ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Thursday, October 26, 2023

लघुवित्त वित्तीय संस्था को काम कर्तब्य अधिकार

बैंक तथा वित्तिय संस्था सम्वन्धि ऐन २०७३ परिच्छेद ७, दफा ४९ ले बैंक तथा वित्तिय संस्था का काम, कर्तव्य तथा अधिकार हरु निर्दिष्ट गरेको छ । जसअनुसार लघुवित्त वित्तीय संस्था को काम कर्तब्य अधिकार हरु लाई निम्न वमोजिम निर्धारण गरेको छ :

यो ऐन, प्रबन्धपत्र, नियमावली र राष्ट्र बैंकले तोकेको सीमा, शर्त तथा निर्देशनको अधीनमा रही “घ” वर्गको वित्तीय संस्थाले देहाय बमोजिमको बैंकिङ्ग तथा वित्तीय कारोबार गर्न सक्नेछः–

(क) राष्ट्र बैंकले तोके अनुसारको परियोजना, बचत कायम गरेको समूह वा समूहको सदस्यलाई लघु व्यवसाय सञ्चालन गर्न कुनै चल अचल सम्पत्ति सुरक्षण वा जमानत लिई वा नलिई लघुकर्जा दिने,
(ख) बैंक वा वित्तीय संस्था वा स्वदेशी वा विदेशी संघ वा संस्था आदिबाट कर्जा वा अनुदान प्राप्त गर्ने र त्यस्तो कर्जा वा अनुदान लघुकर्जा वितरणमा वा सो कार्यलाई प्रभावकारी बनाउने काममा प्रयोग गर्ने,
तर विदेशी संघ वा संस्था आदिबाट कर्जा वा अनुदान लिनु अघि राष्ट्र बैंकको स्वीकृति लिनु पर्नेछ ।
(ग) लघुकर्जा उपलब्ध गराउनु अघि जुन कार्यको लागि कर्जा माग भएको हो सो सम्बन्धी कार्यको मूल्याङ्कन गर्ने र त्यस्तो कार्यको सम्भाव्यता छ, छैन पहिचान गर्ने,
(घ) लघुकर्जा परिचालन सम्बन्धमा समूहलाई आवश्यक पर्ने सेवा तथा परामर्श प्रदान गर्ने,
(ङ) लघुकर्जा समयमा असुल उपर गर्नेतर्पm आवश्यक कारबाही गर्ने,
(च) राष्ट्र बैंकको स्वीकृति लिई राष्ट्र बैंकले तोकिदिएको शर्त बन्देजको अधीनमा रही निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुक्तानी दिने,
(छ) पूँजीकोष पुरा गर्ने प्रयोजनका लागि शेयर, डिबेञ्चर, ऋणपत्र आदि जारी गर्ने,
(ज) आफू तथा अन्य कुनै बैंक वा वित्तीय संस्थाबाट कर्जा वा कुनै प्रकारको सुविधा लिने ऋणी वा ग्राहकको विवरण सूचना वा जानकारी राष्ट्र बैंक, सम्बन्धित निकाय वा अन्य बैंक वा वित्तीय संस्थाबीच लिने दिने,
(झ) राष्ट्र बैंकले तोकेको अन्य काम गर्ने ।


त्रिभुवन विश्वविद्यालय, कानुन सङ्काय अन्तर्गत स्नातक तह तेश्रो वर्ष  का लागि नेपाल ल क्याम्पस, प्रदर्शनिमार्ग, काठमाण्डौ मा पेश गरिएको शोध पत्र (प्रतिवेदन) : नेपाल मा लघुवित्त क्षेत्रमा रहेका कानुनी व्यवस्था हरु को विषयमा एक अध्ययन (२०७५) बाट साभार गरिएको 


Read more ...

