Monday, December 22, 2014
मन फुरुंग भाको छ म के गरूँ ??
Sunday, December 21, 2014
फ्लाइट नं : QR ६५१
लंका फेरिएर आज कतार भा' छ
पियक्कड का कुरा बेग्लै
आफै ठुलो नबन न ..
मान्छे मरेपछि कहा जान्छ ?
कुनै बाहिरि प्रेरकको अभावमा जब हामिले कुनै कुरा देख्छौं तब त्यसलाई हामि मतिभ्रम भन्छौं ।यो यस्तो मानसिक स्थितिको द्योदक हो जुन भावनाको असामान्य अतिरेकबाट उत्पन्न हुन्छ ।यसमा कुनै एक भावना प्रवल हुनसक्छ जस्तो – भय क्रोध या प्रेम या एक भन्दा बढी भावनाको मिश्रणले पनि मतिभ्रम उत्पन्न गर्न सक्छ ।
एक नर्भस गृहणी बरण्डा या कोठामा चोरको चाल सुनेर धेरै जसो उठेर बस्नेछिन् । शेक्सपियरको म्याकवेथ नाटकमा म्याकवेथको दिमागमा रगतले लतपत भएको एक खन्जर यति स्पष्ट छ कि त्यसले मतिभ्रम उत्पन्न गरिदिन्छ र उनको मनमा डर भरिदिन्छ।
यसको बिपरित जब हामि कुनै भूत-प्रेतलाई देख्छौं तब हामीसमक्ष कुनै कुरा हुन्छ त्यसलाई अरु मानिसले पनि देख्न सक्छन् र यो हाम्रो इच्छाबिना नै बारम्बार देख्न सक्छौं ।
मतिभ्रम पुर्ण रूपमा ब्यक्तिनिष्ठ हुन्छ अरु मानिसले त्यसलाई देख्न सक्दैनन् । त्यसैले हामिले मतिभ्रम र भूत- प्रेतमा अन्तर गर्नुपर्छ र यी दुवैलाई अलग अलग बिषयका रूपमा बुझ्नुपर्छ ।
यहाँ हामि भूतप्रेतको बिषयलाई निम्न उद्दरणका साथ आफ्नो कुरा समाप्त गर्छौं – “बितेका १०० बर्षमा ब्रिटिश सोसाईटी फर साईकिकल रिसर्च र अन्य संस्थाद्वारा गरिएका अनेकौं अध्ययनका आधारमा – ‘के भूत-प्रेतको अस्तित्व छ?’ भन्ने आदिम प्रश्नको जबाफ ‘छ’ मा दिन सकिन्छ । भूतप्रेतको अस्तित्वको अनुभव गर्ने सैयौं सम्मानित मानिसहरूको साक्ष्यलाई आत्मभ्रम, झुठ या मिथ्या भनेर रद्द गरिदिनु एक दुराग्रह मात्र हुनेछ ।” -विश्व-प्रसिद्ध अनौठा रहस्य’ (सं. बिनिता पौडेल)
भो ! गाला तिम्रा खुम्चिएसी बल्ल चाल पाउली !
भौतिक रुप मा टाढा जादा
भौतिक रुप मा टाढा जादा भावनात्मक रुप मा पनि टाढा हुनु नि ! किन भौगोलिक दुरी को बाबजुत पनि सम्झना झन् झन् गाढा हुदै जाने होला ? म यहि कल्पना र परिकल्पनामा डुब्दा डुब्दै सुत्न सकिन ! प्रत्यक पल तिमि आउछौ , प्रत्यक समय तिमि आउछौ ! म आफै यो कुरा लाइ अन्त्य गर्न सकिरहेको छैन ! प्रत्येक निन्द्रा लाइ बिगार्न र मलाई अझै पागल बनाउन अनि हर समय भौतारिन बाध्य बनाउने त्यो तिम्रो कुटनीति ! के अरु केहि नगरु म ! केवल तिमीलाई सम्झिरहू ?? कृपा गरेर मेरो सम्झना मा आउन छाडिदेउ न हुन्न र ?
