ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Friday, January 22, 2016

कथा - पुरुषार्थी

आँगनमा टन्नै भरिभराउ मान्छे । चोटा, कोठा, वार्दली सबै पाहुना हरुले भरिएका । पञ्चे वाजा को झ्याँई झ्याँई । कोहि नाचिरहेका कोहि गित मा ताल मिलाईरहेका कोहि खाईरहेका । चिनिमाया लाई फुर्सदै छैन । पाहुना, आउने जाने इष्टमित्र स्वागत सत्कार आदी ईत्यादी ।
आज हरिकृष्ण अर्थात चिनिमायाको लोग्ने को विवाह तर चिनिमायाको होईन । चिनिमायाको त छ साल पहिले नै विहे भएको । वावुआमाले मनले खाएको त्यहि हरिकृष्ण सँग । त्यतीवेला हरिकृष्ण २१ वर्षको थियो चिनिमाया १७ वर्ष । यसैगरी रमझमका साथ विहे भएको थियो चिनिमाया र हरिकृष्णको । ५ कक्षा सम्म पढेकी चिनिमाया असाध्यै सुन्दर थिई । वान्की परेकी ठुला आँखा छिनेको कम्मर पुष्ट छाती कालो लामो कपाल हलक्क वढेकी । सवैले भन्थे यो साह्रै भाग्यमानी हुन्छे ।
भाग्यमानी पनि भई । हुनेखाने परिवारको हरिकृष्ण उसको जिवनमा आयो । त्यती ले मात्र उसको भाग्यलाई पुगेन हरिकृष्णको वावुआमा ले उसलाई आफ्नै जन्म दिने वावुआमाको प्यार दिन्थे । हरिकृष्णकी वहिनी उषा नन्द भएतापनि साखै आमाकि छोरी वहिनी भई प्यारी चञ्चल अनि आँखामा राख्दा नविझाउने । विहेको दिन आँखावाट झरेको विछोडको आँसु र त्यस दिन को रमझम वाहेक उसको जिवनमा केही परिवर्तन भएन । उत्तिकै प्यार उत्तिकै ममता जन्म घर र कर्म घर विच किञ्चित फरक लागेन उस्तै दुरुस्तै । मेलापात घरव्यवहारको पिडालाई असामान्य वनाउन हरिकृष्णको प्यारले कहिल्यै दिएन । संसार रमाईलो अनि मात्र खुशी ।
दिनहरु क्रमश वित्दै गयो दिन हप्ता महिना अनि वर्ष पनि । कहिलेकाहि हरिकृष्ण र चिनिमाया दुवै सँगै चिनिमायाको जन्म घर पुग्थे सवैले डाह गर्न लाएक जोडी वनेर । माईति पुग्दा खुसुक्क आफ्ना सहेली हरु सँग भेट्न पुग्थी चिनिमाया । सहेली हरु जिस्काँउथे पेट तिर देखाँउदै खोई केहि सुरसार नै छैन कि कसो ? चिनिमायाको मन अनायसै चिसो हुन्थ्यो मुख रातो पारेर निहुरिन्थी । यस्तैमा एकदिन माईती गाँउकी शिखा सँग भेट भयो उसको काखमा एक महिनाकी छोरी थिई । शिखाको विवाह चिनिमायाको भन्दा छ महिना पछाडी भएको थियो । चिनिमाया अनायसै झस्किई मन अमिलो भयो मनभित्र कता कता खहरेको भेल चल्यो आखिर शिखा भन्दा छ महिना अगाडी विहे भएर पनि उसको काख खाली छ किन ??
