ममी साच्चै त्यो अङ्कल कहाँ हुनुहुन्छ ? आजकल त भिडियो कल मा नि बोल्नुहुन्न ! त्यो मलाई गरिब मान्छे र धनि मान्छे बीच फरक सिकाउने अङ्कल क्या !
छोरीको मुख बाट अकस्मात आएको यो प्रश्न न म सँग कुनै उत्तर छ न कुनै सम्झना को चिनो नै बाकि छ ! न सम्झना दर्साउने कुनै उपहार नै म सँग छ ! छ त खालि उसले मुटु बिझाउने गरि दिएको मायाको असिमित याद हरु अनि उसले मायाको भिक मागेको बचन हरु जुन मलाई बाचुज्नेल कान मा गुन्जिने गरि छोडेर गएको छ कहिले नफर्किने गरेर ! हुन त उसले बाचुन्जेल मायाको अभाब फील भएको दिन म जिउदो हुनेछु तिम्रो जिबन मा फर्केर यसै गरि मायाको असिमित सागरमा डुबाउन आउनेछु भन्दै दिएको बचन समेत म सँग जिउदो सम्झना बनेर बसेकै छ।
एउटा अन्जान मान्छे फगत फेसबुक को कुना बाट टुप्लुक्क चिहाउन आएको एउटा मान्छे न कुनै साइनो छ न कुनै आफ्नोपन तर खोइ मेरो जिबन मा किन यसरि आउन सक्यो म आफै कहिले बुझ्न सकिन। मेरो मन मा कसरि बास बस्न आयो त्यो समेत मैले कहिले कल्पना गर्न सकिन। मेरो कल्पना भन्दा बाहिर को मायाको सागर मा डुबाउन आयो हुरी बतास झैँ आधिबेहरी झैँ थाम्न नसकिने एउटा ठुलो झोक्का बोकेर आयो अनि उसै गरि स्मृति मा रहने गरि गयो म आफुलाई काबु राख्न नसक्ने किन बनायो म कल्पनामा डुब्नु पर्ने किन बनाउन सक्यो मैले किन आफुलाई सम्हाल्न सकिन कतै भगवान ले साच्चै मलाइ खुसि को सागरमा डुबाउन सक्ने एउटा स्मृति बन्न पो आयो कि ?
सामान्य फेसबुक को चिनाजानी बाट सुरु भएको साथित्वको नाता लाइ उसले कसरि मेरो मन सम्म को यात्रा गर्न सक्यो भन्ने जवाफ मैले बनाउन नै सकिन। जिबन को त्यो समय म थोरै बिचलित भएको त्यो पल जुन बेला म आफुलाई अभागी वा भाग्यमानि के हो चिन्न नसकेको बेला उसैको आग्रहमा फेसबुक च्याट लाइ दैनिकी बनाउन सक्ने खुबी बोकेर मेरो जिबन मा प्रवेश गरेको त्यहि मान्छे च्याट लाइ शब्द भन्दा माथि पुर्याउन सक्ने बन्यो अनि सुरु भयो उसको मिठो मन पगाल्न सक्ने बोलि सुन्दै निद्रा बोलाउन बाध्य हुने म सँग को एउटा जिन्दगि बनेर।
शहर को भिड बाट टाढिन मन लाग्यो किन किन मैले केहि गुमाए कि केहि पाउदैछु छुट्याउन सक्ने अबस्था बाट मैले पार पाउनु पर्ने देखिन थाल्यो जिबन मा। अनि सुरु गरे एउटा यात्रा शहर छोडी केहि दिन लाइ गाउ जाने एउटा अवसर जुट्यो सायद समय ले मलाइ उसै सँगको नमिठो बिछोड लाइ केहि मलहम लगाउने एउटा साइत पो थियो कि । म शहर छोडी गाउ पुगेँ जहाँ म उसको सम्झनालाई भुलाउने केहि मेसो पाउन सक्थे। पारिवारिक जमघट र चाडपर्ब मा भुल्ने कोशिस मा रहदै गर्दा उसको याद ले पछ्याउन छोडेकै थिएन त्यसै बीच उसले पटक पटक मलाइ सम्झेको भान गराउदै