ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Monday, December 22, 2014

मन फुरुंग भाको छ म के गरूँ ??


मन को कुरा तिम्रो मेरो उस्तै हुन थाल्यो अचेल
हाम्रो मन संगै मुटु दुरुस्तै हुन थाल्यो अचेल
धड्किन्छ ढक ढक तिम्रो तस्बिर देखेसी किन होला
सडेको होइन दिमाग मन फुरुक्कै हुन थाल्यो अचेल !!
Read more ...

Sunday, December 21, 2014

फ्लाइट नं : QR ६५१

समय : राति ९:३० बजे
कानै थर्किने गरि जहाज ले आवाज निकाल्दै काठमान्डू स्थित अन्तरास्ट्रिय विमानस्थल बाट जमिन छोड्यो !
बानेस्वर मा रहेको म ! नसुन्ने कुरै भएन !
समय उही गते बार फरक तर मलाइ जहिले रात को साढे नौ बज्दा एकैपल्ट मुटु थर्किन्छ ! कारण यहि हो त्यहि भाडो जहिले त्यहि समय मा उड्ने पापी भाडो जसले मलाई र तिमीलाई हजारौ किलोमिटर टाढा पुर्याईदियो कहिले भेट्न नसक्ने गरि ! त्यहि कतार एयरवेज को जहाज जसले तिमीलाई र मलाइ रूहाउदै अलग पारिदियो !
फेसबुके चिनजान सुरुवात मैले नै गरेको थिएँ तिम्रो सुकोमल जवानी अनि बान्की परेको अनुहार मा लोभिएर ! सायद हुनु थियो त्यहि जुन हामीले बेहोर्नुपर्यो त्यसमा मै अपराधि ठहरिएँ ! आखिर केहि थिएन स्वतन्त्र साथि को साइनो त्यहि पनि फेसबुक मा ! तिम्रा हर तस्बिर मा मन अल्झिन थाले …आज एक भोलि दुइ अनि पर्सि तिन हुदै …कहिले घटेन बरु बढिरह्यो …साथ, सहयोग, भरोशा, अनि नजिकपन  !
आफ्नै उल्झन मा उनिएकी तिमि अनि ब्यबहरिकता ले थिलथिलो म ! साइनो गहिरो मित्रताको अनि एक अर्काको एक्लोपन हटाउने बहाना ! फेसबुक च्याट ले पुगेन आवाज साट्न रहर भैदियो …अनि एकै झमट मा मन को कुनामा तरंगित हुन पुगेको सुमधुर तिम्रो आवाज अनि आफ्नोपन ले बाधिएको मेरो बोलीमा लठ्ठिएकि तिमि …थाहा छ पहिलो दिन मै हामीले झगडा गरेको ? कति मिठो झगडा है …मेरो मुख बाट निस्केको सुभ सब्द ‘बादरनी’ ..अनि तिमि कस्तरी रिसाएर फोन काटेकी ! अनि तिमीलाई मिठो लागेको हाम्रो बाझाबाझ ..चर्काचर्की नै परेको नि ..कल्पना गर त कति मिठो है !
त्यहि आवाज ले पछ्याई रह्यो ! सुन्न मन लागिरह्यो ! बोलु बोलु मात्र भैरह्यो ! सधै सधैको लागि !
अनि कति बहाना बनाउथ्यौ है ..आज मलाइ निन्द्रा लागेको छ क्या …भोलि कुरा गरौला नि हुन्न ? तिमीलाई सधै डर हुन्थ्यो न भोलि बोलिदिदैन कि …अनि अड्को ..भोलि ल ! अनि तिम्रो आवाज मा पौडी खेल्न आतुर म …भोलि कहिले टुट्न पाउथ्यो होला र ?
अनि थाहा छ हाम्रो प्रत्यक्ष भेट ! तिमि लज्जावती झार बनेकी ..अनि म ..म पनि तिमि जस्तै लजालु बनेको कि खै ….तर मुटु ढक ढक …झन्डै रोकिएको नि ……लागेथ्यो त्यो समय कहिले नसकियोस ..तर समय हाम्रो बस मा थिएन ! समय लाइ रोक्न सकिएन छेक्न सकिएन आफ्नै रफ्तार मा बहिरह्यो !
हुर्कदै गरेको प्रगति पथ तिम्रो लागि कति महत्वपूर्ण थियो अनि मेरो लागि चुनौती ! त्यहि प्रगतिपथ को मुना मैले निमोठ्न सकिन… तिम्रो हजारौ आग्रह लाइ आफ्नो सपना संग साट्न सकिन ! म संग सपना देख्ने अधिकार थियो तर सपना सजाउने हैसियत थिएन अनि तिम्रो भाग्य संग खेल्ने अधिकार मलाइ भाबिले लेखिदिएको थिएन ! म तिम्रो सुन्दर सपना भत्काउने अधिकार लिएर जन्मिन सकिन ..सायद भाग्यविधाता संग मेरो जन्म संग लेना देना थिएन ..लाग्छ यो संसार का दुख संग पौठेजोरी खेल्न मात्र मेरो आबस्यकता थियो !
आखिर त्यहि दिन जुन दिन तिमिले आसु बहाउदै म संग बिदा मागेकी थियौ ……मलाइ… नजाउ…भन्नुस..न प्लिज…  ! अनि जहाज भित्र बाट अन्तिम पल्ट फोन गरेकी थियौ …..म तपाई …लाइ ..छोडेर ..गए ल …अनि म केवल हवस् ….मा नै अल्झिए राम्रो..संग…जाउ..ल ….त्यति बेला सम्म मा भुइँ मा थचक्क बसिसकेको थिएँ अनि मोबाइल भुइमा खसिसकेको थियो ….
क्रमशः