तिमि हाँसे संसार हास्छ
जोडेको नाता किन पो तोड्यौ भन ए निष्ठुरी
खहरे को भेल बढ्दा …
श्रीजनशील हात र मन भएर के भो यहा
Thursday, September 11, 2014
गोल्डेन एंगल
“१५ सेकेन्ड रे ! म १ सेकेन्ड पनि कुर्न सक्दिन”
“नसक्दा के हुन्छ ?”
“मेरो राजा ! म तपाईलाई एक सेकेन्ड कुर्दा पनि सास रोकिन्छ ! भन्नुस म के गरौ ?”
“एक पटक सास रोकेर हेर न”
“मतलब मलाइ मर भन्नुभो ?”
“मर्छु ! अहिले नै मर्छु ! तर म हजुर को आखा बाट टाढा जान सक्दिन ! मलाइ हजुर को काख मै मर्ने अनुमति दिनुस”
“लाटी ! मलाइ के सोचेकी ?”
“एउटा पत्रकार ! माया को महत्व नबुझ्ने पत्रकार !”
“त्यसो भए म जाउँ ?”
“मैले समातेको छु र ?”
“तिमीले होइन तिम्रो मन ले समातेको छ काली !”
“मेरो मन तपाइको जिम्मामा छ ! आफ्नो अनुकुल प्रयोग गर्नुस !”
“ओके बाबा ! त्यसो भए कहा जाने ?”
“तपाइको खुसि जहा भन्नुहुन्छ !”
“धुलिखेल ?”
“टाढा हुन्छ ! बेलुका आउन अबेर हुन्छ !”
“कहिँ नजाउ ! यसो गरौँ ! चिडियाखाना जाउँ न तिम्रो साथीहरु को नियास्रो लागेको होला “
“त्यहा मेरो को साथि छ ?”
“छ नि त्यो तार को बार भित्र छन् नि अस्ति तिमीले बदाम दे’कि !”
“?????”
“पुच्छर भाका तपाईका साथि हुन् भनेर पो बदाम खान दे’को”
“नट्टी गर्ल”
“यु नट्टी”
“ओके बाबा ! सेम टु यु”
“ल ल ! भो अब बरु चोभार जाउँ ल ?”
“ओके मेरो राजा”
किर्तिपुर बाट फर्पिंग को बस चढेर चोभार पुग्न बढीमा २० मिनेट ! बस अत्यन्त भिड थियो ! काठमांडू बस्न थालेदेखि नै एउटा मोटरसाइकल को रहर गरेको कहिले नि सकिएन ! सधै को उही समस्या ! जहिले कोठा भाडा तिर्न पैसा नहुने ! हजुर्बा को पाला मा एउटा छाप्रो हालेर यता बसिदे’का भए नि कमसेकम आफ्नो घर त हुन्थ्यो नि ! असत्ति बुढा !
“ल ल ! चोभार झर्नुस”
कन्डक्टर भाइको आवाज ले झसङ्ग भएँ ! भिड मा पेलिएर संजु बस को पछाडी पो पुगीछिन ! म त कल्पना मै पो हराएछु !
मन्जुश्री गुफा मन्जुश्री ओढार जलबिनायक मन्दिर अनि त्यसको वरपर घुमिरहेका परेवा का बथान ! बागमती को हल्का नाक बिझाउने गन्ध अनि रंगी बिरंगी का केटा केटि हरु को भिड बाट निस्केको जात जात को परफ्युम को गन्ध बीच तालमेल नमिलेर अर्कै खाले वाक्क लाग्ने गन्ध बनेको !
“मलाइ त भोक लाग्यो ! केहि खुवाउनु हुन्न ?”
“यता नजिक को होटेल मा केहि छ कि ?”
“एस ! मो:मो !”
बरखी बारे जस्तो सेतो अनि भित्र अलि अलि मासु मिसिएको जस्तो स्वादिलो ! १० ओटा गनौटा डल्ला घाटि हुदै पेट सम्म को यात्रा मा रम्दै थिए !
खल्ती मा रहेको सानो ब्ल्याक एण्ड व्हाइट नोकिया बज्यो !
अफिस बाट रहेछ ! बिबेक जी तपाइँ तत्काल फर्पिंग पुग्नुस त्यहा जरुरि समाचार छ ! बोक्सी काण्ड को ! अरु को भन्दा अगाडी हाम्रो ब्रेकिंग न्युज बन्नु पर्छ !
नाइँ भन्न मिलेन !
