छन् । तर यसलाई प्रभावकारी रुपमा सरकारी तहबाट सबै  निकाय तथा सरोकारवाला समक्ष पु¥याउन केही कमी कमजोरी देखा परेको छन् । जस अन्तर्गत नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार ईजाजत पत्र प्रदान गर्ने नियमक निकायले मासिक रुपमा मासिक प्रतिवेदन संकलन गर्ने त्रैमासिक प्रकाशन एंव विश्लेषण र वार्षिक रुपमा सुपरिवेक्षण गर्ने काम गर्दछ भने,  यही अनुरुप साना कृषी सहकारीहरुको साना किसान, बचत तथा ऋण सहकारीहरुको आफ्ना साझेदार संस्थाहरुको प्रतिवेदन संकलन र विश्लेषण गर्ने र लघुवित्त संस्थाहरुलाई थोक कर्जा प्रवाह गर्ने कार्य गर्दछ ।
यही अनुरुप सर्भेक्षण (२०१०) मा गरिबी न्युनीकरण गर्ने गरीबको घरदैलोमा वित्तीय पहुंच पु¥याएर गरीबको हातमा व्यवसाय पु¥याउन साना पूंजीको व्यवस्थापन मिलाइदिने कार्य लघुवित्तीयसेवा प्रदायक संस्थाहरुले गरेका कार्यलाई गरिबी न्यूनीकरणको शस्त्रको रुपमा लघुवित्तलाई लिन सकिन्छ भन्ने उल्लेख गरेको छ ।
भने, यसै अनुरुप त्यसवेला १०वटा लघुवित्तसंस्थाहरुलाई उत्कृष्ठ संस्थाको रुपमा अध्ययनले देखाएको छन् । जस अन्तरगत ती संस्थाहरु छिमेक विकास बैंक, निर्धन उत्थान बैंक, स्वाबलम्बन विकास बैंक, स्वमबलम्बन विकास केन्द्र, ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) सुनसरी, जिवन विकास समाज, नेरुडे लघुवित्त विकास बैंक, सहारा सहकारी संस्था ली।महुली सामुदायिक केन्द्र, सृजना विकास केन्द्र सिराहा ।
तर हाल सम्म आधिकारिक रुपमा सरकारी तथा गैह्रसरकारी निकाय वा अन्य संघसंस्था, विश्व विद्यालय तथा अर्थविदहरुले कुनै अध्ययन र अनुसंधान गरेका छैन । लघुवित्तले देशको अर्थतन्त्रमा के फरक पारेको छ । कतीलाई रोजगारी प्रदान गरेको छ । कती गरीब विपन्नलाई  साना साना उद्यमी बनाएका छन्, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सकारात्मक र नकारात्मक के असर परेको छ ? भन्ने कुराको राज्यपक्षले विश्लेषण गरेको छैन ।
साथै अध्यापन गराउने औपचारिक कलेज तथा विश्वविद्यालयहरुले कुनै अध्ययन अनुसंधान गराईएको देखिदैन ।  यसरी लघुवित्तलाई औपचारिक रुपमा अध्यय्न अध्यापनको विषयबस्तु अर्थशास्त्र, लघुउद्यम व्यवसायी, व्यवस्थापन तथा समाज विकास र परिवर्तन व्यवस्थापन जस्ता विषयबस्तुमा राखिनु पर्दछ, जसअन्तर्गत हालसम्म त्यस्ताखालको गतिविधि हुनसकेको अवस्था देखिएको छैन ।
तर व्यक्तिगत रुपमा उच्च शिक्षा स्नातक, स्नातकोत्तर, विद्यावारिधी हासिल गर्न चाहनेहरुको सोधपत्रहरुका लागि विभिन्न अध्ययन, सर्भेक्षण तथा अध्ययन अनुसंधानहरु गरेको छ । विशेष गरी गरीबको घर दैलो गाउ गाउ, बस्ती बस्तीमा विभिन्न जोखिमहरुको सामाना गर्दै लघुवित्त संस्थाहरुले ती गरीब विपन्नलाई वित्तीय सेवाको पहुंच पु¥याउने संस्था तथा व्यक्तिहरुलाई कुनै उत्प्रेरणा तथा हौसला बढाएर सम्मान गर्ने अवस्था देखिदैन । ती संस्थाहरुलाई उत्प्रेरणा तथा सहयोगको वातावरण सरकार राज्य पक्षले गर्नु जरुरी देखिन्छ ।
