ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Wednesday, September 20, 2017

अतृप्त सपना-'आधुनिकताको आडमा'-

आज पनि उसको फोन उठाउन कर लाग्यो । किन किन उसको आवाज सुन्न नपरे पनि हुन्थ्यो जस्तो लाग्छ । अनी कहिलेकाही फेरी लाग्छ उस्को आवाज सुनिरहुँ अझ धेरै धेरै । किन दोधार हुन्छ मेरो मन त्यो त बुझ्न सक्दिन कहिले पनि !
ल्याङ्वेज सेन्टर गको थिए अंग्रेजी अलिकति सुधार ल्याउनुपर्‍यो अनी पछि टोफेल/आइएलटिएस् गर्नुपर्ला । आखिर मेरो सपना भन्नु नै बिदेशी भाषामा दख्खल बनाउनु अनी उतै अमेरिका, बेलायत, क्यानडा अथवा अस्ट्रेलिया मै बस्ने दामी केटा सँग घरजम गर्नु ।

मैले उसलाई कति भने म संग किन सम्बन्ध बढाउनुहुन्छ? तपाई र मेरो कुनै हैसियत नै मिल्दैन ।
उसलाई सिधा भन्दिएको थिएँ-'अरु त त्यस्तै हो, तपाईंको काठमाडौंमा घर त छैन' र पनि उस्ले मन दुखाएन । हुन त उसैको कमजोरी त हो नि आजको जमानामा आएर पनि म डिग्रीसम्म पढेकी एऊटी केटीको सपना के के हुन्छ भनेर नबुझ्ने ! अँझै भन्छ मलाई तिमी चाहिएको छैन चाहिने पनि होइन मलाई तिम्रो सिर्फ सम्झना अनी मित्रवत् व्यवहार भए पुग्छ । खोइ के भए पुग्ने रहेछ जान्न सक्दिन ।
सामान्य परिचय हो हाम्रो । प्रविधिको प्रयोग फेसबुकबाट सुरु भएको हाम्रो चिनजान बिस्तारै बाक्लिएको त पक्कै हो ।
किन बाक्लियो? म त्यो पनि खोतल्न सक्दिन र खोतल्न जरुरी पनि लागेन मलाई । उसलाई मबाट के लिनु छ त्यो उसैको कुरा होला । मैले त्यो भन्दा केही पनि सोचिन । लामै चिनजान् भन्नुपर्छ आजकालको कस्मेटिक मित्रता केही दिनको लागि मात्र न बन्दछ ।
त्यसमा पनि फेसबुक मित्रता केही घण्टा मै टुट्न पनि सक्छ, केही दिन रहन पनि सक्छ तर उसको र मेरो सम्बन्ध एक किसिमले भन्दा अनौठो नै मान्नुपर्छ । केही घण्टा, केही दिन, केही महिना भन्दा पनि माथि केही बर्षको ईतिहास बोकिसकेको हाम्रो यो चिनाजान वा मित्रतालाई म कुन अर्थमा राखुँ ! मैले प्रत्यक पल्टको भेटमा भनेकै हो-'अब मलाई नभेट्नुस् मलाई जरुरी लागेकै छैन !'
किन मलाई उसले आफु भन्दा धेरै माया गरेको अनुभुति दिलाउँछ भन्न सक्दिन । अझै उसका प्रत्येक शब्द मलाई नै मन हुडल्ने खालका हुन्छन । खोइ किन केको अनुभुती हुन्छ हुन्छ !

२०७४ असोज ४, बुधवार
Designed By Basanta Subedi