थियो फेसबुक खोले पिच्छे उसले फोटो मन पराएको नोटिफ़िकेशन फेसबुक को कुना मा झुल्किरहन्थ्यो टिकटक खोल्यो उसैले मेरो भिडियो लाइक गरेको रातो नोटिफ़िकेशन कुनामा आइरहेकै हुन्थ्यो अझै फेसबुक मा मेसेज गर्न समेत भ्याउथ्यो सन्चै छौ ?? खाना खायौ ?? त्यति ले मात्र नपुगेर मोबाइल फोन मै कल समेत देख्न पर्थ्यो जुन म जानी जानी मिस्ड कल मा रुपान्तरण गरिदिन्थे। जुन याद र सम्झना लाइ म एउटा मिठो बिगत मै रहोस भुत बनेर नतर्साओस अनि भबिष्य माथि हमला नगरोस चाहन्थे त्यहि बिगत ले मलाइ पटक पटक झस्काउदै गर्दा आफुलाई सम्हाल्दै फेसबुक मा ब्लक अप्सन थिच्नै लाग्दा उसले मायाको भिक मागेको याद ले नमिठो गरि चिमोटी दियो अम्ला हरु अनायसै रोकिन पुग्यो म के गरु र नगरु को दोधार मा अड्किन पुगेछु मुटु चिसो भएको अनुभूति अकस्मात भइदियो। फेसबुक छोडी टिकटक मा छिर्दा उसै गरि रातो नोटिफिकेशन ले मन मा नराम्रो गरि चिमोटिदियो। मैले आफुलाई सम्हाल्न नै सकिन टिकटक मा उसले नदेखोस चाहना ले उसलाई ब्लक दिस युजर अप्सन मा अम्ला आफै पुगे अनि सदाको लागि टिकटक मा उसको नाम ब्लक लिस्ट मा पुर्याउन सफल बने ।
टिकटक मा मलाइ किन ब्लक गर्नुभएको ? मलाइ तिमि भनेर असिमित मायाको आभास गराउने मान्छे अचानक यस्तो प्रश्न मेरो फेसबुक मा पाउदा मैले स्पस्ट बुझ्न सके आज उसले निद्रा पाउन सक्दैन। उसलाई यस्ता साना तिना मेरा व्यवहार ले नराम्रो गरि मन चस्काउछ अनि उसलाई निद्रा बोलाउन कठिन हुन्छ भन्ने आभाष मैले गरिसकेको थिएँ। तर मलाइ त्यो उसको निद्रा सँग कुनै लेनादेना थिएन किन कि उसको मायाको कारण मैले गुमाएको निद्रा फिर्ता गर्नु थियो मलाइ। म आफु जिबन मा साच्चै मिठो निदाउन चाहन्थे जुन निद्रा बिथोल्ने उसको याद लाइ सधै को लागि अन्त्य गर्नु मेरो चाहना हो भनेर आफैलाई बुझाउन सक्ने बन्नु थियो मलाइ।
आफ्नो जिबन को असिमित पिडा लाइ साम्य पार्न चाहिरहेकी म उसको आफ्नोपन र प्राप्त गर्न नसक्ने मायाको कारण म माथि परिसकेको बज्रपात लाइ जसरि पनि आफ्नो जिबन बाट शितल बाटो र उपयुक्त निकास को चाहना मा अल्झिएकि थिए। त्यति मात्र थिएन म उसको बारम्बार आउन सक्ने मेसेज को प्रहार बाट बच्नु समेत अनिवार्य भई सकेको अबस्थामा गुज्रिसकेको थिएँ। म निद्राको खोजीमा लागेँ। आफ्नो मोबाइल को नेट बन्द गरे चुपचाप आफु भुल्ने कोशिस गर्दै निदाउन खोजें।
सपनामा फेरी उही मान्छे आयो मेरो निद्रा बिथोल्न जे नहोस भन्थे म त्यहि भयो उसको निनाउरो अनुहार मेरो अगाडी पर्दा मलाइ समेत बिचलित बनाउन सक्ने खुबी उसको माया र आफ्नोपनमा थियो नै। म नतमस्तक बनें।