यसरी नेपालमा पनि गरिबी न्युनीकरणको अभियानमा विभिन्न खाले लघुवित्त संस्था तथा अभ्यस्तकर्ताहरु संलग्न रहेका छन् । हाल सम्म नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त तीन खाले संस्थाहरुः
१. लघुवित्त विकास बैंक तथा वित्तीय संस्थाहरु,
२.  लघुवित्त कारोबार इजाजत प्राप्त गैरसरकारी संस्थाहरु, र
३.  लघुवित्त कारोबार गर्ने ऋण तथा बचत सहकारी संस्थाहरु रहेका छन् ।
जसमा ठूलाखाले लघुवित्त बैंक तथा संस्थाहरु निर्धन उत्थान बैंक, ग्रामीण विकास बैंक, स्वाबलम्बन लघुवित्त विकास बैंक, छिमेक विकास बैंक, रुरल माईक्रोफाईनान्स डेभेलेपमेन्ट सेन्टर, फरवार्ड कम्यूनिटी माईक्रोफाइनान्स वित्तीय संस्था, नेरुडे लघुवित्त वित्तीय संस्था, फस्टमाईक्रो फाईनान्स वित्तीय संस्था, लक्ष्मी माईक्रोफाईनान्स, ओमी माईक्रोफाईनान्स, महिला सहयात्रा, स्वरोजगार वित्तीय संस्था जीवन विकास समाज, साहारा नेपाल लगायत ३६  लघुवित्त विकासबैंक र २८ गैरसरकारी संस्थाहरु र केही सहकारी संस्थाहरु देशका अती विकट तीन जिल्ला बाहेक अन्य सबै जिल्लाहरुमा यो लघुवित्त कार्यक्रम संचालनमा रहेका छन् । नेपालमा औपचारिक रुपमा वित्तीय क्षेत्रमा कारोबार गर्ने ईजाजत प्राप्त संस्थाहरुलाई  क, ख, ग, घ वर्गमा राखिएका छन् । जस अन्तरगत लघुवित्त संस्थाहरु “घ” वर्गको वित्तीय कारोबार गर्ने विकास बैंक तथा गैह्सरकारी संस्था एंव बचत ऋण सहकारी संस्थाहरु हुन् । हाल सम्म ‘क वर्गका बाणिज्य बैंकका संख्या ३०, ‘ख विकास बैंकका संख्या ७६, ख वर्गका वित्तीय संस्था, ‘ग वर्गका वित्त कम्पनिहरुका संख्या ४८ (वित्तीय संस्था), ‘घवर्गका लघुवित्त विकास बैंकका संख्या ३९ (घ वर्गका वित्तीय संस्था) र लघुवित्त कारोबार गर्ने गैरसरकारी संस्थाका संख्या २७ र सहकारी संस्थाहरु १५, अन्य वित्तीय कारोबार गर्नेको संख्या ८ रहेका छन् । (श्रोतः नेपाल राष्ट्र बैंक, असार २०७२)
लघुवित्तलाई नेपालको हालैको मौद्रीक नीतिले तोके बमोजिम बढीमा रु. ३ लाख विना धितो र बढीमा ७ लाख सम्म,समूह जमानीमा ६ लाख सम्म प्रत्येक समूहका प्रत्येक सदस्यहरुले पाउन सक्ने, र विकट क्षेत्रमा विना धितो समूह समूहलाई नै बढीमा रु.५ लाख सम्म ऋण प्रदान गर्न सकिनेछ । हालै मात्र नेपाल राष्ट्र कैंकले अनिवार्य रुपमा कर्जा सूचना संकलन र वित्तीय साक्षरता कार्यक्रम गनुपर्ने निर्देशन गरेका छन्, भने शाखा कार्यालय खोल्नुपर्दा अनिवार्य रुपमा नेपाल राष्ट्र बैंकसंग ईजाजत लिनुपर्ने हुन्छ । लघुवित्त संस्थाहरुको पनि प्रत्येक्ष रुपमा नियमन तथा अनुगमन सुपरिवेक्षण प्रत्येक वर्ष नेपाल राष्ट्र बैंकले नै गर्दछ ।