बैंक तथा वित्तीय संस्था को अर्थ र इतिहास

बैंक तथा वित्तीय संस्था यस्तो संस्था हो, जहाँ मानिसहरुले आफ्ना धनराशी जम्मा गर्ने गर्दछन् तथा आवश्यक पर्दा ऋणको रुपमा चल अचल पूँजी निकाल्न सक्दछन् आफ्नो धनराशीको उचित सुरक्षा तथा बैंकवाट ब्याज लिने हेतुले बैंकमा धनराशी जम्मा गरिने गरिन्छ जनताले आफूले बैंकमा जम्मा गरेको धनराशी पुर्व निर्धारित बैंकिङ नियम पुरा गरि निकाल्न पुनः राख्न पनि सक्दछन् कसैलाइ कर्जा आबश्यक परेको खण्डमा आवश्यक प्रकृया पुरा गरी ऋण लिन सक्दछन् विशेषत मुद्राको कारोबार वा लेनदेन गर्ने गरी प्रचिलत कानुन बमोजिम संगठित संस्थालाई बैंक भनिन्छ प्रयोगात्मक नेपाली शब्दकोश २०६१ मा चाहेको बेला झिक्न पाउने गरी राखिदिने ब्याजमा ऋण दिने आदि आर्थिक कारोबार गर्ने संस्थालाइ बैंक भनिएको बैंक तथा वित्तिय संस्था को आवस्यकता लाई निम्न वमोजिम उल्लेख गर्न सकिन्छ :

            आर्थिक शोषणबाट जनतालाई मुक्ती दिलाउन

             उद्योयोगधन्दा एबम ब्यापारको बिकास गर्न

            आर्थिक विकास गर्न

            बहुमुल्य बस्तु एबम धनको सुरक्षा प्रदान गर्न

            कोषको स्थानान्तरण गर्न

            रोजगार एबम् सीपमुलक ब्यवसायको सृजना गर्न

            बचत गर्ने बानिको बिकास गर्न

            अर्थब्यवस्थाको मौद्रिकीकरण गर्न

            कृषि एवम् पिछडिएको क्षेत्रको विकास गर्न

            समग्र रुपमा आर्थिक सन्तुलन कायम गर्न

            विदेशी मुद्राको बिनियम एबम नियन्त्रण गर्न

            मुद्राको ब्यबस्थापन एबम कर्जामा नियन्त्रण मुल्यमा स्थिरता कायम गर्न

 बैंक तथा वित्तीय संस्था को अबधारणात्मक बिकास 

ईतिहासका पाना पल्टाउँदै जाने हो भने समय अन्तरालमा मानिसले गरेको विनिमयहरु निकै रोचक पनि लाग्छन् आजका दिनसम्म आईपुग्दा मानिसहरुले धेरै थरीका विनियमय गरेको भेट्न सकिन्छ लामो समयको घुमन्ते जंगली तथा झुण्डमा जीवन व्यतित गरेको  समाजले त्यसबखत विनिमय भन्ने कुनै अवधारणा अवलम्बन गरेको थिएन यद्यपी समयकाल बित्दै जाँदा जब खेतिपाती गर्ने यूगमा मानवको प्रवेश भयो, तब क्रमिक रुपमा श्रम विभाजन हुन थाल्यो विस्तारै मानिसहरुले आफ्ना आवश्यकता पुरा गर्नको लागि वस्तु विनिमय अर्थात् आफ्ना सामान एकअर्कासँग साटासाट गरी आफ्ना आवश्यकता पूर्ति गर्न थाले त्यस समयमा पैसाको चलनचल्ती नै थिएन  

