ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Sunday, December 19, 2010

आजको समाचार : किनकि भोलि कहिले आएन

दैनिक घन्टौ लोडसेडिङ्ग, तेल भर्ने सवारी साधनले गर्दा सँधै जसो सडक अवरुद्द, विजुली र तेलको अभावमा स्कुल, कलेज, कलकारखाना वन्द, अफिसको काम ठप्प अनि लाखौँको सङ्ख्यामा युवाहरु रोजगारीको लागी विदेश पलायन यही हो आजकल बन्ने समाचार । संसारको दोश्रो जलश्रोतमा धनि देश नेपालमा खानेपानी को अभाव जलविधुतको त कुरै नगरौँ, बत्ति आउने दिन र चाड पर्व उस्तै उस्तै हुन लाग्यो । किन देशले प्राकृतिक सम्पदाको उपयोग गर्न सक्दैन ? नेपालमा पनि पेट्रोलियम पदार्थ पाईने सम्भावना छ भन्ने सुनिएको छ । नेपालमा थोरै मात्र भए पनि पाउन सकिने ग्याँस एवं खनिज तेलको खोजी किन गर्न नसकिएको ? विकाश निर्माणमा लगाउने पैशा महँगो पेट्टोलियम पदार्थ किन्न खर्च गर्दा पनि किन सँधै हाहाकार ? पेट्टोलियम पदार्थको व्यापारमा किन आयल निगमको एकाधिकार ? भारतबाट मात्र किन पेट्टोलियम पदार्थको आयात गरिन्छ ? के चिनवाट आयात गर्न सकिन्न ? पेट्टोलियम पदार्थको आयातमा निजि क्षेत्रलाई पनि सहभागी गराँउदा कसो होला ? कि आयल निगमको मनोमानी सकिन्छ कि भनेर हो ? मलाई लाग्छ जवसम्म पेट्टोलियम पदार्थको बजारमा अर्को आयातकर्ताको जन्म हून्न र जवसम्म अन्य मुलुकवाट पनि आयात गर्ने व्यबस्था गरिन्न तवसम्म समस्याको समाधान हुनेवाला छैन, आयल निगममा घाटा हुन छाड्ने छैन र विकाशमा खर्च गर्नुपर्ने पैशा महँगो तेल खरिदमा गयको गयै हुन्छ ।

आज लाखौँ नेपाली वेरोजगार युवाहरु विदेशिएका छन् । पहाडका नाङ्गा पाखाहरु अझै नाङ्गिएका छन् जहाँ सजिवनका विरुवाहरु लगाउन सकिन्छ । नेपालमा पाईने एक वनस्पती प्रजाती ( सजिवन) को दानावाट निस्कने तेललाई डिजेलको रुपमा प्रयोग गर्न सकिन्छ । के सरकारले सजिवन जस्ता पेट्टोलियम पदार्थको रुपमा प्रयोग गर्न सकिने वैकल्पिक वनस्पति एवं कृषी जन्य वस्तु को उत्पादनमा सहयोग गर्न सक्दैन र ? अनि अनुदान दिएर युवाहरुलाई यस्तो कार्यमा उत्साहित गराउन सकिँदैन ? पहाडि कान्ला र वारीका डिलहरुमा सजिलै लगाउन सकिने र प्रशस्तै फलाउन सकिने यस्तो कृषीजन्य वस्तु को उत्पादन एवं प्रशोधनमा सरकारले उचित सहयोग गर्ने हो भने युवाहरुमा केहि गर्ने जोश पलाँउथ्यो महँगो पेट्टोलियम पदार्थको आयातलाई कम गर्न सकिन्थ्यो साथमा रोजगारका नयाँ अवशरहरु सिर्जना हुन्थे युवाहरु रोजगारका लागि विदेशिएको देख्नु पर्दैनथ्यो । नयाँ नेपालको परिकल्पनामा कृषी सँगै जोडिएर आउने यस्ता अवशरहरुको उपयोग गर्न सके केहि हुन्थ्यो कि त्यता तिर पनि सोच्दा कसो होला ? 

२०६७ पुष ४, आइतवार

कान्तिपुर दैनिकमा पाठक प्रतिक्रियामा प्रकाशित

Read more ...