यी लघुवित्त संस्थाका संचालकहरुमा मनोनित तथा निर्वाचित दुबै प्रकारका हुन्छन् भने, प्रमुख कार्यकारी अधिकृतको नीयुक्ति प्रक्रिया दुई कार्यअवधि ४,४ वर्षको हुन्छ भने, हाल व्यवहारिक रुपमा यस्ता लघुवित्त संस्थाहरुले प्रमुख कार्यकारी अधिकृतलाई दुईकार्यकाल भन्दा बढी समय पनि राखिएको देखिन्छ ।
गैह््रसरकारी संस्थाबाट प्रवद्र्धित हुने लघुवित्त संस्थाहरु ‘घ’ वर्गको वित्तीय ईजाजत लिदां, संस्थाहरुको शेयर सवामित्व २५ प्रतिशतबाट बढाएर ५१ प्रतिशत पुर्याईएको छ ।
तथा त्यसैगरी लघुवित्त संस्थाहरुले आफ्नै कार्य दिशा व्यवसायिक योजना  र हाल नेपालका लघुवित्त संस्थाहरुले पनि विभिन्नपद्धति व्यवस्थापन गर्न कार्यक्रमका आधारभूत विषयवस्तु,कार्यक्रम संचालन नियमावली, वित्तीय तथा कर्मचारी व्यवस्थापन विनियमावली, शाखा संचालन निर्देशिका, तथा (कार्यक्रम संचालन कोड) पारदर्शिता, उत्तरदायित्वबोध, ग्राहक सदस्य संरक्षण, वित्तीय साक्षरता, वित्तीय विश्लेषण र वित्तीय तथा संचालन जोखिम व्यवस्थापन गर्न छुट्टै आन्तरिक लेखा समिति र विभाग राखी काम हुन्छन् भने, यसरी नैकर्मचारी व्यवस्थापन, भर्ना, सरुवा बढुवा, स्तर उन्नति मानवसंसाधन आवश्यकता अनुसार विभिन्न तालीम सेमिनार गोष्ठी मानवीय संसाधन तथा क्षमता विकास विभाग समेत राखी काम गरेको देखिन्छ, भने विपन्न वर्गमा अनिवार्य लगानी गर्नुपर्नेनीतिगत रुपमै (क) वर्गका बाणिज्य बैंकहरुलाई ५ प्रतिशत, (ख) वर्गका बाणिज्य तथा विकास बैंकहरुलाई ४ प्रतिशत, (ग) वर्गका वित्तीयकम्पनिहरुलाई ३ प्रतिशत अनिवार्य विपन्न वर्गमा लगानी गर्नुपर्ने नीति लागु गरेको छ ।
यसरी यस्ता लघुवित्त संस्थाहरु मार्फत संचालित लघुत्ति कार्यक्रमले गरिबी न्युनिकरणलाई सोझै देखिनसक्ने परिवर्तनहरु गराइएको देखिन सकिन्छ । जस अन्तरगत विगतका १०÷१२ वर्ष अगाडि गरिको घरदैलो र गाउंघरको अवस्थालाई नियालेर विश्लेषण गर्दा फरक खाले विकासका स्वरुप अवस्थाहरु थिए तर हालको अवस्थामा ती गांउ बस्ती बस्तीहरुमा घरका छाना देखि, लगाउने लुगा, खानपानको तौर तरिका स्तरउन्नति भएको देखिन सकिन्छ । यसरी यो केवल लघुवित्तले मात्रै सम्भव भएको भन्दा पनि लघुवित्तले प्रत्यक्ष रुपमा घर परिवारलाई आम्दानीको श्रोत उत्पादन गर्ने बाटोमा डो¥याएको हुनाले गाउंको विकासमा परिवर्तन गर्नमा मद्धत पु¥याएको छ, गरिबीको सारथीको रुपमा लघुवित्त भएको देखिन्छ । अर्थात ग्रमाीण अर्थतन्त्रको विकासमा लघुवित्तको साहारा भएको विश्वका लघुवित्त संस्थाहरुले प्रमाणित गरेर देखाई सकेका छन् । विश्व बैंकको गरिबी मापन आधारलाई हेर्दा प्रति व्यक्ती आय दैनिक एक दशमलव पच्चीस १।२५ अमेरिकी डलर भन्दा कम आय भएका व्यक्तीलाई गरिबीको रेखामुनी राखेका छन् भन्ने,हाल नेपालमा २५।२ प्रतिशत (जनगणना २०११) प्रतिशत जनता गरिबीको रेखामुनी रहेकाछन् ।