Read more ...

लंका फेरिएर आज कतार भा' छ


लंका फेरिएर आज कतार भा' छ

देश निली सक्न नेता लाइ हतार भा' छ
पुर्बिया र पस्च्चिमे को के कुरा गरु खोइ
धर्म संस्कृति र पहिचान लतार पतार भा' छ !!
Read more ...

पियक्कड का कुरा बेग्लै

सकिन्छ दिनको उज्यालो अनि जब पर्छ रात

एक्लोपन ले घेर्दै ल्याउछ हुन्न साथि का बात
भनुन जसले पियक्कड वा अरु कुनै प्रतिक मिसाएर
प्याला माथि प्याला थपिन्छ अनि चढ्छ मात !!
Read more ...

आफै ठुलो नबन न ..


बसेका छौ समाज मा सुन्नुपर्छ सब का कुरा

अरुका नि हुन्छन मन बुझ्नुपर्छ सब का कुरा
एउटा मुख दुइटा कान त्यसै बनेका होइनन
आवेग को प्रेम होइन जान्नुपर्छ सब का कुरा !!
Read more ...

मान्छे मरेपछि कहा जान्छ ?

जिबन आफै मा के हो भनेर छुट्याउन सकिन्न ! ठुला ठुला दार्शनिक हरु पनि जिबन लाइ सदैब रहस्य कै रुप मा मान्दछन ! हामीलाई थाहा छ जिबन को सुरुवात बिज्ञान ले भने जस्तै क्रमिक बिकाश को प्रतिफल हो र पनि जिबन र मृत्यु को सन्दर्भ बहस गर्न लायक नै रहन्छ ! जिबन को अन्त्य संगै आत्मा को अन्त्य हुन्छ / हुन्न त्यो पनि रहस्य कै गर्भ मा छ ! संसार भर का प्राय को मन मा मृत्यु पछिको आत्मा संग जोडिने भ्रम या वास्तविकता ले जरो गाढेकै छ ! अत्यन्त बिकशित भनिने समुदाय वा समाज मा पनि मृत्यु पछिको आत्मा को सन्दर्भ चल्दछ !