मुद्राको उत्पत्ति विकास प्रयोग हुनुभन्दा पहिले कुनै वस्तु प्राप्त गर्न आफूसँग भएको वस्तुसँग चाहेको वस्तु साट्नुपर्ने चलन थियो अर्थात् वस्तुसँग वस्तु साटासाट गर्नुपर्ने चलन थियो गहुँ उत्पादन गरेको व्यक्तिलाई धान चाहिएको अवस्थामा आजको युगमा जस्तो किनबेच गर्ने परिपाटि थिएन गहुँ उत्पादन गरेको व्यक्तिलाई धान चाहिएको अवस्था आयो भने कुनै अर्को व्यक्तिलाई गहुँ चाहिएको , तर उसँग धान मात्रै भने, मात्रै उनिहरुबिच वस्तु विनीमय सम्भव थियो यस्तो स्थितिमा गहुँ साट्ने व्यक्तिले धान साट्न चाहेको व्यक्ति भेट्टाउन निकै मुस्किल हुन्थ्यो अर्थात् वस्तु साटासाट हुनका लागि दुवैथरि एक अर्कासँग भएको वस्तु साटासाट गर्न इच्छुक हुनुपर्ने बाध्यता थियो समयको लामो कालखण्ड पछि वस्तु विनिमयका यावत् समस्याहरु मुद्राको प्रतिपादनले क्रमिक रुपमा हटाउँदै लग्यो  

विनिमयको पहिलो अभ्यासका रुपमा कौडीलाई लिईन्छ स्थानिय व्यापार विनिमयको साधनको रुपमा मानिसहरु माझ एकताका कौडि निकै नै लोकप्रिय थियो विस्तारै मानिसहरुले धातु, सुन, चाँदी, तामा, पित्तललाई विनिमयका सूविधाजनक माध्यम बनाउन थाले त्यसपछि क्रमिक रुपमा मूद्राको महत्व बढ्न थाल्यो  

वस्तु विनिमयबाट कौडिमा रुपान्तरण भएको कारोबार विस्तारै मुद्राको युगको सुरुवातमा पुग्यो आजसम्ममा प्राप्त नेपाली मूद्राहरुमा ईस्वी पाचौं शताब्दीका राजा मानदेवले चलाएकोमानाङ्कमुद्रा नै सबैभन्दा प्राचिन मुद्रा हो मुद्राको कारोबारले मानव सभ्यताको विकासमा मानिसले कल्पना गरेभन्दा बढी योगदान पुर्यायो मुद्राले वस्तुविनिमय युगका कठिनाई असहजतालाई समाप्त पारिदियो मुद्राको प्रयोगले गर्दा मानिसलाई धनी बन्न, लगानी गर्न ठूलो पूँजी निर्माण गर्न ज्यादै सजिलो बनायो यस प्रचलनले मानिसका सम्पत्तिलाई पनि मुद्रामा परिणत गरेर राख्न सजिलो भयो यति मात्र होइन, आफूसँग भएको सम्पत्ति मानिसले मुद्रामा परिणत गरेर आफूले चाहेको स्थानमा सजिलै लग्न सक्ने स्थिति पनि सृजना गरिदियो  

त्रिभुवनका पालामा कागजी नोटनेपालमा आधुनिक कागजी नोटको प्रचलन राजा त्रिभुवनको पालामा शुरु भयो कागजी नोटको प्रारम्भसँगै धातुका मुद्राहरु प्रतिस्थापन गर्दै लगियो नेपाल राष्ट्र बैंकको स्थापनासँगै त्यसताका प्रचलनमा रहेका भारतीय नोटहरुलाई पनि प्रतिस्थापन गर्दै लगियो हाल नेपालमा नेपाली नोट (मुद्रा) नै आधिकारिक विनिमयको माध्यम बन्दै आएको हाल नेपालमा पहिलेका राजाहरुको तस्वीर अङ्कित कागजी नोटहरु केही मात्रामा मात्र बाँकी रहेका छन् ती नोटहरुका साथै देशको राजनैतिक परिवर्तन सँगसँगै नेपालमा गणतन्त्र स्थापना भएपछी प्रचलित कागजी नोटहरुमा देशका प्राकृतिक सम्पदाहरु अङ्कित तस्वीरहरु राख्ने गरिएको  

