ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Thursday, January 11, 2024

नैतिकता ! पृथ्वी जयन्ती !!

नैतिकता ! पृथ्वी जयन्ती !!
एक जना सन्त सङ्ग प्रश्न गरियो : भगवान छन् ?
सन्त: हुनुहुन्छ ! यी सन्सार मा भगवान हुनुहुन्छ ! सर्बब्यापक हुनुहुन्छ !
प्रश्न : तपाईं भगवान छन भन्नू हुन्छ ! तपाइले खुद आखाले देख्नु भाको छ ? नदेखेको कुरा छ कसरी भन्न सक्नुहुन्छ सन्त ज्यु ??
सन्त : तपाइको हजुरबुबा लाई देख्नु भाछ ?? अझै जिजुबा लाई देख्नु भा छ ?
प्रश्नकर्ता : म जन्मिदा हजुरबुबा हुनुहुन्थेन बितिसक्नु भाथ्यो ! देख्न पाइन !
सन्त : त्यसो भए तपाइको नदेखेको हजुरबुबा, जिजुबा लाई नदेखी कसरी थिए भन्नुहुन्छ ! तपाइको जिजुबा, हजुरबुबा कोहि हुनुहुन्थेन ! तपाईं सिधै यत्रै यो धर्ती मा आउनु भा हो ! नत्र जुन कुरा देखिदैन त्यो पनि सत्य हुन्छ ! जसरी आफ्नो पिता पुर्खा नदेख्दा नि छन भन्ने  हामिलाइ थाहा छ ! किनकी पुर्खा बिना हामी हुन सकेनौ ! त्यसै गरि भगवान छन ! यदि नदेखिने भगवान थिएनन भन्ने हो भने तिम्रा पनि नदेखिने पिता पुर्खा पनि थिएनन् ! तिमी सिधै यत्रै भएर आएको मान्न पनि सक्छौ !
सन्दर्भ पृथ्वी जयन्ती :
बहस स्वभाबिक होला ! उनले एकीकरण नगरेकै भए पनि जनता सधै जनता नै हुन्थे ! कुन राज्य को हुन्थे ! सहज बाच्थे कि लखेटिन्थे कि ? जे पनि हुन सक्थ्यो ! आज चेतनसिल मान्छे र बौद्धिक जमात भनी आफुलाइ चिनाउने हरु बाट उनलाइ सामन्ती राजा अनि एकात्मक शासन को कठघरा मा देश लाई डुबाउने अनि विभिन्न जनजाती को अस्तित्व लाई एकात्मक राज्य ब्यबस्था ले मिचिएको आरोप लगाउदै छन ! 
सन्सार नै साघुरिदै गएको बर्तमान समय मा आफ्नो अस्तित्व लाई आफुले नै जोगाउनु पर्ने हो ! आफ्नो अस्तित्व माथी अरु को सन्दर्भ लाई जोडेर राज्य एकीकरण गर्ने नायक माथी अनेक आरोप प्रत्यारोप लगाएर आफुलाइ बरिष्ट भनाउन खोज्ने लाई खासै राम्रो मान्नु पर्ला जस्तो लाग्दैन !
त्यो समय कस्तो थियो राज्य को अबस्था कस्तो थियो ? यदि राज्य एकीकरण नभएको भए आज हाम्रो अस्तित्व के हुन्थ्यो ? त्यो आफ्नो ठाउँ मा छ ! जुन कुरा हामिले प्रत्येक्ष देखेनौ त्यो बिषय मा बहस गर्नु सादर्भिक होला र ? बहस भइ सकेसि निश्कर्ष के निकाल्ने ? कि २५० बर्ष अघिकै अबस्था मा फर्किएर सबैको चाहिएको उपचार गर्ने कि ? 
पृथ्वी जयन्ती को बिदा नदिएर दिएर केही नहोला ! तर मखुण्डे बहस गरेर उन्को मानमर्दन गर्नु अबस्य नै गलत हो ! किनकी उनी नेपाल का निर्माण कर्ता हुन !
Read more ...
Designed By Basanta Subedi