जसलाई सहयोग गर्ने सकारात्मक लगानीकर्ता, सरोकारवाला, नियमक निकायहरुको पनि प्रमुख भूमिका रहेका छन् भने, देश र समाजिक अवस्था माथि उकास्न सहज समाजिक र राजनीतिक वातावरणको पनि आवश्यकता रहेको हुन्छ । यद्यपी हाम्रो देशमा हाल सहमती र संविधान नबनिसकेको, तरल राजनितिक अवस्था हुंदा हुंदैपनि लघुवित्तकर्मी अभ्यस्तकर्ताहरु गरिबी घटाऔं कार्यमा लागि रहेका छन् । गरीबको हात हातमा पैसा, तिनका घर दैलोमा अन्य वित्तीय पहुंच र शिक्षा तथा साक्षरता गराई, साना साना उद्यमी तथा स्वरोजगारहरु सिर्जना गरेका छन् । तीनिहरुलाई दैनिक छाक टार्ने देखि पारिवारिक तथा सामाजिक दायित्वसंगै अन्य घर सम्पत्तिजोड्दै तिनका स्तरउन्नति बढाउने कार्यहरु गरिरहेकाछन् ।
लघुवित्तको औचित्य र विशेषता
देशमा व्याप्त रहेका गरिबी न्युनीकरण गर्नुपर्ने सामुदायिक व्यक्तिहरुको मौलिक अधिकारको रुपमा अनिवार्य खानेकुरा, लगाउने लुगा, एउटा सुरक्षित बस्ने घर, चर्पी, शुद्ध खानेपानी, र बालबालिकालाई विद्यालयमा पठाउन सक्ने जस्ता आधारभूत कुराहरु हुन् । जो यी आधारभूत कुराहरु लघुवित्त कार्यक्रम मार्फतबाट सना पूंजिको व्यवस्थापन गर्नुका साथै समुदायलाई श्रमको उपयोग गर्न स्वरोजगार उद्यमशील बन्न मद्दत गर्दछन् । समाजमा काम नपाउने फजुलको समय विताउनेलाई समयको सदुपयोगिता गर्न सिकाउदछ ।
सेवाग्राही सदस्य तथा सदस्यका परिवारहरुलाई फजुल खर्च तास जुवा, जांड रक्सी, चुरोट बिडी खैनी तम्बाखु खानबाट बचाउछ । लघुवित्त कार्यक्रममा संलग्न घर परिवारको आर्थिक स्थितिमा सुधार ल्याउन, छोराछोरी विद्यालय, कलेज पढाउन मद्धत पुगेको छ भने सामुदायिक सरसफाइमा ध्यान दिन, समाज र घर परिवार समेतबाट ईज्जत सम्मान पाउन भलादमी, सभ्य व्यक्तित्वको नेतृत्व विकास गर्ने मौका यस लघुवित्तले प्रदान गराउछ । जसले गर्दा समाजमा घट्ने घरेलु तथा महिला हिंसा, कुरीति बोक्सीको आरोप तथा वाल विवाह, दहेज प्रथालाई निरुत्साहित तथा कम गर्ने कार्य यस लघुवित्तले गराउदछ ।
समुदायमा असमानता विभेद देखिनु भनेको उससंग पैसा नहुनु, अशिक्षा र बेरोजगारीले कमजोर पक्षकाघरदैला सम्म पूजिं तथा पैसा पु¥याउने कार्य यस लघुवित्त संस्थाहरुले गरेकाछन् ।तर सो पूंजी वा पैसालाई दुरुपयोग नगरी सही सदुपयोग गर्न सकेको खण्डमा सोझै घर परिवारलाई प्रगति र समाज विकासमा मद्धत पु¥याउन सकिन्छ । जसलाई कार्यक्रमको सही व्यवस्थापन, अनुसासन तथा नियमक निकायको अनुगमन सुपरिवेक्षण निरिक्षण समयसापेक्ष नयां प्रविद्धिको प्रयोगसंग अगाडि बढाउन सकेमा लघुवित्तले गर्दछन्, सृजना पूंजि, बजार र स्वरोजगारी घर घरमा, ग्राहक सदस्यको मुहारै फेर्छन् आर्थिक र सामाजिक प्रगति गरी घर घरमा” यो नारा जसतै लघुवित्त ऋणको सहि सदुपयागिता गर्न सिकाउछन् सक्यो र यसलाई अझ राज्यको तहबाट प्रोत्साहित तथा ग्राह्यता दिन सकेको खण्डमा साना साना अर्थतन्त्र सुदृढीकरण गरी गरिबी न्यूनीकरणका लागि अचुक अस्त्रको रुपमा लघुवित्तलाई लिन सकिन्छ ।