नेपालमा बैंकको संस्थागत सुरुवात वि.सं.१९९४ कार्तिक ३० गतेका दिन राजा त्रिभुवनबाट नेपाल बैंकको उद्घघाटन भएको थियो  यसैबाट नेपालमा संस्थागत रूपमा बैंकिङ्ग सेवाको सुरुवात भएको थियो बैंक स्थापना हुनुभन्दा पहिलेसम्म सम्पूर्ण मौद्रिक कारोबारहरू निजी डिलर तथा व्यापारिक केन्द्रहरूबाट हुने गर्दथ्यो उक्त समयमा नेपाल बैंकलेवर्गको इजाजत प्राप्त गरी १२ जना कर्मचारी रामशाहपथबाट एउटै कार्यालयबाट कारोबार सुरु गरेको थियो नेपालमा पहिलो पटक बैंक स्थापना अवसरमा बोल्दै तत्कालिन राणा प्रधानमन्त्री जुद्धशमशेरले राजा त्रिभुवनको आज्ञाले सम्पूर्ण देशको चाहाना अनुरूप गर्न लागिईरहेको यो कार्य मेरो लागि एकदम ठूलो अवसर हो भनेका थिए योे भन्दा अघि नेपालमा कुनै बैंक खोल्न सकिएको थिएन तसर्थ उक्त आवश्यकता पूरा गर्न नेपाल बैंक लिमिटेड नाममा नेपाल बैंक श्री बाट उद्घाटन भएको थियो यो क्षणलाई नेपाली बैंकिङ क्षेत्रको अत्यन्तै आनन्द तथा खुशीको क्षण मानिन्छ स्थापना कालदेखि नै यस बैंकले धनि गरीब सबैलाई सेवा प्रदान गर्नुका साथै राष्ट्र निर्माणमा योगदान पुर्याउने उद्देश्य राखेको थियो त्यस समयमा औपचारिक बैंकिङ्ग नयाँ अवधारणालाई धेरै कमले मात्र बुझेका थिए भने धेरै कम मात्र बैंकप्रति विश्वस्त थिए हकप्रद शेयर उठाउन निक्षेप परिचालन गर्न त्यति सजिलो थिएन जसको परिणामस्वरूप बैंकले २५ लाख रुपैयाँ मुल्यको हकप्रद शेयर निष्कासन गरेकोमा लाख ४२ हजार रुपैयाँ मात्र उठाउन सफल भएको थियो  

नेपालमा बैंक नहुनाले देशको आर्थिक समुन्नतिमा बाधा पुगिरहेको तथा जनतालाई असुविधा परिरहेकोले मुलुकको समुन्नति तथा जनतालाई सेवा पुर्याउने उद्देश्यका साथ यस बैंकको स्थापना एवं सञ्चालनको लागि यो कानून समेत जारी गरिएको बताईन्छ बैंक स्थापनाको प्रथम वर्ष कुल निक्षेप १७ लाख हजार पच्चीस रुपैयाँ रहेकोमा चल्ती निक्षेप करिव १२ लाख ९८ हजार सय ९८ रुपैयाँ मुद्दती निक्षेप लाख ८८ हजार सय ६४ रुपैयाँ तथा वचत निक्षेप १४ हजार सय ६३ रुपैयाँ रहेको थियो प्रथम वर्षको अन्तमा, कर्जा प्रवाह तथा वक्यौता गरि जम्मा १९ लाख ८५ हजार रुपैयाँ रहेको थियो नेपाल बैंक लिमिटेड स्थापनाकाल देखि नै सरकारी तथा निजी क्षेत्रको संयुक्त लगानीको बैंक हो १०० रुपैयाँ परल मुल्यका २५०० हकप्रद शेयरहरू मध्ये ४० प्रतिशत शेयरमा सरकारको लगानी थियो भने बाँकी ६० प्रतिशत शेयर निजी क्षेत्रलाई बिक्रीको लागि छुट्टयाईएको थियो बैंक सञ्चालनको सुरुमा केवल १० जना शेयरधनीहरू मात्र रहेका थिए यो बैंक नेपाल सरकार तथा निजी लगानीकर्ताहरूको संयुक्त लगानीमा स्थापना भएको हो  