“संजु ! म के गरौ”
आवाज आएन ! हिडेर सडक सम्म आइपुग्दै मा एउटा निलो पल्सर हाम्रो अगाडी रोकियो !
“ओ संजु ! तिमि यहा !”
संजुकै कलेज को साथि जेम्स थियो म चिन्दथें !
“घर जाने होइन ? ल हिड म पुर्याइदिन्छु”
संजु फटाफट बाइक को पछाडी बसिन ! पल्सर एकैछिन मा भन्ज्याङ्ग काटेर गाएब भयो !
म बस चढेर फर्पिंग पुगें ! हाकिम ले भनेजस्तै ब्रेकिंग न्युज हाम्रै पहिलो बन्यो ! अनि संजु संग को भेट अन्तिम !
बल्खु बाट पुरानो बस मा उभिएर चोभार सम्म गरेको यात्रा भन्दा चोभार बाट बल्खु हुदै सितापाइला सम्म धनि बाउ को छोरा जेम्स संग को मोटरसाइकल यात्रा अबस्य नै रोमान्चक थियो जुन यात्रा संजु को जिबन को गोल्डेन एंगल बनिदियो ! एउटा श्रमजीबी संग पुराना सिटि बस चढेर जिबन भर हिड्नुपर्ने सम्भाबना लाइ आजैको मिति बाट अन्त्य गरेको घोषणा गर्न १० शब्द को मोबाइल संदेश नै प्रयाप्त हुनेरहेछ !
Wednesday, September 10, 2014
मोबाइल कस्तो चलाउने ?
सिरानीको खाम
“तलाई काली तेरो पारा त ठिक छैन नि के हो ??”
सानो भाइको कुरा सुन्दा म छक्क पर्नु स्वाभाविक थियो म भन्दा निकै सानो भाइ तर ….
“किन मैले के गरे ओइ ?”
“छोरी मान्छे भएर केटा हरु संग मस्किदै हिडेकी रे ”
“अनि ?”
“मैले तपाइको एउटा कुरा थाहा पाए नि ”
“निनी ! तपाइको नाम मा एउटा केटा को चिठ्ठी आ’को थ्यो”
“अनि ? खै त चिठ्ठी ?”
केहि बोलेन सरासर भित्र गएर एउटा खाम र खोलिसकेको चिठ्ठी ल्याएर मेरो हात मा राखिदियो !
“निनी मैले आफै पढेको मात्र हो अरु कसैलाई देखा’को छैन ! सत्य !”
“प्रिय सानी ! हुन त म तिम्रो नजर बाट सधै को लागि गिरेको छु ! मलाइ केहि आपत्ति छैन म तिम्रो नजर मा सदैब गिरेर पनि खुसि हुनेछु ! तिमि संग का प्रत्येक भेट अनि सम्झना हरु लाइ सकुशल संगालेर तिमि बाट टाढा हुदैछु ! मलाई यो ठाउ छोडेर काही जान मन त थिएन तर के भयो के जुन दिन तिम्रो न्यानो माया को संघार बाट बाहिर निस्किएँ त्यो दिन त्यो पल नै म मरिसकेको थिएँ तर पनि घिसृदै थिएँ अनवरत तर अब धैर्यता ले आफ्नो सिमा नाघ्न थाल्यो !
हरेक पल जब म आफ्नो काम मा निस्किन्छु आफ्नो बाटो मा निस्किन्छु म जहा पुग्छु त्यो ठाउ तिमि र म पहिले नै गइसकेको ठाउ मात्र पर्छ ! हो अनि मलाइ के हुन्छ होला ! म आफुलाई सम्हाल्न सक्दिन ! म हरेक मोड हरेक पल हरेक चौतारी मा प्रत्येक पटक मर्न सक्दिन ! नसक्ने भएँ ! अनि मैले बाध्य भएर यो ठाउ छाड्ने निष्कर्ष मा पुगें !
म आजै राति को बस बाट बिराटनगर जादै छु !
राम्रो संग बस्नु ! जिबन मा कहिले नि नहार्नु ! मलाइ तिमीले हारेको मन पर्दैन ! सदैब खुसि हुनु !
यो छोटो जिन्दगि मा बिदा मागें ! पृथ्वी गोलो छ ! भाग्य ले जुराएछ भने तिम्रो दर्शन अबस्य गर्न पाउनेछु !”