भोलिपल्ट चिनिमाया आफ्नो घर गई । हरिकृष्णको मुहार सदा झै उज्यालो थिएन । सासु ससुराको अनुहार पनि उस्तै पट्यारलाग्दो थियोे । उसले केहि सोच्नै सकिन । उता सधँै पतर पतर गर्ने नन्द आज गुमसुम देखिई । साँझ भो खानपिन पश्चात सदा झँै पति हरिकृष्ण को गोडामा लगाउने तेल बोकेर पतिको ओछ्यानमा गई र हलुका गरी तेल लगाईदिन थाली चिनिमाया । विस्तारै मुख खोले हरिकृष्णले विहे गरेको दुई वर्ष वितिसक्दा पनि सन्तान नहँुदा परिवारमा निराशा छाएको छ । अझै वाउआमाले त नातिको मुख हेर्न अर्को विहे नगरी हँुदैन भनेका छन् । चिनिमाया चिसो भई त्यो रात अनिदोमा नै कतिवेला वित्यो पत्तै भएन चिनिमायालाई । 
त्यसपछिका हरेक दिन हरु अनेक घोचपेच अनि रातहरु चिसा अनि अनिदा रहन थाले चिनिमायाका । त्यस घरमा घोर निराशा उत्पन्न गराउने एउटा प्राणी मा दर्ज भई उ । अलच्छिनि वाँझी आदी ईत्यादी के के हो के के नाम कमाई उसले । हिजो की भाग्यमानी चिनिमाया आजकी अभागिनी भई । हिजोकी सुन्दर चिनिमाया आजकी कुरुप भई सवैले छि छि ः गर्न लायक भई । हिजो सम्म उसलाई देख्दा साईत पथ्र्यो आज वाँझी आईमाई भई । वाँझि आईमाई देख्दा पुजा खान आएका देवता समेत भाग्ने भए । उहि चिनिमाया हिजोकी चिनिमाया अनि आजकी चिनिमाया । उसले गाजल लगाउन छोडी कपाल बाट्न छोडी आखिर अभागिनी न परी अभागिनी लाई श्रृङ्गार पो किन चाहियो र ?
धामी झाँक्री, सिङ्गो नरिवल, कालो वोको आदी ईत्यादि त्यो घरको नियती बन्यो तर पनि चिनिमायाको रजस्वला रोकिएन । हरिकृष्ण जस्तो हट्टा कट्टा मर्द लाई बाबु बनाउन नसक्ने चिनिमायाको अव के आवश्यकता रह्यो र ? त्यसकै उपचार हुदै छ आज चिनिमायाको घरमा केहिवेर मा नै हरिकृष्ण को परिवार लाई खुशी दिने पुरा सामथ्र्य वोकेर सावित्रिदेवी भित्रिईन हरिकृष्णकी अर्कि श्रीमती अनि चिनिमायाको सौता बनेर । त्यसै रात बाट चिनिमायाको ओछ्यान फेरियो त्यहाँ सावित्रिदेवी को आगमन भयो अनि हैसियत फेरियो सावित्रिदेवी मालिक्नी अनि चिनिमाया दासी । चिनिमायाको ओछ्यान दलानमा सारियो जहाँ उनले कयौँ रातहरु चिसै अनिदै अनि एक्लै विताउनुपथ्र्यो । एक्लोपनमा रमाउन अभ्यस्त बनिसकेकी चिनिमाया लाई सावित्रिदेवी को रजस्वला को चार रात अनि सावित्रिदेवी को माईति सवारी का रात हरु वाक्क लाग्दो अनि पट्यारलाग्दो लाग्थ्यो किनकि ती रातहरु एक्लोपनमा काट्न पाँउदैनथिई चिनिमायाले । घरका मान्छे सुतिसकेपछी हरिकृष्ण त्यही दलानमा झुल्किन्थ्यो एकै छिनका लागि जुन समय उसका लागि यति लामो बन्दथ्यो यति वाक्क लाग्थ्यो कि यस्तो लाग्थ्यो सावित्रिदेवी कहिल्यै घर छाडेर नहिँडोस अनि महिनाका चार रातहरुको कष्ट पनि कहिल्यै नलागोस ।