अनेकौं दर्शन शास्त्र र धर्म शास्त्रहरू अनुसार आत्मा जीवनको एउटा अंग हो। मानव प्राणी जुन अलौकिक छन्,को मृत्यु पश्चात पनि आत्माको मृत्यु हुँदैन। विज्ञानले आज सम्म यस बारे केही पनि पतो लगाउन सकेको छैन, किन भनें आत्माको जाँचको लागि कुनै पनि नियन्त्रण मार्ग छैन। मृत्यु पश्चात के हुन्छ? भन्ने बारेमा धेरै प्रकारका अनेकौं मान्छेहरूका आफ्नो आफ्नो विचारहरू छन्। धेरै नास्तिकहरू भन्छन् आत्मा जस्तो कुनै वस्तु छैन, र ब्यक्तिको एकमात्र हिस्सा शरीर मात्र हो।  -नेपाली विकिपीडियाबाट

साच्चै हुन्छ त भूत-प्रेत ?
भूतप्रेत धोकाका रूपमा देखिन्छ र त्यसमा मानवीय लक्षणको अभाव हुन्छ । त्यो हावा जस्तो हुन्छ जसलाई हातले छुन सकिदैन ।कुनै मानिसको भूत वायवी हुन्छ जसलाई देख्न सकिन्छ र कहिलेकाहिं कुनै बिशेष चाल या कुरा सुन्न सकिन्छ। यहाँ हामि रेवरेन्ड ‘डा. हेरिस’को भूतको उदाहरण दिनेछौं जो उनको मृत्यु पश्चात ‘एथिनियम लाईव्रेरी’मा आउने गर्थ्यो ।
प्रख्यात अमेरिकी उपन्यासकार ‘हार्थन’ धेरैजसो अध्ययन र शोधकार्यका लागी उक्त लाईव्रेरीमा जाने गर्थे ।उनले ‘डा. हेरिस’को भूतलाई त्यहाँ देखेका थिए ।उनले यो थाहा पाए कि ‘डा. हेरिस’ जुन कुर्सीमा बसेर उनको प्रिय पत्रिका बोस्टन पोष्ट पढ्थे; उनको भूत पनि त्यही कुर्सीमा बस्थ्यो ।
सुरुमा ‘हार्थन’लाई ‘हेरिस’ मरिसके भन्ने थाहा थिएन त्यसैले उनी त्यो भूतलाई मनुष्य ठान्थे । जब उनका एक मित्रले ‘हेरिस’को मृत्यु भईसकेको सुनाए तब उनि अचम्भित भए । यसो बिचार गर्दा ‘डा. हेरिस’का परिचित तथा नजिकका साथी समेत उक्त भूतसँग कुरा गर्दैनन् ।एक त लाईव्ररीको नियमले लाईव्रेरीमा बोल्न पाईदैनथ्यो तर लाईव्रेरीवाट बाहिर निस्किएपछि पनि कोहि बोल्दैनथ्यो।
मैलो लुगा लगाएको भूतको उदाहरण पनि रोचक छ । यो भूत क्वीन एनी र भिक्टोरिया कालमा लगातार देखिएको थियो ।इतिहासकार तथा नाट्यआलोचक डब्ल्यू. जे. मक्क्वीन पोपले यो भूतलाई अनेक पटक देखे र त्यो ब्यक्तिको चिनारी खोज्ने प्रयत्न गरे ।यो भूत धमिलो रंगको थियो ।कुल मिलाएर यो निर्णयमा पुगे कि यो कुनै यस्ता अभिनेताको भूत हो जो कुनै बिशेष दृश्यका निम्ति धमिलो रंगको लुगा लगाउँथे ।यो भूत लण्डनको डूरी लेनमा रहेको थिएटर रोयलमा २०० भन्दा धेरै बर्षसम्म देखिरह्यो ।यो स्पष्ट थियोकि भूतको त्यो थिएटरसँग कुनै बिशेष नाता थियो ।धेरैजसो यस्तो हुन्छ कि हामी कुनै बिशेष ब्याक्ति स्थान या बस्तुसँग धेरै जोडिन्छौं तब हाम्रो शरीरको अवशानपछि पनि हाम्रो आत्मा त्यो ब्यक्ति स्थान या बस्तुको वरिपरि भौतारीरहन्छ । यो एक स्वतः सिद्ध सिद्धान्त हो कि आत्मा कहिल्यै मर्दैन केवल हाम्रो शरीर मात्र मर्छ जब त्यसमा प्राण हुँदैन ।यो सहि हो कि कसैलाई थाहा छैन कि आत्मा कहाँ जान्छ या कसरी रहन्छ तर आत्माको अमरताको सिद्धान्त सबै धर्म र नैतिकताको आधारभुत सिद्धान्त हो ।जब यो आत्माले एक आकार धारण गरि आफ्ना प्रिय बस्तुको नजिकै आउँछ तब हामी त्यो छायाँलाई नै भूत भन्छौं । भूतको बारेमा आफ्ना कुरा सक्नुभन्दा पहिले हामि भूतप्रेत र मतिभ्रमको अन्तर स्पष्ट पारौं ।
कुनै बाहिरि प्रेरकको अभावमा जब हामिले कुनै कुरा देख्छौं तब त्यसलाई हामि मतिभ्रम भन्छौं ।यो यस्तो मानसिक स्थितिको द्योदक हो जुन भावनाको असामान्य अतिरेकबाट उत्पन्न हुन्छ ।यसमा कुनै एक भावना प्रवल हुनसक्छ जस्तो – भय क्रोध या प्रेम या एक भन्दा बढी भावनाको मिश्रणले पनि मतिभ्रम उत्पन्न गर्न सक्छ ।
एक नर्भस गृहणी बरण्डा या कोठामा चोरको चाल सुनेर धेरै जसो उठेर बस्नेछिन् । शेक्सपियरको म्याकवेथ नाटकमा म्याकवेथको दिमागमा रगतले लतपत भएको एक खन्जर यति स्पष्ट छ कि त्यसले मतिभ्रम उत्पन्न गरिदिन्छ र उनको मनमा डर भरिदिन्छ।
यसको बिपरित जब हामि कुनै भूत-प्रेतलाई देख्छौं तब हामीसमक्ष कुनै कुरा हुन्छ त्यसलाई अरु मानिसले पनि देख्न सक्छन् र यो हाम्रो इच्छाबिना नै बारम्बार देख्न सक्छौं ।
मतिभ्रम पुर्ण रूपमा ब्यक्तिनिष्ठ हुन्छ अरु मानिसले त्यसलाई देख्न सक्दैनन् । त्यसैले हामिले मतिभ्रम र भूत- प्रेतमा अन्तर गर्नुपर्छ र यी दुवैलाई अलग अलग बिषयका रूपमा बुझ्नुपर्छ ।
यहाँ हामि भूतप्रेतको बिषयलाई निम्न उद्दरणका साथ आफ्नो कुरा समाप्त गर्छौं – “बितेका १०० बर्षमा ब्रिटिश सोसाईटी फर साईकिकल रिसर्च र अन्य संस्थाद्वारा गरिएका अनेकौं अध्ययनका आधारमा – ‘के भूत-प्रेतको अस्तित्व छ?’ भन्ने आदिम प्रश्नको जबाफ ‘छ’ मा दिन सकिन्छ । भूतप्रेतको अस्तित्वको अनुभव गर्ने सैयौं सम्मानित मानिसहरूको साक्ष्यलाई आत्मभ्रम, झुठ या मिथ्या भनेर रद्द गरिदिनु एक दुराग्रह मात्र हुनेछ ।” -विश्व-प्रसिद्ध अनौठा रहस्य’ (सं. बिनिता पौडेल)