बिदा !
ति शब्द मिश्रीत रहेका छोटा वाक्य ले पूर्ण पत्र लाइ च्यात्न सकिन अझै जतन गरि मिलाएर खाम मा हाले अनि सरक्क सिरानीमुनि घुसारेर आफु त्यहि सिरानी मा ढल्किए ! मलाइ त्यो सिरानी लाइ छोडेर उठ्ने मन भएन किन किन असाध्यै प्यारो लाग्यो !
अगी भर्खर को भोक हरायो केहि खान मन नै लागेन !
समिर ले मोबाइल मा फोन गर्यो २/३ पटक गरिरह्यो मैले उठाउने रहर राखिन !
उसको सामिप्यता लाइ चटक्क छाडेर आफ्नै सहकर्मी समिर संग को जिबन सोचेर उसलाई गरेको अपशब्द जसले गर्दा उसले आज यो सहर छोडेर गयो सिर्फ मेरो खुसि को लागि !
उसले के गरेन मेरो लागि ! दुनिया को हर चिज मेरो लागि अनुकुल बनाउन खोज्यो ! सुन्दर जिबन को खातिर के गरिदिएन ! उसैले खोजिदिएको जागिर को दौरान भेटेको समिर संग को दैनिक भेटघाट ले उसैलाई मन दुखाउन सक्ने अपराधिनी पो भएँ !
कसै संग बोल्ने मन भएन ! ममीलाई मैले अफिश मै खाजा खाएको बेलुका खाना नखाने बताएँ ! जिबन मा पहिलो पटक भोक हराएको अनुभूति संगालें !
रात छिप्पिदो रह्यो ! निन्द्रा ले बिदा मात्र लि’रह्यो ! राति को ११.३० भएछ ! उठें, पानि पिएँ, टिभी खोलें !
टिभी मा आखा परेको मात्र थियो : “काठमांडू बाट बिराटनगर को लागि छुटेको रात्रि सेवाको बस त्रिसुली नदीमा खस्दा बस मा सवार सबै २९ जना बेपत्ता”
मुटु अनायासै चस्कियो ! चिसो भयो म थचक्क भुइँ मा बसेर उसको मोबाइल मा सम्पर्क गरें ! “माफ गर्नुहोला तपाइले सम्पर्क गर्नु भएको मोबाइल को स्विच अफ गरिएको छ” दर्जनौ पटक टेलेकम ले यहि कुरा दोहोर्यायो !
सिरान मुनि हात हालेर अगिको चिट्ठी खोलें : “राम्रो संग बस्नु ! जिबन मा कहिले नि नहार्नु ! मलाइ तिमीले हारेको मन पर्दैन ! सदैब खुसि हुनु ! यो छोटो जिन्दगि मा बिदा मागें ! पृथ्वी गोलो छ ! भाग्य ले जुराएछ भने तिम्रो दर्शन अबस्य गर्न पाउनेछु !”
त्यसपछि के भयो ज्ञान भएन ! ब्युझिदा शिक्षण अस्पताल को बेड मा थिएँ !
मेरो जिबन लाइ तिमीले खालि बनायौ
माया दिने मन लाइ लौ जाली बनायौ !!
प्रेम का शब्द हरु तिम्ले गालि बनायौ !!
बतास ल्याई भाचिएको डाली बनायौ !!
अर्कैलाई तिम्ले दिलको माली बनायौ !!
जिबन अर्कैको हालीमुहाली बनायौ !!
तिज पर्ब, मह्त्व अनी बिशेषता !
यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी/चेली लाई घरमा बोलाएर मीठा-मीठा परिकार ख्वाउँने तथा मनका भावना एवं सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन छ । यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ। यहि दर खाने दिन बाट नै तिज पर्वको आरम्भ भएको मानिन्छ। दरमा खीर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाँउ अनुसार विभिन्न मिठा-मिठा परिकार खाने गरिन्छ। तर आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ। सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो।
तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषिपञ्चमी लाई पनि तीज पर्वकै रूपमा मनाइन्छ । खास गरी यसमा स्त्रीहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वती सँग प्रार्थना गर्दछन् । यो दिन महिलाहरु विहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरी जल अन्न ग्रहण नगरी ब्रत बस्ने गदैछन । बेलुकी पख घर टोल र छिमेकका महिलाहरु भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ । निर्जला ब्रत भनिएपनि आजभोली महिलाहरु मध्यान्हमै पुजा आराधना पश्चात फलफूल ग्रहण गर्ने गर्दछन । कतिपय महिलाहरु नजीक रहेको शिवमन्दिरमा गई शिव आराधनाका साथै नाच गान तथा रमाईलो गर्ने गर्दछन् । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा महिला ब्रतालुहरुको ठूलो भीड हुने गर्दछ ।
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन्। यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।
हाम्रो समाजमा तीज महिलाहरूद्वारा मनाइने एउटा पर्व हो। आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ। यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ। तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। तीजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन्। ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ। तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ। यस दिन पानीसम्म पनि नखाई ब्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरु महादेवको पुजा आराधना पश्चात फलफुल ग्रहण गर्दछन् । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ।
ब्रतकथा
पौराणिक कालदेखि चलिआएको तीजको ब्रतकथा यसप्रकार रहेको छ। यो ब्रतको महात्म्यको कथा भगवान शिवले पार्वतीजीको पूर्वजन्मको स्मरण गराउने उद्देश्यले यसप्रकार भन्नु भएको थियो। हे गौरी ! पर्वतराज हिमालयको घर अर्थात तिम्रो माइतमा बस्दा गंगातटमा तिमीले आफ्नो बाल्यावस्थामा अधोमुखी भई घोर तपस्या गरेकी थियौ। उक्त अवधिमा तिमीले कुनै अन्नपानी नखाई केवल हावाको मात्र सेवन गरेकी थियौ र मात्र सुख्खा पत्ताहरू चबाई दिनहरू काटेकी थियौ। माघको चिसोमा तिमीले निरन्तर जलमा प्रवेशगरी तप गर्यौ, बैशाखको शरीर जलाउने गर्मीमा पञ्चाग्निद्वारा शरीर तपायौ। साउनको मुसलधारे वर्षामा खुल्ला आकाशमुनि बिना अन्नपानी व्यतीत गर्यौ। तिम्रो यो कष्टदायक तपस्या देखेर तिम्रा पिता धेरै दुःखी र चिन्तित हुने गर्दथे। तब एकदिन तिम्रो तपस्या तथा तिम्रा पिताजीको दुःख र चिन्तालाई मनन गरी नारदजीले तिम्रा घरमा आउनुभयो। तिम्रा पिताले नारदजीलाई घर आउनाको कारण सोध्नुभयो र प्रत्युत्तरमा नारदजीले भन्नुभयो “ हे गिरिराज ! म भगवान विष्णुले पठाएर यहाँ आएको हुँ। तपाईँकी छोरीको