लघुवित्तको संचालन पद्धति र सेवा प्रदायक विषय बस्तु नेपालमा पनि धेरै जसो संस्थाहरु समूहगत ग्रामीण पद्धतिमा अंगिकार गरिएका छन् । जस अन्तरगत केही संस्थाहरुले देशको भगौलिक अवस्थालाई मध्यनजर गरी पहाडका दुर दराजविकटमा सामुदायिक दायित्व समूह लगानी पद्धति अपनाएका छन् भने केही शहरी बस्तीहरुमा यस्ता संस्थाहरुले व्यक्तिगत समूहगत पद्धति अपनाएको देखिन्छन् ।
नेपालका लघुवित्तका सेवाहरु
ऋण तर्फः साधारण कजा, मौसमी कर्जा, लघुउद्यम कर्जा, स्वरोजगार तथा सक्षमता विकास कर्जा, घरकर्जा, बैकल्पिक उर्जा तथा खानेपानी चर्पी व्यवस्थापन कर्जा, बचत तर्फः साधारण बचत, ऐच्छिक बचत, व्यक्तिगत बचत,वाल बचत, दुइगुणा बचत, लखपति बचत, सजिलो बचत,  कल्याणकारी फण्ड बचत, सामाजिक सुरक्षण तर्फः सदस्य मृत्यू सुरक्षण कोष, लघुउद्यमी सुरक्षण विमा कोष, दैवी प्रकोप विमा व्यवस्था, रेमिट्यान्स तर्फः सबै प्रकारका रेमिट सेवाहरुः रिलाईन्स, प्रभु, वेस्टर्न मनी ट्रानसफर, सजिलो रेमिट । यसरी सबै सदस्यहरुलाई समूह प्रवेश पूर्व तालीम, ऋण प्रवाह गर्दा वित्तीय
साक्षरता तालीम अनिवार्य रुपमा दिने गरिन्छ ।
लघुवित्त विकास र गैह्रसरकारी संस्थाहरुको योगदान
नेपालमा लघुवित्तको शुरुवात बि.स. २०२० सालमा सहकारी बैंक र बि.स. २०२४ मा कृषि विकास बैंक औपचाकि प्रक्रियागत रुपमा बि.स. २०३२ सालमा, सीपविकास तथा कृषि उद्योग सन १९७४ देखि १९८१ (बि.स.२०३८) सघन बैंकिङ कार्यक्रम, ग्रामीण महिला उत्पादन ऋण कार्यक्रम बि. स. २०३९ ग्रामीण स्वावलम्वन कोष बि.स. २०४७, गरीबसंग बिशेश्वर कार्यक्रम बि।स। २०४८, सहकारी ऐन बि.स. २०४८, ग्रमीण बैंक अनुशरण कार्यक्रम बि.स.२०४९, महिला लघु ऋण परियोजना बि.स.२०५०, लघुवित्त विकास बैंक २०५४ र वित्तीय मध्यस्थ कारोबार गर्ने गै.स.सं. ऐन २०५५, ग्रामीण लघुवित्त विकास केन्द्र बि.स. २०५६ लगायत अन्य दात्री निकाय गरिबी निवारण कोष, ईजाजत प्राप्त गैर सरकारी संस्थाहरु छन् । विश्वमा पनि लघुवित्त सन १९९० बाट सुरु भएको हो । तर लघुवित्तको लागि बांगलादेश प्रख्यात रहेकोमा नोबेल पुरस्कार बिजेता प्रो. मोहम्मद युनुशले सन १९७० देखि जोबारा गाउँबाट शुरुवात गरी हाल ग्रामीण बैंक बांगलादेश भनेर संसारमै चिनिने गरिबी न्युनिकरणमा सहयोग पु¥याउने सामाजिक व्यवसाय भनेको लघुवित्त कार्यक्रम हो । संसार भरी लघुवित्तलाई गरिबी न्युनिकरणको प्रमुख औजारको रुपमा प्रयोग गरेका छन् । जस अन्तर्गत ९० प्रतिशत भन्दन बढी महिलाहरुको सहभागिता देखिन्छ ।
लघुवित्त सम्वन्धी विश्वभरी प्रतिदिन १ अमेरिकी डलर भन्दा कम आय भएका ब्यक्तिहरुलाई गरिबीको रेखामुनी राख्ने मुलुकको राष्ट्रिय योजना आयोगको प्रति ब्यक्तिको वार्षिक आमदानी रु. ४,४०४ लाई गरिबीको रेखामुनी रहेको र नेपाल राष्ट्र बैंकको अनुसार प्रति ब्यक्ति रु. ५,५०० वार्षिक आमदानी गर्न सक्ने ब्यक्तिहरुलाई गरिबीको रेखामुनी राखेका छन् । सन १९९५÷९६ मा नेपालको ४१.७६ प्रतिशत कुल जनसंख्या थियो भने, ग्रामीण क्षेत्रमा ४३.२७ प्रतिशत, शहरी क्षेत्रमा २१ प्रतिशत थियो, भने हाल २००३÷०४ नेपालमा औषत रु. ७,६९६ लाई, कुल जनसंख्यामा नेपालको गरिबी ३०.८५ प्रतिशतबाट झरेर २५.४२ प्रतिशत रहेको थियो । हालैको विश्व बैंकको सर्भेक्षण अनुसार नेपालमा गरिबीको रेखामुनी कुल
