हाँसो लाग्छ सुनेर । मानौ उसका कथाका पात्रहरुका रुपमा उभिनुपर्ने रे म ।
मानौ यी लोग्ने मान्छेका जातले अरु केही पाँउदैनन् भेट्छन् त केवल हामी जस्ता छोरी मान्छेका पिडा लाई । अनी लगाँउछन यती धेरै फुर्ती की हाम्रा सारा पिडाका समाधान हुन कती छिट्टै तयार भईदिन्छन् है । सोचिदिन्छन उनिहरु हाम्रा सवै पिडाका उपचार हुन् ।
लाग्दो हो यी सवै वहाना गरेर ओच्छ्यान तताईदिने एउटा मिठो वहाना वनोस् । ओच्छ्यान तताउने वहाना त्यती सस्तो होला र ?
आज पनि चिसिएछ क्यारे उसलाई मेरो चौपट्टै याद आएछ । सायद भरपुर पियो होला । मद्यपानको नसा र जवानीको नसा उस्तै हो सायद उ जस्ताको लागि । अनी म ? कसले वुझ्न सक्छ मेरो यो छटपटी अनी पिडाहरुलाई ? पटक पटक पिल्सिएकी म, पटक पटक उम्किएकी म अनी पटक पटक लुटिएकी म ।
छोरी मान्छेको जिवन साँच्चै अचम्मको छ । चिसिनु, तात्नु फेरी चिसिनु नियतीको खेलमा होमिनुपर्ने । अनेकौँ स्वार्थमा गाँसिएर पटक पटक लुटिएकी म । लुटिनुको हदभन्दा माथी सम्म पुगेर लुटिएकी म । उसलाई के थाहा हरेक पटक लुटिँदा भक्कानिएको मन लाई सम्हाल्न कती गहारो हुन्छ । आफन्त वनेर, जिवन साथी बनेर, मिल्ने साथी बनेर, सहकर्मी बनेर अनी अझै फेसवुकमा अल्झाएर, टिकटक ह्वाट्सअप ईन्स्टाग्राम के के मा झुत्ती खेलेर आउने सँग लुटिएरै जिउन कती गहारो हुन्छ भनेर ।
यही पंक्ती दोहो¥याएर पढ्यो होला सायद । आखिर म लुटाँउदै हिड्ने त परेँ । सोच्ला दुनियाँलाई लुटाँउदा म चाँही किन पर मिल्किन्छु ? सायद बुझ्दैन माया गर्नेलाई लुटाँउन सकिन्न । म सक्दिन उसको निश्चल प्रेमलाई दोवाटोमा मिल्काउन अनी सक्दिन आफुलाई साँच्चै माँया गर्ने एउटा मनलाई यो विटुलो शरिर सुम्पेर क्षणिक खुशी दिन । सायद खुशी त चौपट्टै होला मलाई पाँउदा । कल्पना गर्छु उसका ति कोमल भाव बोकेको मन सँगै मन मिसाएको तर सक्दिन म आफुलाई सम्हाल्न ।
कल्पनाशुन्य हुन्छु अनी आँउछ उसकै सारा यादहरु नमिठो गरी । याद त मिठो हुनुपर्ने हो तर किन किन उसको याद साँच्चै नमिठो भईदिन्छ । कमजोरी हो वा उसको माँयाको जित ?
सम्झन्छु कतै उसले मलाई जितिरहेको त छैन ? म पल पल हारिरहेको त छैन ? साँच्चै मलाई उस सँग हार्न मन छ उसको माँया सँग हार्न मन छ । उसको माँयामा हराउन मन छ कहिल्यै उम्किन नसक्ने गरी । तर वास्तविकता यही हो नदिको दुई किनारा भेटिन संभव छ र ? आफ्नै जिवनमा रमाउनुपर्ने उसको वाध्यतालाई म कसरी हस्तक्षेप गर्न सकुँला र ? तर रहर छ हस्तक्षेप गर्न, उसका हर चाहना पुरा गर्न, उसका मृत भईसकेका भाव हरुलाई हस्तक्षेप गरी गरी उजागर गर्न । तर खोई ?
उसका यादहरुले पटक पटक चिथोर्दा लाग्छ जिवन यत्तिकै सेलाईदिँउ । आखिर के नै पो रहर छ र वाँकी । तर होईन मेरा आश्रयको खोजी गर्ने कोही नै नभाको त होईन नी म । अनी उ ?
उसका जिवनका कहालीलाग्दा क्षणहरु सुनिसक्दा भावुक हुने मेरो मन उसका कर्तव्य चै भुसुक्कै विर्सिदिँउ र ? उसका जिवनका पाटाहरु सवै भुलेर उसकै अंगालोमा हराईदिँउ र म ? अन्तरआत्माले देला र ?
अनी उसलाई कसले दियो अधिकार मेरो जिवनमाथी धावा बोल्न ? अनी पटक पटक उसका आँशु मिसिएका कहानी उसका मुख बाट सुन्न ? सुरा र सुन्दरीमा लठ्ठ परेको वेला चुहाउने आँशुको मोल म तिर्नु र ? उसका हरेक पटकका धम्की सुनिरहनु र म ?
स्मृतीमा टोलाउन पुग्छु , म कसरी उसको नजिक पुगेँ कसरी उसको दिलभित्र पसेँ अनि आज म कसरी उसैलाई वगरको माछा झैँ छटपटिएको हेर्न लालायीत छु । उत्तर कतै भेट्दीन । सायद म निर्दोश थिँए । दोशी त्यै हो जसले मलाई सवै जान्दा जान्दै पनी माँयामा डुवाएर यादमा तड्पीने वनाईदियो ।
कामको शिलशिलामा भएको भेट विरानो ठाँउ अनी विरानो अवस्थामा आफ्नो कोही माँया गर्ने होस लाग्ने पल । हो त्यसै वेला नजिक भईदियो म सँग । चाहना त म सँग पनी थियो नि उ जस्तै कोही होस जसले मेरा विगत भुलाउन सकोस वर्तमानमा खुशी दिन सकोस अनी सुन्दर भविष्यको कल्पना गर्न सिकाउन सकोस । सायद उसमा सवै खुवी पाएछु की वा उसका मिठा कुरामा उसै पो पग्लिएँकी । मेरो कठोर मनलाई फूलसँग दाँज्न सक्ने वनाउन कसैले सिकोस उसैवाट । चोटै चोटले आक्रान्त मेरो जिवनमा वहार छर्ने कोशिश गर्न सिकास उसैवाट । जसलाई मेरा जिवनका हर कमजोरीहरुको ज्ञान भएर समेत हात समाएर सही वाटो पहिल्याउन सिकाउन मन छ उसले पनी उसैवाट सिकोस । माया के लाई भनिन्छ थाहा नहुनेले सिकोस उसैवाट ।
उसका हरेक स्पर्श, मुस्कान, नजिकपनलाई लात मारेर वाध्यतामा टाढा हुँदैछु भन्ने मात्र कल्पना गर्दा नि मन भावुक वनेको छ । वाँकी जिवन कसरी वित्ला थाहा भएन तर यती थाहा छ उसको मायाले मलाई जिवनभर वाँच्ने आड भरोसा अवश्य दिनेछ ।
विदाईका वेला टिलपिलाएका उसका आँखा मनमा झलझली संझदै वाटो लागेको छु टाढा टाढा उसको नजरमा कहिल्यै नपर्ने गरी ।
अन्तिम रात २०७७ साल, वुटवल ।