कान्छी ! उसले बोलाउने प्यारो सब्द उसको मुख बाट नसुनेको धेरै भएको थियो अकस्मात त्यहि सब्द मेरो कान मा गुञ्जायमान भयो। मा सपनामा छु कि बिपनामा आफैलाई छुट्याउन सक्ने अबस्था बाट बाहिर पुगें।
कान्छी ! म किन तिमि सँग यति नजिक भएँ म आफैलाई थाहा छैन तर जे भयो नराम्रो भयो लाग्दैन तिमीले भने जस्तै तिम्रो लागि म कुनै काम को छैन हुदै होइन म तिम्रो काम को मान्छे हुदै होइन। तर कान्छी जुन दिन तिमि मेरो नजीक पर्यौ फेसबुक मा चिनाजानी भयो सब्द हरु प्यारो लाग्न थाल्यो तिम्रा कति कुरा हरु जानी नजानी सुन्न थाले त्यसपछि मैले तिमीमा एउटा मायाको असिमित फुलबारी भेट्न सकें। मैले चाहे जस्तै मैले खोजे जस्तै असिमित प्यार को एउटा मुहान भेटेको आभास हुन थाल्यो। सब्द बाट सुरु भएको हाम्रो सम्बन्ध बिस्तारै आवाज मा परिणत हुन पुग्यो। मिठो सुनिरहू लाग्ने आफ्नोपन मिसिएको आवाज मा मैले असाध्यै मिठो स्वाद भेटाउन थालें। कस्तो स्वाद थियो नि कुनै शब्द ले बयान गर्ने नसकिने स्वाद धेरै प्रकार का मौषमी फल हरु मिसिएको जस्तो मिठास। भुल्न नसकिने मिठास। मन्त्रमुग्ध म तिम्रो आफ्नोपन म हराएकै हो। एउटा सुन्दर बंगैचामा फुलेका असिमित सुन्दर फुल हरु को मिश्रण मैले तिमि मा पाउन थालें। असिमित रङ्गीन फूलहरुको को सुवास घोलिएको तिम्रो आफ्नोपन मा डुब्न पाउदा मैले आफुलाई असाध्यै भाग्यमानि अनुभूति गर्न थालें। यो अनुभूति लाइ जिबन पर्यन्त जोगाएर राख्ने मेरो चेस्टा लाइ तिम्रो सामु पोख्न चाहें।
मलाइ लाग्छ कान्छी मैले केहि गल्ति गरें त्यो मिठास अनि आफ्नोपन को साथ प्राप्त भएको सुन्दर संसार लाइ उजाड नबनाई आफैमा खुसि हुने बाताबरण तयार गर्नु पर्छ जसले गर्दा म बाट तिमीलाई अनि तिमि बाट मलाइ कुनै असर गर्न नसक्ने अवस्था बनाउदै यो हाम्रो संसार लाइ जोगाउनु भन्ने कुरा तिमीलाई सिकाउन बताउन नसक्नु नै मेरो कमजोरी भयो। तिम्रा अतित अनि तिम्रा जिबन मा रहेका केहि तिता कुरा हरुलाई हामीले हाम्रो जिबन मा असर नगर्ने गरि मेटाउन सक्नु पर्छ भनेर तिमीलाई बताउन नै सकिन मैले अझै बुझाउन नै सकिन।
बुझाउने कोसिस गर्दै गरें तर त्यतिन्जेल ढिला भैसकेको थियो तिमीलाई बताउनु पर्ने समय मा तिमि बाट म केहि दिन ओझेल पर्नुपर्यो। मेरो काम को सिलसिला त्यस्तै थियो कान्छी ! त्यसै बेला तिम्रो मन मा आएको बिचलन रोक्न मैले सकिन र तिमीले त्यसैको फल भोग्नु पर्यो जसले गर्दा तिमि झन बिचलित हुन पुग्यौ।