मानिसको शरीर तिन चिजले बनेको हुन्छ । ति हुन, भौतीक तत्वहरुले बनेका खम्बाहरु, आध्यात्मीकताको प्रवेशका कारण संवेदनशीलता र तेस्रो एउटा यस्तो अज्ञेय चिज छ, जसलाई हामी आत्मा भन्छौं । यी तीन चिजका बारेमा विज्ञानले पनि पुष्टि गरिसकेको छ र आजभन्दा हजारौं वर्ष पहिले लेखिएको गरुण पुराणमा पनि यसबारेमा उल्लेख छ । यी तीन तत्वलाई बुझाउन आजसम्म धेरै प्रयास भएका छन् । सवै चिज बुझिसकेपछि पनि आत्मा र परमात्माको ‘कनेक्सन’ भने अहिलेसम्म कसैले बुझ्न सकेका छैनन् । आत्मा र परमात्माको पक्ष छोडिदिने हो भने मानव शरीर एउटा अनौठो भौतिक अवयव हो । कस्तो उच्च मेकनाइज्ड भने तपाईको मुटु चल्नैपर्छ, त्यसबाट रगतले मश्तीष्कमा अक्सीजन पु¥याउनुपर्छ र अनी मात्र मस्तिष्क चल्छ । त्यसो हुन सकेन भने मस्तिष्क चल्दैन र तपाईको शरीर बाँच्न सक्दैन । हरेक अंगको एउटा सन्तुलीत संचालन । यो एउटा सुसंगठीत भौतीक संरचना हो । तर यसलाई एउटा भौतिक संरचनाका रुपमा मात्र पनि हामीले हेर्नु हुदैन । यसभित्रको जुन आध्यात्मीक अंग छ, त्यसलाई आत्मा या जुनसुकै नाम दिउँ, त्यो रही रहन्छ । -डा. भोला रिजाल
Read more ...