घोर तपस्याबाट प्रसन्न भई स्वयं भगवान विष्णु उनीसँग विवाह गर्न चाहनुहुन्छ। यसबारे म तपाईंँको राय जान्न चाहन्छु।” नारदजीका कुरा सुनेर तिम्रा पिताले अति प्रसन्नताकासाथ भन्नु भयो। श्रीमान् यदि स्वयं विष्णु भगवान मेरी कन्याकासाथ वरण गर्न चाहनुहुन्छ भने मलाई कुनै आपत्ति छैन। उहाँ त साक्षात् परब्रह्म हुनुहुन्छ। यो त हरेक अभिभावकको पिताको इच्छा हुन्छ कि उसकी छोरी सुखसंम्पदाले परिपूर्ण पतिका घरकी गृहलक्ष्मी बनून् र आफ्नो जीवनसाथै पति र परिवारको सुखकी कारण बनून्। नारदजीले तिम्रा पिताको स्वीकृति पाएपछि भगवान विष्णुसमक्ष गई विवाह टुङ्गो लागेको समाचार सुनाउनु भयो। तर विष्णुसँग आफ्नो विवाह हुन लागेको थाहा पाएपछि तिमी असाध्यै दुःखित भयौ। तिम्रो दुःखको कुनै ठेगान भएन। अति दुःख, चिन्ता र कष्टमा तिम्रा दिनहरू बित्न थाले।
महत्त्व
हाम्रो समाजमा तीज महिलाहरूले मनाउने एउटा महत्वपूर्ण पर्व हो। आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ। यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तीजपर्वको गहन महत्व रहेको छ। तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ। महिलाहरूलाइ पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत वसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी ब्रत बस्छन। ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दानदक्षिणा गर्ने चलन रहेको छ।
ऋषिपञ्चमी
शास्त्रअनुसार १२ महिनाको रजस्वलामा अन्जानवस कति कुरा छोइएको हुन सक्छ। उक्त पापबाट मूक्त हुन भाद्र शुक्ल पञ्चमीको दिन ३६५ वटा दतिवन तोकी माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउनु पर्छ र यसको पनि थुप्रै विधिहरू छन। तर मूलतः ३६५ वटा दतिवनका डाँठ तोकेर खोलामा बगाउनु, माटो र गोबरले शरीरका सबै अंगहरू सुद्ध गर्नु, चाल्नीमा गनौती (गनिएका तिलचामल र जौ) राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउनु र सप्तऋषीको पूजा गरेपछि महिलाहरू पूर्णरूपमा सुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ। वास्तवमा भन्ने हो भने तीज आफैंमा एक सुन्दर पर्व हो र यसलाई व्रतमा परिणत भएको भए पनि फलफूल ग्रहण गरेर दिनभरि बस्नमा पनि वैज्ञानिक हिसाबले हेर्दा फलदायक नै देखिन्छ। नारीहरूले रातो टीका रातो कपडा, रातो चुरा, पोते आदि सबै रातै रंगमा सजिनु तीज पर्वको रंग हो। नारीहरू त्यस दिन नाचगान गर्दै हर्षोल्लासकासाथ दिनभरि भोकै बसी श्रीमानको दिर्घायुको कामना गर्नु नै विशेष यस तीज पर्वको सन्देश मानिन्छ।
Saturday, September 6, 2014
लघुवित्त : नेपालको सन्दर्भमा
लघुवित्त भनेको गरिबहरूलाई कर्जा दिनु, वचत गरिदिनु र अन्य आधारभूत
वित्त सेवा उपलब्ध गराउनु हो । लघुवित्त गरिबप्रति लक्षित हुन्छ। गरिबहरूले
अनौपचारिक किसिमले वचत गर्दछन् र प्राय: गरी घरेलु जनवार, सुन, गरगहना तथा पैसासँग
सजिलै साट्न सकिने वस्तुहरूमा लगानी गर्दछन्। यस्तो अनौपचारिक वचत सधैं लाभदायक
नहुन सक्छ किनभने उनीहरूले लगानी गरेका वस्तुहरूलाई आवश्यकता पर्ने बित्तिकै
तत्काल नगदमा परिवर्तन सकिने सम्भावना कम हुन्छ भने सुन, गरगहना आदिको बजार मूल्य
घटबढ भइरहने, घरपालुवा जनवारहरूलाई रोग लाग्न सक्ने वा आगलागी वा प्राकृतिक
प्रकोपका कारण त्यस्ता वस्तुहरू नासिएर जाने सम्भावना भएकाले नोक्सानी बेहोर्नु
पर्ने हुन्छ।
नेपालका सन्दर्भमा लघुवित्त
