ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Sunday, December 21, 2014

फ्लाइट नं : QR ६५१

समय : राति ९:३० बजे
कानै थर्किने गरि जहाज ले आवाज निकाल्दै काठमान्डू स्थित अन्तरास्ट्रिय विमानस्थल बाट जमिन छोड्यो !
बानेस्वर मा रहेको म ! नसुन्ने कुरै भएन !
समय उही गते बार फरक तर मलाइ जहिले रात को साढे नौ बज्दा एकैपल्ट मुटु थर्किन्छ ! कारण यहि हो त्यहि भाडो जहिले त्यहि समय मा उड्ने पापी भाडो जसले मलाई र तिमीलाई हजारौ किलोमिटर टाढा पुर्याईदियो कहिले भेट्न नसक्ने गरि ! त्यहि कतार एयरवेज को जहाज जसले तिमीलाई र मलाइ रूहाउदै अलग पारिदियो !
फेसबुके चिनजान सुरुवात मैले नै गरेको थिएँ तिम्रो सुकोमल जवानी अनि बान्की परेको अनुहार मा लोभिएर ! सायद हुनु थियो त्यहि जुन हामीले बेहोर्नुपर्यो त्यसमा मै अपराधि ठहरिएँ ! आखिर केहि थिएन स्वतन्त्र साथि को साइनो त्यहि पनि फेसबुक मा ! तिम्रा हर तस्बिर मा मन अल्झिन थाले …आज एक भोलि दुइ अनि पर्सि तिन हुदै …कहिले घटेन बरु बढिरह्यो …साथ, सहयोग, भरोशा, अनि नजिकपन  !
आफ्नै उल्झन मा उनिएकी तिमि अनि ब्यबहरिकता ले थिलथिलो म ! साइनो गहिरो मित्रताको अनि एक अर्काको एक्लोपन हटाउने बहाना ! फेसबुक च्याट ले पुगेन आवाज साट्न रहर भैदियो …अनि एकै झमट मा मन को कुनामा तरंगित हुन पुगेको सुमधुर तिम्रो आवाज अनि आफ्नोपन ले बाधिएको मेरो बोलीमा लठ्ठिएकि तिमि …थाहा छ पहिलो दिन मै हामीले झगडा गरेको ? कति मिठो झगडा है …मेरो मुख बाट निस्केको सुभ सब्द ‘बादरनी’ ..अनि तिमि कस्तरी रिसाएर फोन काटेकी ! अनि तिमीलाई मिठो लागेको हाम्रो बाझाबाझ ..चर्काचर्की नै परेको नि ..कल्पना गर त कति मिठो है !
त्यहि आवाज ले पछ्याई रह्यो ! सुन्न मन लागिरह्यो ! बोलु बोलु मात्र भैरह्यो ! सधै सधैको लागि !
अनि कति बहाना बनाउथ्यौ है ..आज मलाइ निन्द्रा लागेको छ क्या …भोलि कुरा गरौला नि हुन्न ? तिमीलाई सधै डर हुन्थ्यो न भोलि बोलिदिदैन कि …अनि अड्को ..भोलि ल ! अनि तिम्रो आवाज मा पौडी खेल्न आतुर म …भोलि कहिले टुट्न पाउथ्यो होला र ?
अनि थाहा छ हाम्रो प्रत्यक्ष भेट ! तिमि लज्जावती झार बनेकी ..अनि म ..म पनि तिमि जस्तै लजालु बनेको कि खै ….तर मुटु ढक ढक …झन्डै रोकिएको नि ……लागेथ्यो त्यो समय कहिले नसकियोस ..तर समय हाम्रो बस मा थिएन ! समय लाइ रोक्न सकिएन छेक्न सकिएन आफ्नै रफ्तार मा बहिरह्यो !
हुर्कदै गरेको प्रगति पथ तिम्रो लागि कति महत्वपूर्ण थियो अनि मेरो लागि चुनौती ! त्यहि प्रगतिपथ को मुना मैले निमोठ्न सकिन… तिम्रो हजारौ आग्रह लाइ आफ्नो सपना संग साट्न सकिन ! म संग सपना देख्ने अधिकार थियो तर सपना सजाउने हैसियत थिएन अनि तिम्रो भाग्य संग खेल्ने अधिकार मलाइ भाबिले लेखिदिएको थिएन ! म तिम्रो सुन्दर सपना भत्काउने अधिकार लिएर जन्मिन सकिन ..सायद भाग्यविधाता संग मेरो जन्म संग लेना देना थिएन ..लाग्छ यो संसार का दुख संग पौठेजोरी खेल्न मात्र मेरो आबस्यकता थियो !
आखिर त्यहि दिन जुन दिन तिमिले आसु बहाउदै म संग बिदा मागेकी थियौ ……मलाइ… नजाउ…भन्नुस..न प्लिज…  ! अनि जहाज भित्र बाट अन्तिम पल्ट फोन गरेकी थियौ …..म तपाई …लाइ ..छोडेर ..गए ल …अनि म केवल हवस् ….मा नै अल्झिए राम्रो..संग…जाउ..ल ….त्यति बेला सम्म मा भुइँ मा थचक्क बसिसकेको थिएँ अनि मोबाइल भुइमा खसिसकेको थियो ….
क्रमशः

Designed By Basanta Subedi