सावित्रिदेवी भित्रिएको पनि दिन हप्ता महिना हँुदै वर्ष वित्यो तर हरिकृष्ण लाई बाबु बन्ने उत्तम साईत निर्माण हुन सकेन । अव सावित्रिदेवी विस्तारै चिनिमाया बन्न थाली उहि पहिलेकै चिनिमाया नाम मात्र सावित्रिदेवी तर उहि वाँझी चिनिमाया । सावित्रिदेवी लाई यो कुरा सह्य हुने नै थिएन किनकि उ चिनिमाया थिईन । सावित्रिदेवी को मन मा विस्मिृती का कुरा हरु खेल्न थाले । तेस्रो पल्ट पर सरेर ११ दिन को दिन चोखेसी गोठालो जाँदा भर्खर जन्मेकी तल्लो घरकी सानिका बा सँग लुकामारी खेल्दा खेल्दै सानिका बा ले कसैलाई नभन है भन्दै खेलेको आँखाचिम्लि खेल, त्यो पछि दुई महिना सम्म पर नसरेसी आमाले गरेको केरकार, बा लाई थहा नदिकन सानिमा र आमा भएर के के झार कुटेर नाईटो मा लाको, कती तितो झोल पिएर सुतेसी रातभरी पेट दुखेको, भोलिपल्ट कति धेरै खुन वगेको, आमाले गालि गरेर कसैलाई नभन्नु भनेको, अव आईन्दा यस्तो नगर्नु भनेको एक एक गरि सावित्रिदेवी को मन मा आईरह्यो ।
राति देखी पेट कटक्क खाईरहेको थियो विहानै चिनिमाया पर सरिन । चिनिमाया पर सर्नु र नसर्नु मा कोहि कसैलाई मतलव हुन्नथ्यो तर सावित्रिदेवी को पर सराईले त्यो घरमा विशेष अर्थ राख्दथ्यो । खाना पकाउने वेला भएको थियो सावित्रिदेवी पनि पर सरिन । यो थहा पाँउदा किन किन सावित्रिदेवी लाई असाध्यै हाँस्न मन लाग्यो एक्लै निकैवेर हाँसिन । यो घटना सँगै २,४ दिन घरमा एक अर्काविच बोलचाल बन्द जस्तै भयो । पछिल्लो समय जव सावित्रिदेवी पर सर्थिन घर को वातावरण यस्तै हुन्थ्यो ।
पर सरेको १० दिन जति भएको थियो चिनिमायाको वहिनी चञ्चला आईपुगी । चञ्चला नाम जस्तै थिई हेरीरहँु जस्ती । भर्खर आईपुगेकी आफ्नी वहिनी लाई उसले एक टकले हेरीरही । विचरी भोलिकी सम्भावित चिनिमाया । 
सामान्य भलाकुसारी पश्चात बाबु आमा नियास्रीएकाले आफु दिदि लाई लिन आएकी र  माईती गएर दुई रात बसेर आउने निवेदन भो परिवार मा । काठमाण्डौ बसेर कलेज पढ्दै गरेकी चञ्चलाको निवेदन स्विकृत भो दिदि वहिनी बाटो लागे ।
बाटो मा दिदि वहिनी को असाध्यै भलाकुसारी भो । काठमाण्डौमा कलेज सहपाठी असाध्यै मिलनसार साथी पनि आफुसँग गाँउ घुम्न आएको र चिनिमाया सँग पनि भेट्न चाहेको रहस्य चञ्चलाले खोली । दिदि वहिनीको कुराकानीमा चञ्चला विभिन्न रहस्यका कुरा सुनाँउथी दिदि चाँहि पाप धर्मका सवाल जोड्थी उता पढेलेखेकी चञ्चला विभिन्न तार्किक निष्कर्ष दिएर दिदिको चित्त बुझाँउथी । लामो समय को अन्तराल मा भेट भएका दिदि वहिनी भलाकुसारी गर्दै हिड्दा बाटो कटेको पत्तै भएन जव उनिहरु घर पुगे उसले चञ्चलाको साथी लाई देखी अग्लो गोरो दोहोरो आङ्गको । केटाले उसलाई हेरेर खिसिक्क हाँस्यो उत्तर मा उ पनि हाँसी अरु वोलचाल भएन ।
साँझ भो खानपिन पश्चात सामान्य भलाकुसारी पछि सुत्ने तरखर भो बाउ आमा धन्सार मा सुते चञ्चला को दिदि वहिनी चोटामा सुते । चञ्चलाको साथी सागर लाई दलानमा व्यबस्था भो । सुत्ने तरखर गर्दै गर्दा चञ्चला दलानमा निस्कि फर्किदा उसको साथमा सागर पनि थियो । तिनै जना सँगै बसेर गफ गर्न थाले । चिनिमाया अलिक खुल्दै गई सागरले चञ्चला र आफु एकदम राम्रो साथी भएको र चिनिमायाको वारेमा सबै कुरा थहा पाएसी चञ्चलाको अनुरोध टार्न नसकेर आफु आएको रहस्य खोल्यो । चिनिमायाले पाप र धर्मका कुर निकाली तर वहिनीका गम्भिर कुराको अगाडी उसको केही लागेन ।