सन् १९५०-१९६० को दशकदेखि सहकारी संस्थाहरूले र सन् १९७०-१९८० को
दसकसम्म साधारण बैङ्कहरूले लघुवित्त सेवा प्रदान गर्दै आएका छन्। सन् १९८० मा गरिब
तथा महिलाहरूलाई वित्तीय तथा बैङ्किङ सेवाबारे जानकारी दिएर सहयोग गर्ने
उद्देश्यले कतिपय परीक्षण परियोजना र अभियानहरू लागु गरिए। तर केही गरिब समूह
यसबाट लाभान्वित भए पनि अन्तत: यी सेवाहरू प्रभावकारी हुन सकेनन्।
सन् १९९० को दशकभरि र २००० को दशकका पूर्वार्द्धमा गरिब तथा
महिलाप्रति लक्षित वित्तीय सेवा सुदृढ गर्नका लागि सरकारले पाँचवटै विकास
क्षेत्रमा गरिब तथा महिलाहरूलाई लघु-कर्जा सेवा उपलब्ध गराउने एक मात्र उद्देश्यले
ग्रामीण ढाँचामा आधारित एक एकवटा क्षेत्रीय विकास बैङ्कको स्थापना गर्योल। अन्तत:
यी क्षेत्रीय विकास बैङ्कहरूलाई निजीकरण गरेर 'घ' वर्गका वित्तीय संस्थाका रूपमा
लाइसेन्स प्रदान गरी लघुवित्त विकास बैङ्कमा रूपान्तरित गरियो।
सन् २००० को दशकको पूर्वार्द्धपछि लगत्तै थुप्रै निजी लघुवित्त
गैरसरकारी संस्थाहरू लघुवित्तसम्बन्धी कार्यक्रम लिएर अस्तित्वमा आए। ग्रामीण
ढाँचा अन्तर्गत निर्धन उत्थान बैङ्क, Center for Self-help Development (CSD )
जस्ता गैर सरकारी संस्थाहरूले सफलतापूर्वक लघुवित्त कार्यक्रम लागु गरे र ती पछि
गएर लघुवित्त विकास बैङ्कका रूपमा रूपान्तरित भए। त्यसैगरी अरु लघुवित्त विकास
बैङ्कहरू, छिमेक विकास बैङ्क लिमिटेड (CBB), Deprosc Bikas Bank (DBB) र Nerude
Microfinance Development Bank Ltd. (NMDB) को स्थापना गरियो।
सन् २००० को दशकको पूर्वार्धमै थोक कर्जा प्रवाह गर्ने संस्थाहरूको
पनि स्थापना गरिएको थियो। सन् १९९१ मा नेपाल राष्ट्र बैङ्कले गैरसरकारी संस्था तथा
सहकारीहरूलाई आर्थिक सहयोग गर्नका लागि Rural Self-Reliance Fund (RSRF) को
स्थापना गर्यो१। Rural Microfinance Development Center (RMDC) सरकारी-निजी
साझेदारी कार्यक्रम अन्तर्गत सन् १९९८ मा स्थापना भएको एउटा त्यस्तै थोक लगानी
गर्ने संस्था हो। यसमा नेपाल राष्ट्र बैङ्कको २६% सेयर रहेको छ भने बाँकी सेयर
विभिन्न १३ वटा वाणिज्य बैङ्कहरूको रहेको छ। साना किसान सहकारी लिमिटेड लगानी
गर्ने उद्देश्यले सन् २००१ मा साना किसान विकास बैङ्क लिमिटेडको स्थापना भएको हो।
त्यसैगरी देशभरिका सहकारी संस्थाहरूलाई सहयोग गर्ने र आर्थिक लगानी गर्ने
उद्देश्यले सन् २००३ मा National Cooperative Development Bank (NCDB) को स्थापना
गरिएको थियो।देशको केन्द्रीय बैङ्कका रूपमा रहेको नेपाल राष्ट्र बैङ्कले लघुवित्त
विकास बैङ्कहरू र Financial Intermediary NGOs (FINGOs) लाई नियन्त्रित गर्दछ भने
साना किसान सहकारी लिमिटेड तथा वचत तथा ऋण सहकारी संस्थाहरू सहकारी ऐनद्वारा
निर्देशित हुन्छन्।
देशका सबै खाले लघुवित्त सेवा प्रदायकहरूले MFDBs, FINGOs, SFCL, and
SACCOs द्वारा नियन्त्रित Microfinance Institutions (MFIs) का रूपमा कार्य
गर्दछन्।
निर्धन उत्थान बैङ्क लिमिटेड, छिमेक विकास बैङ्क लिमिटेड र
स्वावलम्बन विकास बैङ्क देशकै प्रमुख तीनवटा लघुवित्त संस्थाहरू हुन्।
लघुवित्त संस्थाहरूले प्राप्त गर्ने कुल कर्जामध्ये क्षेत्रीय सरकारी विकास बैङ्कहरूले एक चौथाइ रकम उपलब्ध गराउँछन्। लघुवित्त विकास बैङ्कहरूले लगभग ५०% ऋणीहरूलाई कर्जा उपलब्ध गराउँछन् भने बाँकी ऋणीहरूले वित्तीय गैरसरकारी संस्था तथा सहकारी संस्थाहरूबाट कर्जा प्राप्त गर्दछन्।
२०७१ भदौ २१, शनिवार