अन्य बैंकहरुस् नेपाल बैंक स्थापना भएको १९ बर्षको अन्तरालपछि वि.सं. २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना भयो त्यसपछि बैंकिङ क्षेत्रको विस्तार हुने क्रम बढ्दै गयो वि. २०१६ सालमा नेपाल औद्योगिक विकास निगमको स्थापना भयो भने २०२२ सालमा स्थापित राष्ट्रिय वाणिज्य बैंक २०२४ सालमा स्थापित कृषि विकास बैंकले बैंकिङ क्षेत्रको विकासको क्रममा महत्वपूर्ण इतिहास कायम गर्न सफल भए यसै क्रममा बैंकिङ क्षेत्रलाई थप व्यवस्थित प्रभावकारी ढंगबाट सुचारु गर्नको लागि नेपाल राष्ट्र बैंकको ऐन २०१२ खारेज गरी आएको नेपाल राष्ट्र बैंक ऐन २०५८ ले बैंकिङ क्षेत्रको इतिहासमा नयाँ आयाम ल्याएको यसरी २०४० को दशकको उदारवादी सोचले नेपालको बैंकिङ क्षेत्रमा ल्याएको चेतना विकास अतुलनीय बन्न गयो हाल नेपालमा ११२ हाराहारीमा , , वर्गका बैंक तथा वित्तीय कारोबार गर्ने अन्य संस्थाहरु रहेका छन्  

आधुनिक युग विनिमयमा थप सरलतास् आधुनिक बैकिङ्ग पद्धतिको विकाससंगै चेक, प्लास्टिक मूद्रा (डेविट कार्ड, क्रेडिट कार्डं) इलेक्ट्रोनिक बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, मोबाईल बैंकिङ समेतको विकास भइसकेको अन्तर्रा्िष्ट्रय व्यापारको विविधतासँगै मुद्रा प्रचलनको सहजताका लागि विभिन्न अन्तर्रा्िष्ट्रय मुद्राहरुमध्ये अमेरिकी डलरलाई आधार मुद्राको रुपमा लिई अन्तर्रा्िष्ट्रय व्यापार गरिँदै आएको विश्व व्यापारीकरणसँगै एक अर्कामा परनिर्भर बन्दै गएको बढ्दो अन्तराष्ट्रिय व्यापारिक कारोबारलाई जीवन्तता दिन आधुनिक बैकिङ्ग प्रणालीले नयाँ पद्धतिहरु अपानाएर दिएको सेवाले मानव जीवनलाई निकै सहज तुल्याएको मुद्रा अब कुनै राष्ट्रको सिमाभित्र मात्र सीमित नरही यसको अन्तरसम्बन्ध पनि त्यतिकै महत्वको विषय बनिसकेको तसर्थ प्रत्येक राष्ट्रले निश्चित अन्तर्रा्ष्ट्रिय मुद्राहरुलाई विनिमय योग्य मान्दै ती मुद्राहरुको परिपत्र दर सोहि देशको केन्द्रीय बैंकले निर्धारण गर्ने गर्दछन्  


त्रिभुवन विश्वविद्यालय, कानुन सङ्काय अन्तर्गत स्नातक तह तेश्रो वर्ष  का लागि नेपाल ल क्याम्पस, प्रदर्शनिमार्ग, काठमाण्डौ मा पेश गरिएको शोध पत्र (प्रतिवेदन) : नेपाल मा लघुवित्त क्षेत्रमा रहेका कानुनी व्यवस्था हरु को विषयमा एक अध्ययन (२०७५) बाट साभार गरिएको 

 



Read more ...