म सँग को सामिप्यता गलत हो भन्ने भान पार्नु अगि नै मैले तिमीलाई धेरै सम्झाउन सक्नुपर्थ्यो त्यहि मैले गल्ति गरे। त्यसपछि जसरि भए नि तिमीलाई त्यो बास्तबिकता बुझाउन सक्ने हुन्छु भनेर तिमि सँग हरेक दिन समय मागें तर तिमि आतिसकेकी थियौ आफुले गलत गरेको भान परिसकेको थियो तिमीमा। म सँग का केहि कुरा हरु याद गर त् म तिमीलाई सुनौलो भबिस्य कसरि बनाउन सकिन्छ त्यसको लागि तिमीले के गर्न सक्नु पर्छ बुझाउने कोसिस गरेको थिएँ नि र तिम्रो लागि उत्तम विकल्प त्यहि रहेको पनि थियो। तिमीले अझै पढ्नु पर्छ आफुलाई अगि बढाउनु पर्छ कान्छी ! मैले तिम्रो वरपर हरियाली देखेकै छैन अझै अन्धकार भबिस्य देखिरहेको छु। संका नै संका ले घेरिएको तिम्रो जिबन मा आफुले आफुलाई सम्हाल्दै बलियो बन्न सकिनु भने तिमि कहिले खुसि हुन् सक्दिनौ भन्ने कुरामा म बिश्वस्त छु। म तिमीलाई माया गर्ने मान्छे तिम्रो उज्वल भबिस्य हेर्न चाहने मान्छे। मलाइ तिमीबाट अब केहि चाहिएकै छैन खालि तिमि खुसि भएको हेर्नु छ तिमीले आफ्नो मान्छे सोचेर जिबन मा आफ्नो प्रगति मलाइ सुनाएको हेर्ने रहर छ। तिम्रो खुसि मा भाजो हाल्ने षडयन्त्र म बाट हुने छैन खालि चाहन्छु तिम्रो सुन्दर भबिस्य।
कान्छी तिमीलाई जुन बाटो हिडाउन खोजिएको छ त्यो तिम्रो लागि बनेको बाटो नै होइन तिम्रो उज्वल भबिस्य को बाटो भनेको तिम्रो आगामी दिन मा आफुलाई खरो बनाएर अनि म जिबन मा जे पनि आफु एक्लै गर्न सक्छु भन्ने बनाउन जरुरि छ। तिमि खुसि हुनु पर्ने मान्छे हौ। कान्छी फूलबारीको सुवास मा पुतली हरु नाचेको हेर्नु पर्ने तिम्रो जिबन मा झिंगा भन्केको देखेको छु। तिमि आफुलाई याद गर त तिमि कति कम्जोर भएकी छौ साना झोक्काले नि उदाउन सक्ने भएकी छौ। म चाहन्छु तिमीलाई साना झोक्का ले होइन आधिबेहरी ले समेत हल्लाउन नसक्ने बन्नु छ। कान्छी म चाहन्छु तिमीलाई मैले कुरा बुझाउन सकु खुसि दिन सकु जिबन मा गलत गरेको आभास तिम्रो मन मा कहिले आउन नदिन सकु आफैमा सक्षम भएर जिबन का हरेक क्षण खुसि साथ बिताएको हेर्न सकु। तिमि भित्र को सम्भाबना लाइ कुल्चिएर अगाडी बढ्ने कदम रोकिएको हेर्न सकु। मलाइ केहि भन्न आइरहेकै छिन तर धेरै कुरा भन्न बुझाउन अनि सिकाउन मन छ। कसरि सक्छु थाहा छैन तर म त्यो हेर्न पाउने भाग्यमानी बन्न चाहन्छु।
कान्छी म तिमीलाई आफूभन्दा धेरै माया गर्छु अरु के भनु !
मन ढक्क भयो अकस्मात म रुन थालें।
ममी ! ममी ! के भयो ?? छोरी ले जबर्जस्ति ठेलेर बिउझाइदि। सपना के देखें किन पुरा देख्न सकिन उसले मलाइ देखाउन खोजेको बाटो के थियो ? साच्चै बिपनामा उसले भन्न चाहेको के थियो ?
मलाइ भुत ले बर्तमान मा किन यति सास्ती दिदैछ भबिस्य के चाहन्छ ??? मैले आफुलाई दरो बनाउन झन् नसकेको आभास हुदै छ। अनायासै प्यास लाग्यो पानि पिएँ तर पानि ले त्यो प्यास मेटाउन सकेको अनुभूति गर्नै सकिन।
आखिर साच्चै भन्न नसकेको मायाको प्यास यस्तै हुने रहेछ त ???
फागुन २२ गते सोमबार राति १०:५२ बजे