दिदि तपाई जिवनभर पिडा बोकेर बाँचेको म हेर्न सक्दिन र चाहन्न त्यही हुनाले सागरलाई वल्ल वल्ल मनाएर लिएर आएको छु । अव जिवनभर पिडा मा बस्नु ठिक ठि एकैछिन आँखा चिम्लिएर जिवन का बाँकी समय खुशी हुने आफै विचार गर्नुस । यती भनेर चञ्चला उठी त्यहाँ सागर र चिनिमाया मात्र बाँकी रहे । चञ्चलाले बत्ति निभाईदिई र चोटाको ढोका बाहिर बाट लगाईदिई र आफु दलानमा गएर पल्टि । चिनिमायाले आँखा चिम्म गरि आकाशमा विजुली चम्कियो एकैछिनमा मुशलधारे वर्षा भयो लामो समयदेखी खडेरी परेको उर्वर जमिनमा वर्षाको पानिले भिज्दा मगमग वास्ना चल्यो । उर्वर जमिनमा पर्याप्त वर्षा पाएर अङ्कुराउन नसकेको विज ले पुनर्जिवन पायो र तत्कालै अङ्कुरण भयो जरा गाड्यो । वर्षौ देखी अनिदो रहेकी चिनिमाया ढुक्कको निन्द्रा निदाईन । भालेको डाँको सँगै विउझिँदा आफ्नो छेउमा चञ्चला नै सुतिरहेकी थिई जिउ असाध्यै दुखिरहेको थियो तर अत्यन्त मिठो दुखाई थियो त्यो । जिउ फुर्तिलो र चङ्गा भएको अनुभुती गरिन । दिनभर दिदि वहिनी गफ गर्दै विताए अर्को रात पुन चञ्चलाले आफ्नी अभागिनी दिदि को भाग्यलाई वर्षातको भेलमा हेलिदिईन । आज चिनिमाया आफैँ वर्षातको भेलमा हराईरहिन एक दुई तिन गर्दै धेरै पटक । भालेको डाँक सँगै अन्तिम पटक आफुलाई वर्षातको भेलमा डुवाँउदा आफु अत्यन्त पवित्र र भाग्यमानी भएको महशुस गरी । वर्षौँ सम्म खडेरी सहेकी चिनिमायाले जिवन मा पहिलोपल्ट कल्पना नगरेको महासागरमा डुबुल्की लगाउन पाई ढुक्क भई ।
दुई दिनको विदा पुरा गरि घर फर्किदा सासु ससुरा र हरिकृष्ण मात्र थिए । सावित्रिदेवी चिनिमाया माईत गएकै दिन आफु पनि माईति गईछिन् । नन्द साथिकोमा गएकी रे । सावित्रिदेवी को अनुपस्थिती मा त्यो रात सानो तिनो कष्ट वेहोर्नुप¥यो उसले । महासागर मा हेलिएर फर्केकी चिनिमायाको लागि त्यो सानो खहरे ले के पो गथ्र्यो । त्यही दिन त हो अर्को दिन त सावित्रिदेवी आईहालिन ।
केहि महिना पछि गाँउमा गाँईगुई चल्न थाल्यो । हरिकृष्ण का दुवै जहान हरु दोजिया भएका छन् । जेठी लाई पनि सौतेनी जोग रहेछ सौतानी दोजिया भएसी त जेठी पनि दोजिया भईछिन् ।
सावित्रिदेवी र चिनिमाया आफ्नो आफ्नो माईती गएर आएको १० महिना पुगेको दिन हरिकृष्णको घरमा मान्छेको भिड बढ्यो । चिनिमायाले छोरा जन्माईन गोरो राम्रो काखभरिको । त्यसको १ मिनेट पनि वित्न नपाँउदै सावित्रिदेवी ले छोरी जन्माईन साक्षात देवी जस्तै । हरिकृष्णको घरमा दुई ओटा खसी ढालियो मर्द भएकोमा पुरुषत्व प्रमाणित भएकोमा । चिनिमाया मुसुक्क हासिन त्यो महासागर को लागि जसले उसको भाग्यलाई चोख्याईदिएको थियो । सावित्रिदेवी हाँसिन अनि भर्खर जन्मेका दाजु वहिनी ले आफ्ना आफ्ना आमा लाई हेर्दै मुख कुच्याय । हरिकृष्ण पुरुषार्थी बाबु बनेकोमा  जोड जोड ले हाँस्न थाल्यो बाउआमा नाति नातिना पाएर हाँस्न थाले । सम्पुर्ण घर भरी पुरुषार्थी हाँसो गुञ्जियो ।
मिती २०७२।१०।०५ वुधवार

Read more ...
Designed By Basanta Subedi