Sunday, September 19, 2010

विवाहको गलत संस्कार र युवा मानशिकता

आजको एक्काईसौँ शताब्दीका किशोर किशोरी हरु जसमा हरेक समय गर्लफ्रेण्ड ब्वाईफ्रेण्ड परिवर्तन गरिरहने चाहना हुन्छ । आजका युवा पुस्ता आफ्नो वाईकको पछाडीको सिटमा हरेक क्षण फरक फरक सुन्दरी लाई राखेर हिड्ने चाहना गर्छन् अनी किशोरी हरु धनि केटाहरुकै पछाडी हुन्छन् जसको साथमा बाबु आमाको टन्न धनसम्पति होस् आधुनिक वाईक होस् जसको पछाडी बसेर आनन्दले सयर गर्न पाईयोस् नाम त प्रेमकै हुन्छ तर त्याहाँ प्रेम नभएर केवल शारिरिक आशक्तीको हुन्छ शहरमा खुलेका सयौँ ब्युटिपार्लरको कमाल त्यहाँ देखिन्छ अनि पश्चिमा समाजको झल्को लाग्छ । आजको यो नयाँ पुस्ताका लागि वैदिक विवाहको त कुरै छाडौँ एकान्त कतिवेला पाईन्छ र आप्mना मनका रङ्गिन दुनियाँका शब्दहरु एक अर्कामा पोखौँमा आतुर हुन्छन् । हाम्रो पुरुष प्रधान समाजले धर्मशास्त्रको नाममा नारीमाथी गर्दै आएका दुष्प्रचारहरु अनि थिचोमिचो हरु एकातिर छ भने अर्कातिर पश्चिमा समाजको खुल्ला परिवेश लाई अँगाल्न आतुर नेपाली युवा समाज धर्मशास्त्रको खुलेर विरोध गर्न पनि पछि पर्दैनन् । हामि युवा पुस्ताले धेरै कुरा सिक्नु पर्छ र त्यसका लागि विभिन्न माध्यमलाई प्रयोग गर्नु पनि पर्छ । सिक्ने नाममा र अनुशरण गर्ने नाममा अन्धाधुन्ध विकृती लाई अङ्गिकार गर्नु सभ्य बन्नु को नाममा कलङ्कको श्रृजना गर्नु हो । यदि हामिले सभ्य र विकसित समाज वनाउनु नै छ भने पश्चिमा समाजवाट वैज्ञानिक चमत्कार लाई सिकौँ हाम्रा धर्म, संस्कृती, र रितिरीवाज मा भएका उत्तम कुराहरुलाई अँगालौँ । धर्मशास्त्र भित्र भएका मिथ्या आरोप हरुलाई अन्धाधुन्ध विश्वाश नगरौँ, अध्ययन गरौँ, तिनिहरुको अनुसन्धान गरौँ र यो विचार गरौँ कि कुनै पनि धर्मले नराम्रो कुरा सिकाएका छैनन् केवल तिनलाई ब्याख्या गर्नेले गलत ब्याख्या गरिदिए, जुन ब्याख्यालाई आधार मानेर हामि धर्मलाई मिथ्या मान्छौँ तर धर्मले सभ्य समाजको निर्माणमा ठुलो योगदान पुर्याउछ र यो पनि विचार गरौँ धर्मशास्त्र भित्रका कुनै पनि विषयवस्तु हाम्रा दुरर्दिर्श पुर्वजको लामो अनुसन्धान पछिको प्राप्ती हो । सभ्य समाजको लागि आवश्यक पर्ने सामाजिक वन्धन हो अनि सामाजिक कानुन हो । 

२०६७ असोज ३, आइतवार



Read more ...

Friday, May 21, 2010

माया दियौ साथ दियौ प्रसम्सा गरौ कसरी

माया दियौ साथ दियौ प्रसम्सा गरौ कसरी
फराकिलो प्रेम को खाडल म भरौ कसरी ।।

यती धेरै प्रेम को मुल्य कसैले सोध्यो भने
धमिलो यो जिबनको भेल म तरौ कसरी ।।

मायाको आसामा तड्पिएर बसिरहेको म
पुरै जिबन बिताउने भर मा परौ कसरी ।।


तिम्रो साथ मा अजमबरी पाएको यो जिबन
मायाको प्यासमा तड्पिएर म मरौ कसरी ।।

यदी कसैको जिबनमा फुल बन्नु छ भने
कोपिलामै हाँगा भाची अहो म झरौ कसरी ।।

सुबाश उडिसकेको जिबनको आसा देखाइ
तिम्रो जिबन बिच बहार छरौ कसरी ।।

२०६७ जेठ ७, शुक्रवार
Read more ...
Designed By Basanta Subedi