जनसंख्यामध्ये ६५ प्रतिशत रहेको देखाएको छ ।
यसरी एसियाको प्रश्नावली आधार मानी विश्व समुदायमा गरिबी न्युनिकरणका लागि लघुवित्तले  पुर्याएको योगदान उल्लेखनीय रहेको पाइन्छ । यसै कारणको महत्व बुझेर नेपालले पनि औपचारिक रुपमा ग्रामीण विकासमा बैकिङ्ग पहुँच पुर्याउन ग्रामीण विकास बैंकहरु ल्याएको थियो भने सोही समयबाट केही गैह्र सरकारी संस्थाहरुले लघुवित्तको कामलाई अघि सारेका थिए । तर पछिल्लो समयमा आई पुग्दा सम्म सरकारी स्तरबाट ल्याइएका ग्रामीण विकास बैंकहरु सरकार मुखी सोच हावी भएका कारण ५ वटा ग्रामीण विकास बैंक मध्ये ४ वटाको अवस्था राम्रो हुन सकेन भने गैह्र सरकारी स्तरबाट शुरु भएका लघुवित्तको अवस्था सुदृढ हुँदै गयो । जुन कुरालाई तलको तथ्यांकबाट पनि विश्लेषण गर्न सकिन्छ ।
ग्रामीण विकास बैंकहरु (१ वटा) ५ वटालाई मर्जर पछिको गैर सरकारी संस्थाहरुबाट रुपान्तरण भई आएका लघुवित्त विकास बैंकहरु (९ वटा)   निजी स्तरबाट खुलेको लघुवित्त विकास बैंकहरु जम्मा (३२ वटा)  फरवार्ड कम्युनिटी माईक्रोफाइनान्स वित्तीय संस्था र नेपाली लघुवित्त लघुवित्तको क्षेत्रमा भएको कामको परिणाम हेर्दा गैह्र सरकारी संस्थाले शुरु गरेको कार्यक्रम बढी प्रभावकारी र विस्तार भएको पाईन्छ । उक्त तथ्याङ्कलाई फरवार्ड कम्युनिटी माइक्रोफाइनान्समा तुलना गरेर हेर्दा निम्न अनुसार देखिन जान्छ ।  फरवार्ड कम्युनिटी माईक्रोफाइनान्स जम्मा (३६ वटा)
यस पछिल्लो तथ्याङ्कको आधारमा हेर्दा फरवार्ड कम्युनिटी माईक्रोफाइनान्स वित्तीय संस्थाले कुल नेपाली लघुवित्तको क्षेत्रमा लघुवित्त विकास बैंकहरुको योगदानको १० प्रतिशतको हाराहारीमा सेवा पु¥याई रहेको छ ।  पछिल्लो समयमा आई पुग्दा ती गैह्र सरकारी संस्थाले शुरु गरेको लघुवित्तको कार्यक्रम लघुवित्त विकास बैंकमा परिणत हुँदै गए । तर गैह्र सरकारी संस्थाहरुले शुरुका अवस्थामा कसरी कुन मेहनत र त्यागबाट कार्यक्रम चलाएका थिए र कुन अवस्थाबाट हालको स्थितिमा आई पुगेका छन् भनी विश्लेषण भएको पाईदैन । गैह्र सरकारी संस्थाहरुले सुन्य पूँजीबाट कार्यक्रम शुरु गरेको हुनाले न्युन खर्चमा स्वयंसेबकको रुपमा खटेर, दाताहरुले दिएको सहयोगलाई संचित गरी राखेर, प्रशासनिक खर्चमा समेत व्यक्तिगत सहयोग गरेर कार्यक्रमलाई अगाडि बढाएर लगेको यथार्थ रहेको छ । यसरी संचालन गरेको लघुवित्तको कार्यक्रमले निश्चित समयपछि एउटा आकारमा आई पुगेको हुन्छ र सोबाट संस्था आत्म निर्भर तर्फ गएको हुन्छ । त्यसपछि सो कार्यक्रमलाई लघुवित्त विकास बैंकमा हस्तान्तरण गर्दा सो बैंकले शुरुका दिनबाट नै ठूलो कारोबार र आम्दानी पाउने  भएकाले मुनाफा गरेको देखिन्छ । तर त्यस अवस्थासम्म ल्याई पु¥याउन विगतका १०औं बर्ष पहिले देखि गैह्र सरकारी संस्थाको रुपमा रहेर सो कार्यक्रम सञ्चालन गर्दा गरेको मेहनत, त्याग र योगदानको उल्लेख त्यहाँ देखिदैन ।