Thursday, July 27, 2023

कमजोरी लाई बदलौ अवसरमा

धेरै समय अगाडीको कुरा हो । कुनै गाउँमा एक किसान बस्दथ्यो । उक्त गाउँमा पानीको समस्या रहेकाले प्रत्येक दिन किसानले एउटा लठ्ठीको २ तर्फ २ वटा गाग्री झुन्ड्याएर टाढा बाट पानी ल्याउने गर्दथ्यो । तर एउटा गाग्रीको बिचभागमा सानो प्वाल भएकाले बाटोमा पानी चुहिएर बिगत २ बर्षदेखि घर पुग्दा जम्मा डेढ गाग्री मात्र पानी पुग्थ्यो । यो देखेर प्वाल भएको गाग्री सारै निरास थियो । 

एक दिन उक्त प्वाल भएको गाग्री ले किसान लाई निराश र भावुक  हुँदै भन्यो : तपाइँ येत्रो मेहनत गरेर तेति टाढा बाट पानी ल्याउनु हुन्छ तर मैले मेरो कमजोरीको कारणले जम्मा आधा गाग्री पानी मात्र घर पुर्याउन सक्छु । गाग्री पुनः निराश भयो । यो देखेर किसान ले उक्त गाग्री लाई पानी लिएर फर्किदा बाटोमा देखिने फुलहरु हेर्न सुझाव दियो । भोलीपल्ट फर्किदा प्वाल भएको गाग्रीले बाटाका फुलहरु हेर्दै फर्कियो । गाग्रीको मन हलुको भयो । तर जब घर पुग्यो फेरि आधा गाग्री पानी मात्र पुर्याएकोमा पुन: निराश हुन लाग्यो । 

यो देखेर किसानले गाग्री लाई भन्यो :  तिमिले ध्यान दिएर बाटाका सम्पुर्ण फुलहरु हेर्दै आउनु भनेर सुझायो । किसानले भने अनुरुप गाग्रीले बाटाका सवै फुलहरु हेर्दै आयो । जब घर पुग्यो तब किसान ले गाग्री लाई सम्झाउदै भन्यो कि बाटामा प्वाल भएको गाग्रीतर्फ विभिन्न रङ्ग र सुगन्धका नाना थरीका फुलहरु थिए । तर सग्लो गाग्री तर्फ एउटा पनि फुलहरु थिएनन र उसले भन्यो कि उसलाइ गाग्रीमा प्वाल भएको पहिल्यै थाहा थियो । उसले गाग्रीको कमजोरी लाई शक्तिमा  बदल्ने प्रयत्न गर्यो र पानी चुहिने तर्फ बाटोको किनारमा विभिन्न फुलहरुको बीउ तथा बिरुवाहरु रोप्यो । जसै किसान पानी लिएर फर्कन्थ्यो उक्त गाग्री बाट पानी चुहिएर बीउ तथा बिरुवाहरु सिन्चित हुन्थे र फुलहरु फुल्न थाल्थे । किसानले पुन: सम्झाउदै भन्यो : तिम्रै कारणले आज बाटामा फुलहरु ढकमक्क फुलेका छन र मैले भगवानलाई चढाउन पाएको छु । घर सजाउन पाएको छु । येति भने पछी प्वाल भएको गाग्रीले मन प्रफुल्लित बनाउदै आफ्नो कमजोरीले दिएको योगदान प्रती गर्व महशुस गर्न थाल्यो ।

शिक्षा : हामी सवैको भित्र केही न केही कमजोरीहरु हुन्छन । तर यिनै कमजोरीले हामीलाई अरु भन्दा पृथक तुल्याउछ ।

उक्त किसानको जस्तै जो जस्तो अवस्थामा छ सोही रुपमा स्विकार गर्नु पर्छ न कि तिरस्कार । कमजोरी खोतल्न भन्दा खुबी पत्ता लगाउन तर्फ धान दिनु पर्छ र जब हामी यस्तो गर्छौं तब  "प्वाल परेको गाग्रो सग्लो गाग्रो भन्दा मुल्यवान हुन्छ ।"
Read more ...

