Thursday, September 21, 2017
Wednesday, September 20, 2017
अतृप्त सपना-'आधुनिकताको आडमा'-
देश बिगारे नेता ले ..
Wednesday, September 6, 2017
लघु उद्यम, लघुबित्त र वित्तीय सहकारी
नेपालमा यसरी सुरु भयो ‘लघुवित्त कार्यक्रम’
नेपालमा लघुवित्त
जनमानसमा लघुवित्त भन्नेबित्तिकै सानो–सानो वित्तीय सेवा बुझ्ने गरे पनि वास्तवमा सानो वित्तीय सेवा मात्रै नभई जसले गरिब तथा विपन्नलाई सानो–सानो वित्तीय सेवा जस्तो– बचत, ऋण, बिमा तथा रेमिट्यान्स सेवा प्रदान गरी उनीहरूको आर्थिक तथा सामाजिक स्तर माथि उठाउन सहयोग गर्छ । अर्थात् गरिबले कसरी सहज र सुलभ वित्तीय सेवा पाउँछन् भनेर गरिबलाई नै केन्द्रविन्दुमा राखेर बनाइएको पद्धतिलाई लघुवित्त मान्न सकिन्छ । जसको उद्देश्य कम आम्दानी हुने, सम्पत्तिहीन, सीमान्त, शोषित तथा राज्यका विभिन्न सेवाबाट वञ्चित व्यक्ति लक्षित गरी उपयुक्त वस्तु तथा सेवा माध्यमबाट उनीहरूको आर्थिक तथा सामाजिक उत्थान गर्न सहयोग गर्ने हुनुपर्ने देखिन्छ ।
ठूला बैंक तथा वित्तीय संस्थाले उनीहरूको स्वभाविक पद्धतिबाट गरिब तथा विपन्नलाई सेवा गर्न नसकेका कारण वित्तीय पहुँचवाट सामाजिक आर्थिक उत्थानका लागि विकास भएको वित्तीय पद्धति नै लघुवित्त हो भन्न सकिन्छ ।
गरिबले गरिबीका कारण राज्यको नागरिक भए पनि विभिन्न बैंक तथा वित्तीय संस्थाबाट सेवा नपाउँदा लघुवित्त पद्धतिको विकास भएको हो । त्यसैले कुनै पनि वित्तीय सेवा लघुवित्त हुन आफ्ना वस्तु तथा सेवा गरिबलाई केन्द्रित गरी बनाउने र गरिब तथा विपन्नलाई नै सेवा दिने खालको हुनुपर्छ ।
लघुवित्त संस्थाहरूले प्रदान गर्ने वित्तीय सेवा जस्तो ऋण, बचत, बिमा तथा रेमिट्यान्सको सेवा सानो आकारको हुनुपर्छ । सेवाग्राहीले सानोभन्दा सानो पनि बचत तथा ऋण लिन पाउने हुनुपर्छ । जति रकमले पनि बचत गर्न खाता खोल्न र जति रकम पनि ऋण लिन पाउने हुनुपर्छ ।
लघुवित्तमा कर्जा प्रदान गर्दा बिनाधितो प्रदान गर्नुपर्छ भन्ने मान्यता छ । गरिब तथा विपन्न वर्गहरू ऋण लिनका धितो नभएका कारण अन्य बैंक वित्तीय संस्थासम्म पहुँच पुग्न नसकेको देखिन्छ ।
गरिबलाई एकैपटक ऋण भुक्तानी गर्न लगाउँदा ऋणको भुक्तानी गर्न कठिन हुने भएकाले ऋणको भुक्तानी सानो सानो किस्तामा साता वा पाक्षिक वा मासिक रूपमा गर्नुपर्ने व्यवस्थाको मान्यता छ ।
गरिबहरू कम पढे लेखेका हुन्छन् उनीहरूले ठूला–ठूला अंग्रेजीका फाराम भर्न सक्दैनन् । फाराम भरे पनि केही सीमित व्यक्तिले मात्र भर्न सक्ने अवस्था हुन सक्छ । अर्थात् लघुवित्त भन्नेबित्तिकै गरिबले बिनाझन्झट सहज र शीघ्र सेवा लिन सक्ने गरी आवश्यक प्रक्रिया पूरा गर्न सक्ने व्यवस्था हुनुपर्छ भन्ने मान्यता हो ।
कुनै पनि वित्तीय पद्धति लघुवित्त हुन गरिबलाई घर, दैलो वा उनीहरूको गाउँघरमा सेवा दिने व्यवस्था हुनुपर्छ । तर, हाम्रो देशमा कतिपय संस्थाले आफूलाई लघुवित्त कार्यक्रम गर्ने भने पनि आफ्नो वित्तीय स्वार्थका लागि वित्तीय सेवा आफ्नै कार्यालयबाट दिने गरेको देखिन्छ । समग्रमा यस्ता मूल्य मान्यतालाई लघुवित्त संस्थाहरूले आत्मसाथ गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ र संस्थाहरूले यस्ता मूल्य मान्यताबमोजिम लघुवित्त कार्यक्रम सञ्चालन गरेको छन् वा छैन सोको नियमन निकायबाट नियमित नियमन हुने व्यवस्था गर्नुपर्ने देखिन्छ ।
यस्तो योगदान लघुवित्तले दिँदा–दिँदै पनि हाल आएर यो क्षेत्रमा सदस्य अधिक ऋण बढ्ने, लघुवित्तको मूल्य मान्यताबमोजिम सञ्चालन नभएको, अनुगमन तथा निरीक्षण प्रभावकारी नभएको, लगानीको लागि कोषको अभाव भएको, गरिबमा कार्यक्रम नपुगेको, लघुवित्त संस्थाहरूको कमजोर संस्थागत क्षमता भएको, सीमित दक्ष जनशक्तिमा काम गर्नुपरेको, प्रविधिको सीमित उपयोग तथा लघुवित्त क्षेत्रमा नयाँ सिर्जना सीमित रहेको, ऋणीको सीमित क्षमता भएको, लघुवित्तले के कतिलाई वास्तवमा सेवा पुर्याएको छ सोको राष्ट्रिय तथ्यांकको अभाव रहेको, लघुवित्तसम्बन्धी अनुसन्धानात्मक निकायको कमी रहेको, लघुवित्त संस्थाहरूबीच अस्वस्थ प्रतिस्पर्धा भएको, समय–समयमा राजनीतिक दूरदर्शीको कमी देखिएको जस्ता समस्या तथा चुनौती छन् ।