तर सो कुराको परिणाम मात्र हेरेर लघुवित्त विकास बैंकहरुले शुरुका दिनबाट नै मुनाफा कमाइ रहेका छन् भनी वित्तीय बजारमा प्रचारबाजी भएको पाईन्छ भने अर्का तिर सोही परिणाम देखेर वित्तीय लगानी कर्ताहरु बजारमा भटाभट नयाँ लघुवित्त विकास बैंकहरु दर्ता गराउन नेपाल राष्ट्र बैंक धाई रहेको अवस्था रहेको छ । भर्खरै खुलेका नयाँ लघुवित्त विकास बैंकहरुले १०औं बर्ष पहिलेदेखि अरु संस्थाले गरी ल्याएको कार्यक्रमको देखासेखी गरेर सोही किसिमको वा सो भन्दा बढी आर्कशक कार्यक्रम ग्राहकसमक्ष लगि रहेका छन् । तर ती ग्राहकसँगको पहिचान र अनुभव कति छ भन्ने नबुझी ल्याएको कामको परिणाम कस्तो हुन्छ भन्ने नतिजा आउन केही समय कुर्नु पर्ला ।
निष्कर्षः
विशेष गरी गरीबको घर दैला गाउं गाउ, बस्ती बस्तीमा विभिन्न जोखिमहरुको सामना गर्दै लघुवित्त संस्थाहरुले ती गरीब विपन्नलाई वित्तीय सेवाको पहुंच पु¥याउने संस्था तथा व्यक्तिहरुलाई कुनै उत्प्रेरणा बढाएको सम्मान गरेको अवस्था देखिदैन ।  कुरालाई ती संस्थाहरुलाई उत्प्रेरणा तथा सहयोगको वातावरण राज्य पक्षले गर्नु जरुरी देखिन्छ । लघुवित्त कार्यक्रम लैङ्गिक विभेदलाई पनि अन्त गर्दै मुलुकको मुल प्रवाहीकरणमा महिलाहरुको अर्थपूर्ण सहभागिताका कारणले विपन्न तथा गरीब पछाडि परेका वर्ग तथा समुदायलाई राज्यको प्रमुख सवालहरुसंग विश्लेषणात्मक रुपमा यस क्षेत्रले पहल कदमी गरेको आत्मसाथ गर्नुपर्ने हुन्छ । विकासको मूल प्रवाहमा महिला तथा विपन्न वर्गीय, क्षेत्रीय, लैङ्गीय सवाल रहेकोमा यिनीहरुको उचित सहभागिता गराउदै प्रतिवद्घता ईमान्दारिता, जवाफदेहिताको रणनीति तयार गरी राज्यको प्रत्येक तह र तप्काबाट यो कार्यक्रमलाई सुचारु रपले संचालन गरेको र अझ सरल  सुलभ ढंगबाट संचालन गर्नुपर्ने देखिन्छ । यसरी गरीब विपन्न समक्ष स्थानीय स्तरमै सेवा प्रवाह गर्न सकेको कार्यक्रम हुंदा हुंदै पनि विभिन्न चुनौती, सवाल मुद्घाहरु पनि त्यतिकै छन् ।
मुलुक नयाँ संघीय, लोकतान्त्रिक– गणतन्त्रामक नेपाल बन्ने संघारमा, राजनीतिक तरलताका कारण एक आपसमा सहकार्य र सहमतिको वातावरण प्रतिकुल, आशा अपेक्षामा बसेको महिला समाज, गरीब, विपन्न, दलित, आदिवासी जनजाती, थारु, मधेशी, सीमान्तकृत अल्पसंख्यक र कार्यक्रम संचालन गर्ने संघसंस्थाहरुमा अनावश्यक बन्द हडताल, राजनीतिक गुटबन्दी, लघुवित्त नीति नियम क्षेत्र भन्दा, क्षमता भन्दा बाहिर अनावश्यक माग शर्त राख्ने कर्मचारी समूहहरुले यसको सहज र सरल कार्यान्वयन प्रक्रियालाई प्रतिकुल अशर पारेका छन् । यसका साथै लघुवित्त कार्यक्रमले महिला तथा विपन्न स्तरमा काम गर्ने, तल्लो स्तर स्थानीय स्तर सम्म पुग्ने र पुर्याउने लघुवित्त संस्था तथा सहकारीहरुलाई राज्य र सरकार सहयोग गर्न मौलिक अधिकार भित्र अटाइनु पर्दछ अर्थात राज्यको संवैधानिक कानूनमा उल्लेख गरिनु पर्दछ ।
