⚖️ निःशुल्क कानुनी परामर्शको लागि आजै सम्पर्क गर्नुहोला ! 📞 फोन नं: +९७७-९८५११९३०२१ 💼 विभिन्न कानुनी मुद्दाहरूमा विश्वसनीय सेवा।

अध्यावधिक

सन्दर्भ लेख हरु

समाज

Saturday, October 25, 2008

गजल : आवश्यकता क्रान्तिको छ कम्मर कस साथी


आवश्यकता क्रान्तिको छ कम्मर कस साथी

विद्रोहको महाजालमा अब फस साथी ।।


शोषण र अत्याचारको घेरा फुटाउनु छ 

विदेश हैन स्वदेशमै क्रान्ति गर्न बस साथी ।।


सहने त कति हो र अत्याचारको खेल

जरोे किलो उखेल्न लाई अव घुँडा धस साथी ।।


धमिराको ठुलो गोलो नष्ट पार्नु पर्दा

सबैभन्दा प्रिय हुन्छ विद्रोहको रस साथी ।।


पौरखिको पौरखलाई माटोमुनि मिलाउनेलाई

शेषनाग हजार जिब्रे बनि डस साथी ।।


मौकालाई चुकाँउदा फाईदा हुने छैन अव 

सञ्तानले नि अब हाम्लाई दिने छैनन् जस साथी ।।


गिद्घे भुँडि हल्लाउने शोषक यो जनावरलाई

टाउको पुरै रन्थन्याउने बन्नुपर्छ नस साथी ।।


आँसुभित्र डुबुल्कि यो खेलिराको परिवेश

आँखा भन्दा अगाडि नै मुटु चस चस साथी ।।


अशान्ति र हिंसाले यो जलिराको जिवन

शान्तिलाई काँधमा बोकि अब भित्र पस साथी ।।


२०६५ कार्तिक ९, शनिवार


Read more ...

Friday, August 22, 2008

अन्धकारको रात्रि मा जब एक मन

मिति २०६५/०५/०६ सुक्रबार !

अन्धकारको रात्रि मा जब एक मन 
जुनकिरी को उज्यालो को प्रतीक्षा मा हुन्छ 
हो, त्यहीबेला 

आश्चर्य संयोग ,
कृष्ण पक्ष औशी को रात मा पनि जब 
पूर्ण चन्द्र देखिन्छ 
हो, 
त्यहि पूर्ण चन्द्रमा 
जसलाई मैले 
औशी को अन्धकार रात्रि मा भेटें अकस्मात !!!

चापागाउ, ललितपुर !
Read more ...

Thursday, June 19, 2008

गजल : रिम झिम पानि पर्ने वर्षात को रात हजुर

 मिति:-२०६५/०३/०५  बिहिबार !


रिम झिम पानि पर्ने वर्षात को रात हजुर
आँखा भरि आईदिन्छन् संझनाको खात हजुर ।।

जति चिसो बढ्दै जान्छ उति मन पोल्दै जाँदा
एकान्तमा बस्दा पनि गर्न आउने बात हजुर ।।

जोडिएको मुटुलाई तिर हानि फुटाउनेलाई
खै के पो थाहा होला घात प्रतिघात हजुर ।।

स्पर्श को आभाषमा सपना नै टुट्दा पनि
माया पाउनु कता कता रित्ता हुन्छन् हात हजुर ।।

अप्राप्यता भा को भए शायद माया पाँउथे होला
रोजि छाडि हिँड्दा हिँड्दै उनलाई चल्यो मात हजुर ।।

मुस्कानमा मादकता थपे जस्तो गर्दा गर्दै
पछिबाट उठाँउछन् विच्छेदको लात हजुर ।।

-चापागाउ , ललितपुर !
२०६५/०८/२७ को समर्पण मा बाचित !!
Read more ...

गजल : आजको यो प्यारो रात तिमिलाई दिँउ लाग्यो

मिति: २०६५/०३/०५बिहिबार !

आजको यो प्यारो रात तिमिलाई दिँउ लाग्यो
बाटुलो मुहार माथि मिठो चुम्बन लिँउ लाग्यो ।।

कता कता विरानो यो भुमि टेकी बस्दा पनि
प्रेमको मिठो उन्मादलाई अन्त गराई दिँउ लाग्यो ।।

जिवन ब्यर्थ जस्तो लाग्थ्यो खै किन किन मलाई
शितलता प्रदान गर्ने जवानिलाई पिँउ लाग्यो ।।

एकान्तमा एक्लै एक्लै पिडा बोकि बसेपनि
तिम्रो आगमनमा मलाई लामो जिवन जिँउ लाग्यो ।।

आधा भरि बनिकन बल्झिएको प्रेमप्याला
सुटुक्कन दिल चोरि पुरै भराई दिँउ लाग्यो ।।
-चापागाउ , ललितपुर !
Read more ...

Friday, May 30, 2008

गजल : आउन अलि वर भन्दा लाज लाग्छ भन्दै थिई

मिति:-२०६५/०२/१७ सुक्रबार
आउन अलि वर भन्दा लाज लाग्छ भन्दै थिई
गुलावि ति ओठहरुमा लाल लाल बन्दै थिई ।।

कता कता अनौठोमा प्रवेश गरे जस्तो गर्दै
मिठो उन्माद लाग्ने प्रेमको खाडल खन्दै थिई ।।

लगातार ओठहरु कामे जस्तो लाग्दै थियो
वोलिहरु निस्किएनन् आवाजमा मन्दै थिई ।।

स्पर्श को आभाष पाँउदा मन अस्थिर भएछ
सुन्दर औँला घुसाएर केशहरु गन्दै थिई ।।

स्मृतिमा कुन्नि के ल्याँउदै थिईन कि कसो
अँगालोमा बेह्रि लिँदा साह्रै विलखबन्दै थिई ।।

समागमको पुर्णतालाई आभाष गर्न पाँउदा
रोमाञ्चित शरिर बेर्दै विस्तार विस्तार कन्दै थिई ।।

-चापागाउ , ललितपुर !
२०६५/०८/२७ अनुरती मा प्रसारित !
Read more ...
Designed By Basanta Subedi