ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Sunday, January 1, 2012

एक जब्बर कालो रात

ओ हो !
यो के हो ?
चारैतिर अन्धकार नै अन्धकार
हुन सक्छ यहाँ कसैले चुक पोखेछ अथवा,
कसैले केहि ग¥यो होला
तर के हो ? थहा छैन  !!१!!
हे कालो रात !
तिमी आयौ मलाई देखाउन
ति तिम्रा भयङ्कर रुपहरु जसलाई देख्दा
म बेहोशी हुन्थेँ होला यदि म बच्चा भईदिएको भए
तर,
तर अब त्यसो हुने छैन किनकी
म अव डराउने छैन
चाहे तिमी धम्क्याउ / चाहे तिमी तर्साउ
तर अव मेरा यि मुटुहरु फलामका भईसके
जसलाई हल्लाउनका लागि एउटा लामो गल
के तिमीसँग होला त  ??२??
हे कालो रात !
अब त तिम्रा ति ठुला अनि काला
भयङ्कर रुपमा पनि आशा र विश्वाश देख्न थालिसकेँ
किनकी अब तिमीलाई बशमा पार्नु छ
अनि तिम्रा काला अधरहरुलाई चुम्नु छ
अनि सुन्दर बत्तिहरुले सिँगार्नु छ
के यो सम्भव होला त  ??३??
हे कालो रात !
आज भन्दा कैयौँ बर्ष पहिले पनि
यसै गरि आँउथ्यौ तिमी
जतिवेला रात पर्यो भन्दा भन्दै
सायद भाग्थेँ म
अनि त्यस पछिका अनेकौँ रातहरुमा
तिमी सँग भागेँ हुँला
बाटामा उभिएका काला ठुटाहरुले भुत बनि तर्साए होलान्
बाघ बनि झम्टन तयार भए होलान्
अनि,
बाटो हिँड्ने बटुवाहरुका मनमा भएका ढ्याङ्ग्रालाई
यति लामो लट्ठीले हाने होलान्  !!४!!


२०६८ पुष १७, आइतवार
Designed By Basanta Subedi