यस विषयलाई स्थानीय स्तरका महिला लघुवित्त संस्था वा सहकारी वा विपन्न वर्ग स्वरोजगारको ब्यवस्था ग्यारेन्टी कायम गर्ने कुरा संविधानको मौलिक अधिकारभित्र राख्नु जरुरी देखिन्छ । हाम्रो देशका राजनीतिज्ञ तथा दल र राज्य सरकार भित्र ठूला–ठूला रणनीति योजन । ठूला–ठूला सन्धी सम्झौता, बिधुत खानेपानी, बाटोघाटो जस्ता योजना, विकास नीति तथा कार्यक्रम बनाउने, योजनाहरु तय गर्ने मात्र नभई ग्रामीण स्तरमा कार्यन्वयन तहसम्म पुर्याएकालाई प्रोत्साहन गर्नु जरुरी देखिन्छ । यसरी यसलाई कसरी यसको संयन्त्रहरुसंग गरीब विपन्न कहां कसरी जोड्न सकिन्छ ? भन्ने खोजी पनि गरिनु पर्दछ । अर्थात त्यस संयन्त्र भनेको लघुवित्त कार्यक्रम संचालन संघ संस्थाहरुसंग संयोजन, अनुबन्धन गरेर सरकारको नीति तथा कार्यक्रमलाई कार्यन्वयन गराउनुपर्दछ । अनिमात्र देश र जनताको कल्यण हुन्छ । जस अन्तर्गत मुलुक दीगो शान्तिको सांस फेर्न सक्नेछ । भन्ने कुरालाई लघुवित्तले सावित गरेर देखाई सकेको छ । जस अनुसार अब सरकार र राज्य गरीब विपन्नको थोरै कोसिसले पनि जनताको लागि गरिबी न्युनिकरण गर्ने शसक्त माध्यम सावित हुन जोड पुग्न सक्दछ । लघुवित्तले गरेका सकारात्मक उपलब्धीहरु गाउं गाउंमा स–साना बचत गर्न सिकाउनुका साथै बचत गरी सम्पती जोड्न सिकाएका छन्, स्वाथ्य सेवा लिन दिन सचेत हुनुका साथै स्वास्थ्य सुधार भएका छन्, सम्पती जोडन सचेत भएका छन्, स्वाथ्य खानेकुरा खान र जुटाउन सक्षम भएका छन्, सामाजिक र राजनीतिक रुपमा शसक्तीकरण भएका छन्, परिवार र समुदायबाट इज्जत र सम्मान पाएका छन्, पारिवारिक निर्णयहरुमा सहभागिता हुने गरेका छन् ।
साथै लघुवित्त क्षेत्रमा केही नकारात्मक क्रियाकलापहरु पनि बढेका देखिन्छन् । लघुवित्त संस्थाहरु अनावश्यक प्रतिस्पद्घार्, ग्रामीण तथा शहरी भेकमा हुने भन्दा बढी उही सदस्यको दाहोरोपना, आवश्यकता भन्दा बढी ऋण लिने र दिने, प्रवृतिले गर्दा भाखा नाघ्ने खराब ऋणको रकम तथा संख्याबढ्नाले जोखिम व्यवस्थापन खर्च बढ्न जाने र भविश्यमा वित्तीय क्षति हुन सक्ने, लघुवित्त संस्थाहरु बढी नाफा कमाउने प्रवृतिको रुपमा गरिब सदस्यहरुमा कम ध्यान पुर्याउनु, ऋण बचत
ब्यावदरबारे सदस्यहरुमा बुझाई कमी, लघुवित्त संचालनकर्मी सदस्य समरक्षंण र सामाजिक व्यवसाय प्रतिबुझाईमा कमी  र सदस्य र सदस्य वृद्धिलाई नै लघुवित्त संस्थाको साइज आधार मान्ने प्रवृतिले सदस्यहरुको कुनै व्यवसायिक विश्लेषण, सदुपयोगिता विश्लेषण नगरी लगानी गर्दा भोलि आउन सक्ने वित्तीय क्षति हुनसक्ने समभावना देखिन्छ ।
—भगबती चौधरी, लघुवित्त अभ्यस्तकर्ता
http://headlinenepal.com/archives/11004
Designed By Basanta Subedi