घमण्ड र अहंकार को अन्त्य

जङगलमा एउटा गाई चरिरहेको अबस्थामा केहि पर बाघलाइ देख्यो र डरले त्यो गाई नजिकैको पोखरीमा पस्यो । बाघ पनि त्यस गाईलाई खानको लागि सोही पोखरीमै पस्यो। पोखरीमा पानी कम तर हिलो बढी भएकोले दुबै बिस्तारै भासिदै गए तर एक अर्का नजिक नजिक पुगे पनि हल्लन र बाघले गाईलाइ भेटाउने अबस्था थिएन ।

सोहि समयमा बाघलाई गाईले सोध्यो तिम्रो कोहि मालिक छन ? बाघले गज्रदै भन्यो म जङ्गलको राजा हुँ मलाइ किन चाहियो मालिक ? अनि गाईले भन्यो त्यो तिम्रो शक्तिको अहिलेको परिस्थितिमा के काम ? 

त्यस पछि बाघले गाईलाइ भन्यो तिमी पनि त दलदल हिलोमा फसिरहेका छौ ।

यो सुनेर गाईले मुस्कुराउदै भन्यो मेरो मालिक जब साँझपख घरमा आउँछ मलाइ नदेखे पछि मालिक अबश्य मलाइ खोज्दै यहाँ लिन आउछ तर तिमिलाइ कस्ले लान्छ ? 

सांच्चिकै एकैछिनमा मालिक आएर गाईलाई झिकेर घरतिर लैजान्छ बाघ रातभरी पोखरीमा नै रहेको कारण बिहान मृत्यु हुन्छ । 

मान्छेले चाहेर पनि बाघलाई निकाल्न सक्दैनथ्यो किनकी निकालेमा गाई र मानिस दुबैलाइ खतरा थियो । 

त्यसैले म नै सर्वेसर्वा हुँ र मलाई कसैको सहयोग चाहिदैन भन्नुनै अहंकार र घमण्ड हो त्यसैले घमण्डिहरु सबैलाई चेतना भया बाघको जस्तो हालत हुन नपरोस् ।

Read more ...

Wednesday, June 21, 2023

चरित्र को परिभाषा


राजकुमार सिद्धार्थ गौतम आफ्नो राजर्षी सुख, सुविधा र शाक्य राजपरिवार छाडेर पहेँलो वस्त्र धारण गरी ज्ञान प्राप्ति र त्यसलाई संसारभर बाँड्ने अभियानमा थिए । त्यसैक्रममा उनको भेट एक महिलासँग भयो । जसलाई सो गाउँमा चरित्रहीन नारी भनेर दुत्कारिन्थ्यो ।
 
एक दिन ती महिलाले गौतम बुद्धसँग सोधिन्, ‘तपाईं त कुनै राजकुमार जस्तो देखिनु हुन्छ, किन यस्तो युवावस्थामै पहेँलो वस्त्र धारण गर्नुभएको ? किन तपस्वी बनेर सांसारिक सुखसुविधालाई लत्याएर यसरी हिँडिरहनुभएको छ ?’ 

आफ्नो सन्न्यासी जीवनबारे ती महिलाले प्रश्न गरेपछि बुद्धले शालीनतासाथ जवाफ दिए, ‘मैले तीनवटा प्रश्नको जवाफ खोज्नका लागि सन्न्यास लिएको हुँ । अहिले हाम्रो शरीर युवा अनि आकर्षक छ, यो बिस्तारै एक दिन बूढो हुन्छ, बिरामी हुन्छ र अन्ततः मृत्युवरण गर्छ । म यो वृद्धावस्था, बिमारी र मृत्युको कारण जान्न चाहन्छु ।’ 