भो ! गाला तिम्रा खुम्चिएसी बल्ल चाल पाउली !


जवानीले मात्तिएरै आँखा देख्न छोड्यौ अरे
साडी चोली थन्क्याएर वानपिस पो जोड्यौ अरे
बैसको त्यो उन्माद तिम्रो छचल्किदा आज पो
सुन्दैछु प्रेम सँग आफ्नो नाता तोड्यौ अरे !!
Read more ...

भौतिक रुप मा टाढा जादा


भौतिक रुप मा टाढा जादा भावनात्मक रुप मा पनि टाढा हुनु नि ! किन भौगोलिक दुरी को बाबजुत पनि सम्झना झन् झन् गाढा हुदै जाने होला ? म यहि कल्पना र परिकल्पनामा डुब्दा डुब्दै सुत्न सकिन ! प्रत्यक पल तिमि आउछौ , प्रत्यक समय तिमि आउछौ ! म आफै यो कुरा लाइ अन्त्य गर्न सकिरहेको छैन ! प्रत्येक निन्द्रा लाइ बिगार्न र मलाई अझै पागल बनाउन अनि हर समय भौतारिन बाध्य बनाउने त्यो तिम्रो कुटनीति ! के अरु केहि नगरु म ! केवल तिमीलाई सम्झिरहू ?? कृपा गरेर मेरो सम्झना मा आउन छाडिदेउ न हुन्न र ?
Read more ...

तिमि हाँसे संसार हास्छ


तिमि हाँसे संसार हास्छ रुदा एक्लै पर्छौ साथि
रमाइलो यो संसार मा आँसु किन छर्छौ साथि
भो आफु लाइ कमजोर बनाउने बानि नगर है
पिडा दिने लाइ माया को प्याला किन भर्छौ साथि !
Read more ...

जोडेको नाता किन पो तोड्यौ भन ए निष्ठुरी


जोडेको नाता किन पो तोड्यौ भन ए निष्ठुरी
टाढिनु रैछ किन पो जोड्यौ भन ए निष्ठुरी
विदेश मा रैछ सपना मिठो स्वदेशी तितो रे
मुटु लाइ जलाई किन पो छोड्यौ भन ए निष्ठुरी !!
Read more ...

खहरे को भेल बढ्दा …


खहरे मा भेल बढ्दा किनारा लाइ चाप बढ्छ
मन को माया टाढा हुदा मुटु भित्र ताप बढ्छ
तिम्रो खुसि रोजी आफ्नो खुसि हराइदिए  मैले
बिर्सु भन्छु जति अझै तिम्रो लाह छाप बढ्छ !
Read more ...

श्रीजनशील हात र मन भएर के भो यहा


श्रीजनशील हात र मन भएर के भो यहा
मुटु धुजा धुजा भएपछी !
माया ले भरिएको आत्मा त थियो नि यहा
के गर्नु बिश्वास मृत भएपछी !
भो अब कुरै नगर यो स्वार्थि संसार को
तिमि हुनु र म नहुनु उस्तै भैदियो यहा
मेरो खुसि नै तिम्रा लागि बोझ भयपछी !!
Read more ...
Designed By Basanta Subedi