⚖️ निःशुल्क कानुनी परामर्शको लागि आजै सम्पर्क गर्नुहोला ! 📞 फोन नं: +९७७-९८५११९३०२१ 💼 विभिन्न कानुनी मुद्दाहरूमा विश्वसनीय सेवा।

अध्यावधिक

सन्दर्भ लेख हरु

समाज

Showing posts with label कबिता संग्रह. Show all posts
Showing posts with label कबिता संग्रह. Show all posts

Tuesday, February 17, 2015

उल्झन : तिम्रा खातिर

मिति: २०७१/११/०५ मंगलबार को बिहान 00:०२


हावा को झोक्का संगै
तिम्रो नाम बोकेर
जब प्रकृतिले
म भित्र केहि पठाउछिन्
सोच्न नसक्ने दिमाग र नधड्किने चिसो मुटु जस्तै
अझै कठोर
अझै बिचलित
अझै ताप  !!!

तर अझै पनि
जब याद हरु बल्झिएर आइदिन्छन
मन को बाटो बाट सुटुक्क
तिमि संग संगै !!!

बिचलित मन
बढो तन्मय का साथ
तिम्रो प्रतीक्षा गर्छ
स्पर्श को आभाष गर्छ
अनि सुटुक्क बसाई सर्छ
तिमि तिरै !!

प्रत्येक स्वाश प्रत्येक प्रस्वाश अनि
प्रत्येक उल्झन मा तिमि आइदिन्छौ
र त बाच्नु मा गर्ब छ
याद बोकेर !!!

सदा सदा भौतारिएर !!!!

बिर्तामोड , झापा !!

Read more ...

Sunday, January 1, 2012

एक जब्बर कालो रात

ओ हो !
यो के हो ?
चारैतिर अन्धकार नै अन्धकार
हुन सक्छ यहाँ कसैले चुक पोखेछ अथवा,
कसैले केहि ग¥यो होला
तर के हो ? थहा छैन  !!१!!
हे कालो रात !
तिमी आयौ मलाई देखाउन
ति तिम्रा भयङ्कर रुपहरु जसलाई देख्दा
म बेहोशी हुन्थेँ होला यदि म बच्चा भईदिएको भए
तर,
तर अब त्यसो हुने छैन किनकी
म अव डराउने छैन
चाहे तिमी धम्क्याउ / चाहे तिमी तर्साउ
तर अव मेरा यि मुटुहरु फलामका भईसके
जसलाई हल्लाउनका लागि एउटा लामो गल
के तिमीसँग होला त  ??२??
हे कालो रात !
अब त तिम्रा ति ठुला अनि काला
भयङ्कर रुपमा पनि आशा र विश्वाश देख्न थालिसकेँ
किनकी अब तिमीलाई बशमा पार्नु छ
अनि तिम्रा काला अधरहरुलाई चुम्नु छ
अनि सुन्दर बत्तिहरुले सिँगार्नु छ
के यो सम्भव होला त  ??३??
हे कालो रात !
आज भन्दा कैयौँ बर्ष पहिले पनि
यसै गरि आँउथ्यौ तिमी
जतिवेला रात पर्यो भन्दा भन्दै
सायद भाग्थेँ म
अनि त्यस पछिका अनेकौँ रातहरुमा
तिमी सँग भागेँ हुँला
बाटामा उभिएका काला ठुटाहरुले भुत बनि तर्साए होलान्
बाघ बनि झम्टन तयार भए होलान्
अनि,
बाटो हिँड्ने बटुवाहरुका मनमा भएका ढ्याङ्ग्रालाई
यति लामो लट्ठीले हाने होलान्  !!४!!


२०६८ पुष १७, आइतवार
Read more ...

Friday, August 22, 2008

अन्धकारको रात्रि मा जब एक मन

मिति २०६५/०५/०६ सुक्रबार !

अन्धकारको रात्रि मा जब एक मन 
जुनकिरी को उज्यालो को प्रतीक्षा मा हुन्छ 
हो, त्यहीबेला 

आश्चर्य संयोग ,
कृष्ण पक्ष औशी को रात मा पनि जब 
पूर्ण चन्द्र देखिन्छ 
हो, 
त्यहि पूर्ण चन्द्रमा 
जसलाई मैले 
औशी को अन्धकार रात्रि मा भेटें अकस्मात !!!

चापागाउ, ललितपुर !
Read more ...

Wednesday, July 26, 2006

कुवा को भ्यागुतो र म

मिति:- २०६३/०४/१० बुधबार
सानो कुवालाई बिशाल संसार मान्ने भ्यागुत्तो
हो ! आज पनि भोलि पनि
यहि भनिरहन्छ
संसार सानो छ ! कुवामा सिमित छ !
ट्वार्र ट्वार्र गर्छ थर्काउछु भन्छ
देख्छ सानो संसार
आफ्ना साना आखा हरु ले अनि भनिरहन्छ
संसार सानो छ ! कुवामा सिमित छ !!
उफ्रिन्छ, पछारिन्छ अनि फेरी फर्कन्छ
पर्छ जहाको त्यहीं
कहिल्यै धार्नी नपुग्ने बिचरा भ्यागुत्ता हरु
रोहि रहु, कराइ रहु अनि थर्काइरहु
अनि भनि रहु
संसार सानो छ ! कुवामा सिमित छ !!!
उडिरहेको हवाईजहाज मुनिको छायाँ लाइ
शितलता का लागि प्रयोग गर्ने
त्यसमै हेरेर रमाइरहने एउटा मान्छे
हो ! त्यहि मान्छे हु म
सायद भ्यागुत्तो जस्तै
मलाइ पनि लाग्छ
संसार सानो छ ! कुवामै सिमित छ !
कुवा सानो छ ! दलदल मा भासिएको छ !
आफ्नै परिवेश मा सिमित छ ! संसार सानो छ !!!!
केवलपुर-६, धादिंग !
अन्तराल दैमासिक पत्रिका इलाम बाट २०६३ मा प्रकाशित कबिता
Read more ...
Designed By Basanta Subedi