बुद्धको भनाइबाट ती महिला निकै प्रभावित भइन् । ती महिलाले बुद्धलाई बेलुकाको खाना आफ्नो घरमा आएर खान निम्तो दिइन् । बुद्धले उनको निम्तो सहर्ष स्विकारे । तत्काल गाउँवासीलाई यो कुरा थाहा भयो । उनीहरूले ती महिला चरित्रहीन रहेकाले उनको घरमा नजान बुद्धलाई आग्रह गरे । गाउँवासीको यस्तो आग्रहपछि बुद्धले गाउँका मुखियालाई बोलाएर सोधे, ‘महोदय, के गाउँवासीले भनेको कुरा सत्य हो ?’ मुखियाले पनि गाउँलेको कुरामा सहमति जनाउँदै भने, ‘हो हजुर, ती महिला चरित्रहीन नै हुन् । त्यसैले हजुर तिनको घरमा नजानुहोस् ।’ 

मुखियाका कुरा सुनिसकेपछि एकछिन सोचमग्न भएर बुद्धले तिनको एउटा हात समाते, अनि भने, ‘ल अब तपाईं जोडले ताली बजाउनुहोस् ।’ मुखियाले हाँस्दै भने, ‘पहिले मेरो यो हात छाड्नुहोस् । अनि मात्र ताली बजाउँला । अन्यथा, एक हातले मात्र त ताली कसरी बज्न सक्छ र ?’ 

मुखियाको कुरा सुनेपछि बुद्धले मन्द मुस्कानसाथ भने, ‘त्यसो भए एक्ली स्त्री कसरी चरित्रहीन हुन सक्छिन् ? गाउँका सबै पुरुष चरित्रवान् भइदिएको भए ती स्त्री चरित्रहीन हुने नै थिइनन् होइन र ?’ बुद्धको प्रश्न सुनेपछि त्यहाँ उपस्थित सबै गाउँलेका आँखा खुले । गाउँका सबै पुरुषले लाजले शिर झुकाए ।
Read more ...

Tuesday, May 16, 2023

नुन व्यापारी र उसको गधा

एउटा गाउँमा एकजना नुन पसले थिए । उनी नजिकैको सहरबाट नुन किनेर ल्याउँथे र गाउँमा लगेर बेच्थे । नुन ढुवानी गर्न उनले एउटा गधा पालेका थिए । सहर पुग्न थुप्रै खोलानाला पार गर्नुपर्थ्यो । 

एकदिन ती नुन व्यापारी सहरबाट नुन किनेर फर्किँदै थिए । नुनको गह्रौँ भारी गधाले बोकिरहेको थियो । एउटा खोला पार गर्ने क्रममा त्यो गधा लड्न पुग्यो । पानीले भिजेर केही नुन पग्लियो । जब त्यो गधा उठेर हिँड्न थाल्यो उसलाई भारी केही हलुका भएको महसुस भयो । त्यस दिनदेखि सहरबाट नुन बोकेर हरेकपटक फर्किँदा खोलाको बीचमा पुगेपछि त्यो गधा लड्न थाल्यो ।

व्यापारीलाई गधामाथि शंका लाग्यो र उसले एकपटकचाहिँ कपास किन्यो र गधालाई बोकाएर ल्यायो । गधाले यसपटकको भारी असामान्य रूपमा हलुका भएको महसुस गर्‍यो । उसले सोच्यो, म आज पनि खोलामा लडेँ भने त यो भारी अझै हलुका हुनेछ । घर फर्कने क्रममा गधा सधैँझैँ चिप्लिएजस्तो गरी खोलामा लड्यो । तर अपसोस गधा जति उठ्न खोज्थ्यो भारी उति नै गह्रुँगो हुन्थ्यो । 

कपासले पानी सोस्दा भारी गह्रुँगो भएको थियो । व्यापारीले गधालाई उठेर नहिँड्दासम्म लौरोले हिर्काइरह्यो । त्यसपछि त्यो गधा खोला तर्ने क्रममा कहिल्यै पनि खोलामा लडेन । गधाले बेइमानीको मूल्य जहिल्यै पनि महँगो हुनेरहेछ भन्ने बुझ्यो । 
Read more ...
Designed By Basanta Subedi